बीमालेख बोनशमा बीमा समितिको कैंची

बीमालेख बोनशमा बीमा समितिको कैंची, समर्पण मूल्यमा वार्षिक होइन मासिक बोनश गणना

काठमाडौं । जीवन बीमा योजना खरिद गरेका बीमितले बीमालेख समर्पणमा प्राप्त गर्ने बोनशमा बीमा समितिले कैंची चलाएको छ । बीमालेख समर्पणमा बोनश रकम गणना गर्ने विधिमा परिवर्तन गरेर बीमा समितिले बीमितलाई घाटा र बीमकलाई फाइदा पुर्याउने कार्य गरेको हो ।

बीमालेख परिपक्व हुने मिति अगावै बीमितले बीमालेख बीमकलाई फिर्ता गरेर रकम फिर्ता माग्नुलाई बीमालेख समर्पण भनिन्छ । गत असारमा जारी ‘जीवन बीमालेख निर्देशिका २०७८’ मार्फत बीमा समितिले बोनश दर गणनालाई वार्षिकबाट मासिकमा झारेको हो । कुनै बीमालेखको समर्पण मूल्य निर्धारण गर्दा बीमकले वार्षिक रुपमा बोनश दरको गणना गर्दै आएकोमा अब मासिकरुपमा गणना गर्ने भएका हुन् ।

पहिले कुनै बीमितले ५ वर्षको बीमाशुल्क भुक्तानी गरेपछि बीमालेख समर्पण गर्दा ५ वर्षकै बोनश रकम बीमकले बीमितलाई भुक्तानी दिने गरेका थिए । वार्षिक बीमाशुल्क भुक्तानी गर्ने गरी खरिद गरिएको जीवन बीमालेखमा बीमितले खरिद गरेको दिनमै १ वर्षको किस्ता भुक्तानी गरिसक्छन् । यसरी चार वर्ष पुरा भएर पाँचौ वर्षमा नटेक्दै बीमितले ५ वर्षको किस्ता रकम बीमकलाई भुक्तानी गरिसकेका हुन्छन् ।

नयाँ व्यवस्था लागू हुनुपूर्व बीमितले पुरा ५ वर्षको बोनश रकम एकमुष्ठ हात पार्ने भएपनि अब ४ वर्षको पुरा बोनश र ५ औं वर्षको बोनश रकम चाहिँ बीमालेख समर्पण गर्न आएको मितिसम्मको मात्र पाउनेछन् ।

मानिलिऔं कि, कुनै बीमितले २०७१ साल बैशाख १ गते १५ वर्षको लागि खरिद गरेको रु. ५ लाख बीमांकको सावधिक बीमालेख ५ वर्षको वार्षिक किस्ता तिरेर २०७५ बैशाख ३० गते समर्पण गर्न आएको अवस्थामा ४ वर्ष १ महिनाको मात्र बोनश रकम भुक्तानी प्राप्त गर्नेछ । अर्थात् ४ वर्ष १ महिना (अर्थात ४९ महिना) को बोनश रकम शुरुदेखि कै वार्षिक बोनश दर रु. ६० छ भने समर्पण गर्दा बोनशवापत जम्मा रु.१ लाख २२ हजार ५ सय रुपैयाँ मात्र बीमकले भुक्तानी दिनेछ । तर बीमालेख निर्देशिका जारी हुनुपूर्व भने बीमितले पुरा ५ वर्षको बोनशवापत रु. १ लाख ५० हजार भुक्तानी पाउँदै आएका थिए ।

नयाँ गणना विधिका अनुसार बीमितले पाउने बोनश रकम रु. २७ हजार ५ सयले फरक छ । अर्थात  पहिले र अहिलेको समर्पण मूल्यमा बीमितले प्राप्त गर्ने बोनश रकममा १८ प्रतिशत भन्दा बढीले फरक परेको छ ।

