जीवन बीमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा नीजको आयु, अवधि र भुक्तानी तरिकाको आधारमा किस्ताबन्दीमा बुझाउने गरी कुनै खास रकम तिरेमा नियमानुसार समयावधी पश्चात निज व्यक्तिले वा बीमा अवधी भित्र निजको कालगति (प्राकृतिक) अथवा दुर्घटना (आकस्मीक) मृत्यु हुन भएको अवस्थामा नीजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी व्यवसाय सम्झनु पर्दछ । (बीमा ऐन २०४९) कुनै पनि व्यक्तिको जीवन माथि आइपर्ने आर्थिक जोखिमलाई न्युनिकरण वा हस्तान्तरण गरिने करार सम्बन्धी व्यवसाय नै बीमा हो । जीवन बीमा एकातिर भविष्यको लागि बचत गर्ने माध्यम हो भने अर्को तिर कुनै पनि व्यक्तिको जीवन माथी भविष्यमा आइपर्ने संभावित दुर्घटनाबाट बच्नको लागि गरिने बीमित र बिमक (कम्पनी) बीच भएको एउटा कानुनी करार हो ।