बीमालेख व्यतित बनाउने अभिकर्ताको

बीमालेख व्यतित बनाउने अभिकर्ताको इन्सेन्टिभमा प्राधिकरणको कैंची

काठमाण्डौ । प्रस्तावित बीमा नियमावली २०८० मार्फत् गैर व्यवसायीकरुपमा बीमालेख बिक्री गर्ने अभिकर्ताले पाउने सुविधामा नेपाल बीमा प्राधिकरणले कै‌ंची चलाउने प्रयास गरेकाे छ । नियमावलीमार्फत् बीमालेख बिक्रीवापतकाे कमिशन वितरण दरमा सामान्य परिवर्तन गरेकाे प्राधिकरणले इन्सेन्टिभ अर्थात् प्राेत्साहनवापतकाे रकममा कटाैती गर्ने प्रयास गरेकाे छ।

प्रस्तावित मस्यौदाकाे प्रावधान लागू भएकाे अवस्थामा बीमालेख जति बढी निष्कृय हुन्छ प्राेत्साहनवापतकाे रकम उति नै थोरै प्राप्त गर्नेछन् । सर्वसाधारणलाई झुक्याएर वा क्रय क्षमताकाे उपेक्षा गरेर कमिशनको लाेभमा ठूलाे बीमा‌ंकको बीमालेख जबरजस्ती भिडाउने प्रवृत्तीमा अ‌ंकुश लगाउनका लागी प्राधिकरणले बीमालेख नविकरण दरका आधारमा मात्र प्राेत्साहन रकम दिने प्रावधान लागू गर्न खोजेकाे हाे ।

नियम ४८ को उपनियम ३ सँग सम्बन्धित अनुसूची १० मा २५ देखि ४० प्रतिशतसम्म बीमालेख व्यतित भएका अभिकर्ताको प्राेत्साहन रकममा २० प्रतिशत,४० देखि ५५ प्रतिशतसम्म बीमालेख व्यतित भएको अभिकर्ताको प्राेत्साहन ४० प्रतिशत कटाैती गरिने उल्लेख छ । यसैगरी ५५ देखि ७० प्रतिशतसम्म बीमालेख व्यतित भएका अभिकर्ताको प्राेत्साहन रकम ६० प्रतिशत र ७० प्रतिशत भन्दा बढी व्यतित भएको अवस्थामा ८० प्रतिशत कमिशन रकम कटौती गरिने उल्लेख छ ।

जीवन बीमा कम्पनीले बीमालेख बिक्रीवापत कमिशनका अतिरिक्त अभिकर्तालाई स‌ंकलित प्रथम् बीमाशुल्कको १८ प्रतिशत सम्म थप प्राेत्साहनवापत नगद वा जिन्सी वितरण गर्न सक्ने प्रावधान छ।

अस्पष्ट प्रावधानले विवाद निम्त्याउने

अनुसूचीमा उल्लेखित प्रावधानले नविकरण दरकाे सीमा छुट्याउने क्रममा अन्यौलता सिर्जना गर्ने र बीमक र अभिकर्ताबीच विवाद निम्त्याउने अवस्था छ। नियमावलीमा तल्लो सीमाकाे अन्त्यको अधिकत्तम प्रतिशत अ‌ंकलाई त्यसभन्दा माथिल्लो सीमाको प्रारम्भिक बिन्दु मानिएको छ। तल तस्वीरमा दिइएकाे विवरण अनुसार ६० देखि ७५ प्रतिशतसम्म नविकरण दर हुने अभिकर्ताको प्राेत्साहन रकममा २० प्रतिशत कटौती गरिने उल्लेख छ। लगत्तै ४५ देखि ६० प्रतिशतसम्म नविकरण दर हुने अभिकर्ताको प्राेत्साहन रकम ४० प्रतिशत कटौती गरिने उल्लेख छ। याे प्रावधान अनुसार कुनै अभिकर्ताको नविकरण दर ६० प्रतिशत भएको अवस्थामा प्राेत्साहन रकममा २० प्रतिशत  वा ४० प्रतिशत कटाैती हुने ? भन्नेमा विवाद हुनेछ। बीमकले ४० प्रतिशत कटाैती गर्दा अभिकर्ताले २० प्रतिशत मात्र कटौती गरिनुपर्ने जिकीर लिन सक्छ।