फ्युचर बोनसमा बीमा समिति लचिलो

फ्युचर बोनसमा बीमा समिति लचिलो, ५ वर्ष भित्रमा सत प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था

काठमाडौं । बीमा समिति फ्युचर बोनसको प्रोभिजनिङमा लचिलो भएको छ । गत वर्ष समितिले जारी गरेको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका २०७७ मा बीमा कम्पनीहरुले आगामी आर्थिक वर्षको बोनसदरका लागि अहिले नै प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था गरेको थियो ।

यस्तो व्यवस्थाले अधिकाम्स बीमा कम्पनीहरुको बोनसदर तत्काल घट्ने भन्दै कम्पनीहरुले बीमा समितिले लचिलो हुने नीति लिन अनुरोध गर्दै आएका थिए । बीमा कम्पनीहरुको अनुरोध सँगै समितिले अवको ५ वर्ष भित्रमा सत प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था गरेको छ ।

सम्पुर्ण जीवन बीमा कम्पनीहरुले हरेक वर्ष २० प्रतिशतका दरले प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘बीमा कम्पनीहरुले हरेक वर्ष २० प्रतिशतका दरले प्रोजिनिङ गर्दै पाँचौ वर्षमा सत प्रतिशत प्रोभिजनिङ गर्न सकिने व्यवस्था गर्न लागेका छौ ।’

यो निर्देशिका आउनु भन्दा अगाडि कुनै पनि बीमा कम्पनीहरुले फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्ने गरेका थिएनन् । एकै पटक अर्को वर्षको लागि सत प्रतिशत प्रोभिजनिङ गर्नु पर्दा अहिले कम्पनीले घोषणा गरेको बोनसदर भन्दा धेरै नै घट्न सक्ने अवस्था रहन्छ ।

एकै पटक प्रोभिजनिङ गर्दा बीमितले बीमा पोलिसी परिपक्व भएपछि पाउने बोनस रकम घट्छ। साथ साथै एकै पटक ठुलो परिणाममा बोनसदर घट्दा बजारमा नकारात्मक सन्देश प्रवाह हुने कम्पनीकोको राय रहदै आएको छ ।

समितिको यस्तो निर्देशन सँगै बीमा कम्पनीको बोनसदर ह्वात्तै घट्न सक्ने अवस्था रहदैन । यदि कम्पनीहरुले आफ्नो नियमित बोनसदर टिकाउन चाहे भने केहि हदसम्म सम्भव पनि रहन्छ । यदि बीमा कम्पनीले अहिलेको बोनसदरलाई टिकाइराख्न चाहने हो भने आफ्नो लगानीलाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा प्रयोग गर्न सक्नु पर्छ ।

नेपालमा किन ल्याइयो यस्तो प्रावधान

बीमा कम्पनीहरुले बीमितलाई सबैभन्दा धेरै बोनसदर देखाएर भ्रम फैलाएको भन्दै बीमा समितिले यस्तो प्रावधान ल्याएको हो । कुनै वर्ष प्रति हजार ८० रुपैयाँ र कुनै वर्ष प्रति हजार ४० रुपैयाँ पनि नहुने अवस्थामा बीमित भ्रममा पर्ने गरेका छन् ।

अभिकर्ताले सबैभन्दा ठुलो बोनसदरलाई प्रचार गरेर बीमा गर्दा निश्चित समय पछि बीमितले पाउने रकम सोचे भन्दा धेरै कम हुन्छ । बजारमा बीमा गरेपछि डबल तेब्बर हुन्छ भन्दै पोलिसी बिक्री गरिन्छ । तर बीमितले पाउने रकम बोनसदरका आधारमा तय हुन्छ ।

त्यसैले गर्दा बीमा समितिले बोनसदरमा हुने तिव्र उतारचढावलाई व्यवस्थित गर्न फ्युचर बोनसको व्यवस्था गरेको हो । यस्तो व्यवस्थाले सुरुका केहि वर्षमा बोनसदर घटेको देखिए पनि औषतमा बीमितले पाउने बोनसमा भने स्थायित्व कायम हुने समितिको विश्लेषण छ ।

नयाँ आएका जीवन बीमा कम्पनीहरुको सुरुको वर्षको बोनसदर धेरै राम्रो देखियो तर अर्को वर्षको बोनसदर हेर्यो भने धेरै कम छ । यदि कम्पनीले पहिलो वर्ष फ्युचर बोनसका लागि प्रोभिजनिङ गरेर ६० रुपैयाँको सट्टा ५० रुपैयाँ कायम गरेको भए अर्को वर्ष ५० रुपैयाँमै टिकाउन खासै समस्या हुँदैन थियो । तर कम्पनीले पहिलो वर्ष ६० रुपैयाँ घोषणा गर्दा अर्को वर्ष ३० रुपैयाँमा झार्नु पर्यो । यहि अस्थिरतालाई नियन्त्रण गर्नका लागि पनि फ्युचर बोनसदरको व्यवस्था गरिएको हो ।

यस्तो प्रावधान पछि बीमित तथा अभिकर्ताले जुन किसिमको अपेक्षा गरिरहेका हुन्छन् यो पुरा हुने सम्भावना रहन्छ । नेपालले गत वर्ष कार्यान्वयनमा ल्याएको यस्तो व्यवस्था विश्वका धेरै वटा देशले अभ्यास गरिरहेका छन् । बेलायत, भारत, श्रीलङ्का लगायतले यस्तो नियम कार्यान्वयनमा ल्याएका छन् ।

यो पनि पढ्नुहोस्

फ्युचर बोनसको व्यवस्थाले बीमा कम्पनीहरुको बोनसदर घट्दै, प्रोभिजनिङमा केहि लचिलो हुन समितिसँग आग्रह

 

स्वरोजगार बन्ने सोचमा हुनुहुन्छ ?

स्वरोजगार बन्ने सोचमा हुनुहुन्छ ? बीमा अभिकर्ता बनेर पनि राम्रो कमाइ गर्न सकिन्छ

नेपाल स्रोत र साधनले भरिपूर्ण भएको देश हो । तर बिडम्बना उक्त स्रोत ,साधनलाई सहि रुपमा परिचालन गर्न नसक्दा बेरोजगारी दिन प्रति बढ्दै गएको छ ।

नेपालको वर्तमान परिप्रेक्षलाई हेर्ने हो भने अझै पनि ११.४ प्रतिशत जनताहरु बेरोजगार छन् ।

नेपाली श्रम बजारमा वर्षेनि काम गर्न सक्ने ५ लाख जनशक्ति भित्रिन्छन् । तर ५० हजारलाई मात्रै रोजगारीको दायरामा समेट्न सक्ने क्षमता नेपाली श्रम बजारमा रहेको छ । जसको फलस्वरुप हजारौँ यूवाहरु रोजगारीको लागि अन्य मुलुकहरुमा गईरहेको तितो यर्थाथ नकार्न सकिदैन् ।

हाम्रो देशमा योग्यता र क्षमताको कदर विरलै मात्रमा भएको देखिन्छ । जस्तो कि रोजगारीको लागि नातवाद र कृपावाद हाबी भएको छ । आज पनि आफ्नो योग्यता र क्षमताले भन्दा भनि कुनै आफ्न्तको सिफारिसले जागिर पाउने कुरा चलन चल्तिमा रहँदै आएको छ ।

तर नेपालमा बढ्दै भएको बीमा व्यसाय प्रति आममानिसहरुको आकर्षण देखिँदैन् । अभिकर्ता पेशाले स्वरोजगार सृजना गर्दछ । बीमा अभिकर्ता बनेर पनि राम्रो कमाई गर्न सकिन्छ । एस.एल.सी पास गरेका जो कोही पनि यो पेशामा आवद्ध हुन सक्नेछन् ।

यस पेशामा नातवाद र कृपावाद लागु हुदैँन् । नत कसैको सिफासि नै । यस पेशालाई स्वतन्त्र पेशाको रुपमा हेरिन्छ । आफ्नो क्षमता र लगनशिलताका साथ लागि पर्ने जो कोही पनि यस पेशामा आवद्ध हुन सक्नेछन् ।

अभिकर्ता भएर नाम, दाम कमाउन सफल व्यक्तिहरु पनि बीमा बजारमा देख्न सकिन्छ ।

बीमा अभिकर्ता बीमा व्यवसायका धरोहर हुन् । कम्पनीको तर्फबाट तलबी कर्मचारीको रुपमा नभई निश्चित कमिसनका आधारमा बीमकको तर्फबाट बीमित समक्ष गई बीमा प्रवर्दन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ ।

बीमा अभिकर्ताको न्युनतम शैक्षिक योग्यता एस.एल.सी वा सो सरहको उतीर्ण गरेको हुनुपर्दछ । बीमित र बीमककाबीचमा मध्यस्तकर्ताका रुपमा रही काम गर्ने व्यक्ति नै बीमा अभिकर्ता हो ।

बीमा अभिकर्ता बन्नका लागि शैक्षिक योग्यता एसएलसी भए पुग्ने

बीमा अभिकर्ता बन्नका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको पढाई उत्तिर्ण गरेको हुनुपर्छ । योग्यता पुगेका जो कोहिले पनि अभिकर्ता बन्न सक्नेछन् ।

अभिकर्ता बन्नका लागि तालिम

बीमा अभिकर्ता बन्नका लागि बीमा सम्बन्धि आवश्यक तालिम प्राप्त व्यक्तिको आवश्यक पर्दछ । यस्तो तालिम बीमा समिति वा सम्बन्धित बीमकले सञ्चालन गर्दछन् । तालिम पश्चात बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समितिले तोकेको ढाँचामा निवेदन दिनुपर्दछ ।

अभिकर्ताका कार्य केके छन्
बीमा अभिकर्ताको इजाजतपत्र पाए पछि अभिकर्ताले आफनो काम र कर्तव्यको परिधि भित्र रही काम गर्नु पर्ने हुन्छ । अभिकर्ता भनेको बीमा कम्पनिको प्रतिनिधि हो ।

बीमा कम्पनिको प्रतिनिधिको रुपमा बीमा गराउन चाहने व्यक्तिको सम्पर्कमा पुग्ने, बीमितलाई बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बीमितलाई बीमा सम्बन्धि आवश्यक परामर्श दिने बीमा दाबी भुक्तानिको समयमा बीमित वा बीमितको परिवारलाई आवश्यक सहयोग गर्ने जस्ता कार्यहरु बीमा अभिकर्ताले गर्नु पर्ने हुन्छ ।

बीमा क्षेत्रलाई अगाडि बढाउने देखि लिएर बीमा ज्ञान फैलाउने काम पनि अभिकर्ताकै हुन्छ । निश्चित सीमा र परिधिमा साथै कम्पनिको नीतिमा रही अभिकर्ताले काम गर्नु पर्छ ।

असल बीमा अभिकर्ता कै योगदानले गर्दा बीमा व्यवसाय अगाडि बढ्दछ । त्यसैले असल बीमा अभिकर्ताको खाँचो बीमा क्षेत्रमा खड्किदो छ । अभिकर्ता बीमा कम्पनिको ग्राहक वृद्धि गर्ने एक मूख्य माध्यम हो । बीमा कम्पनिहरुलाई मानिसको पहुँचमा पुर्याउने र बीमा बजारमा साथै सर्वसाधरणमा बीमा कम्पनिको नीतिहरु पुर्याउन बीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

……………………………………………………………………………………………………….

बीमा अभिकर्ता बन्न चाहानुहुन्छ, यदि इच्छुक हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोला ?

बीमा अभिकर्ता बीमित र बीमकका बीचमा मध्यस्तकर्ताका रुपमा रही काम गर्ने व्यक्ति बीमा अभिकर्ता हो । बीमा कम्पनिको तलबी कर्मचारीको रुपमा नभई निश्चित कमिशनका आधारमा बीमकको तर्फ बाट बीमित समक्ष गई बीमा प्रबद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा अभिकर्ताले बिमितलाई बीमा कम्पनिका नीति तथा बीमाका प्रकार साथै बीमा अवधिका बारेमा बताई बीमा गर्न प्रेरित गर्दछन् ।

बीमा अभिकर्ता हुनका लागि शैक्षिक योग्यता कति हुनुपर्छ ? धेरै मानिसहरुको जिज्ञासा हुन सक्छ बीमा अभिकर्ता बन्नका लागि कति शैक्षिक योग्यता चाहिन्छ वा के पढेको हुनु पर्दछ । बीमा अभिकर्ता बन्न वा हुनका लागि यो पढेको वा यति नै शैक्षिक उपाधि हासिल गरेको हुनु पर्छ भन्ने छैन् । तर पनि बीमा अभिकर्ता बन्नका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको पढाई उत्तिर्ण गरेको हुनुपर्छ । योग्यता पुगेका जो कोहिले पनि अभिकर्ता बन्न सक्नेछन् ।

बीमा अभिकर्ता हुनका लागि के तालिम प्राप्त हुनै पर्छ ?

तालिम कसरी लिने वा को मार्फत लिने ? बीमा अभिकर्ता बन्नका लागि बीमा सम्बन्धि आवश्यक तालिम प्राप्त व्यक्तिको आवश्यक पर्दछ । यस्तो तालिम बीमा समिति वा सम्बन्धित बिमकले सञ्चालन गर्दछन् । तालिम पश्चात बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समितिले तोकेको ढाँचामा निवेदन दिनुपर्दछ ।

बीमा अभिकर्ता का कार्य के के हुन् ?

यसरी बीमा अभिकर्ताको इजाजतपत्र पाए पछि अभिकर्ताले आफनो काम र कर्तव्यको परिधि भित्र रही काम गर्नु पर्ने हुन्छ । अभिकर्ता भनेको बीमा कम्पनिको प्रतिनिधि हो । बीमा कम्पनिको प्रतिनिधिको रुपमा बीमा गराउन चाहने व्यक्तिको सम्पर्कमा पुग्ने, बीमितलाई बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बीमितलाई बीमा सम्बन्धि आवश्यक परामर्श दिने बीमा दावि भुक्तानिको समयमा बीमित वा बीमितको परिवारलाई आवश्यक सहयोग गर्ने जस्ता कार्यहरु बीमा अभिकर्ताले गर्नु पर्ने हुन्छ ।

बीमा अभिकर्ताको हातमा धेरै जिम्मेवारी रहेको हुन्छ । बीमा क्षेत्रलाई अगाडि बढाउने देखि लिएर बीमा ज्ञान फैलाउने काम पनि अभिकर्ताकै हुन्छ । निश्चित सीमा र परिधिमा साथै कम्पनिको नीतिमा रही अभिकर्ताले काम गर्नु पर्छ ।

असल बीमा अभिकर्ता कै योगदानले गर्दा बीमा व्यवसाय अगाडि बढ्दछ । त्यसैले असल बीमा अभिकर्ताको खाँचो बीमा क्षेत्रमा खड्किदो छ । अभिकर्ता बीमा कम्पनिको ग्राहक वृद्धि गर्ने एक मूख्य माध्यम हो । बीमा कम्पनिहरुलाई मानिसको पहुँचमा पुर्याउने र बीमा बजारमा साथै सर्वसाधरणमा बीमा कम्पनिको नीतिहरु पुर्याउन बीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।