नियमावली अनुसार बीमालेखकाे बीमा‌ंक रकम वा बीमाशुल्क रकम नभई बीमालेख स‌ंख्याको आधारमा व्यतित बीमालेखकाे अनुपात गणना हुने भएको छ। याे नियम लागू भएको अवस्थामा बीमकले प्रत्येक अभिकर्ताको बीमालेख व्यतित दर अध्यावधिक विवरण तत्कालै उपलब्ध हुने गरी सफ्टवेयरमा आवश्यक प्रबन्ध मिलाउनुपर्ने भएको छ।

प्रस्तावित नियमावलीका प्रावधानहरु अर्थ मन्त्रालयबाट हुबहु स्वीकृत भएर नेपाल राजपत्रमा प्रकाशन भएको कार्यान्वयन भएको अवस्थामा एक पटक जीवन बीमालेख बिक्री गरेपछि बीमितसँग सम्पर्क सम्बन्ध नै नराख्ने अभिकर्ताको प्रवृत्तीमा अ‌ंकुश लाग्नेछ । अभिकर्ताले दाेश्राे वर्षदेखिको कमिशन र प्राेत्साहनवापतको रकम सुरक्षित गर्न जीवन बीमा कम्पनीको बिक्री पछिको सेवामा निरन्तर सकृयतापूर्वक लाग्नुपर्ने भएको छ। नियमावलीले पूर्णकालीन अभिकर्ताको मात्र परिकल्पना गरेकाे छ। अल्पकालीन वा सातामा एक दुई घण्टा वा वर्षमा एक दुई पटक मात्र बीमालेख बिक्री गर्न सकृय हुने अभिकर्तालाई निरुत्साहित गर्ने प्रयास गरेकाे छ।

उपनियम ६ अनुसार कमिशन वा  इन्सेन्टिभ प्राप्त गर्न अभिकर्ताको इजाजत पत्र बहाल रहेकाे हुनुपर्छ । बीमालेख बिक्रीवापतकाे कमिशन निरन्तर प्राप्त गर्नका लागी अभिकर्ता इजाजत पत्र बहाल भएकाे हुनुपर्ने अनिवार्य शर्त र नविकरण शुल्कमा भएको वृद्धिका कारण एकपटक अभिकर्ताको हैसियतमा घरपरिवारका सदस्यको बीमा गरिदिने र पछिसम्म त्यही कमिशन रकम प्राप्त गर्ने प्रवृत्तीमा अ‌ंकुश लाग्नेछ । यसरी कमिशन वितरण नगर्दा बचत हुने अभिकर्ता कमिशनवापतकाे ठूलाे रकम जीवन बीमा कम्पनीको खातामै हाेल्ड हुँदा त्यसकाे लाभ कसरी बाँडफाँड हुनेछ भन्ने विषयमा नियमावली मौन छ।

नियम ४८ को उपनियम २ मा एकल बीमाशुल्क संस्थागत अभिकर्ता र नेपाल सरकारले अनिवार्य गरेकाे बीमामा प्राेत्साहन वितरण गर्न राेक लगाएकाे छ।

विनियमावलीको केही प्रावधानहरु बीमकलाई पृष्ठपोषण गर्ने र बीमा अभिकर्ताहरुकाे अधिकार र सुविधा कटौती गर्ने नियतले ल्याइएकाे आराेप पेशागत अभिकर्ता महास‌ंघले प्राधिकरणमाथि लगाएको छ। महास‌ंघले अभिकर्ता हितविरूद्ध लागू गरिएको अव्यवहारिक प्रावधानहरू संशाेधन गरेर मात्र नियमावली कार्यान्वयनमा ल्याउन प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुराेध समेत गरिसकेको छ।

आयकरमा ४० हजार रुपैयाँ छुट पाउन

आयकरमा ४० हजार रुपैयाँ छुट पाउन बीमा गर्नु भयो ? यसरी लिन सकिन्छ आयकर छुटको सुविधा

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा जीवन तथा निर्जीवन बीमा गर्दा आयरमा हुने छुटको सिमालाई यथावत राखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले बीमा गर्दा २५ हजार रुपैयाँ दिदै आएको कर छुटको सुविधालाई बढाएर ४० हजार रुपैयाँ पुर्याएको थियो । यस वर्षदेखि बीमितले आफ्नो आयकरमा ४० हजार रुपैयाँ छुट पाएका हुन् । आर्थिक वर्ष सकिनै लाग्दै आयकर ऐन अनुसार न्युनतम तलब भन्दा माथि तलब सुविधा लिने कर्मचारीका लागि यो व्यवस्था सबैभन्दा बढि प्रभावकारी हुनेछ ।

कर लाग्ने कारोबार गर्ने व्यक्तिलाई आयकरको दायरामा ल्याउन एवंम  नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा स्रोतमा कर कट्टी सम्बन्धी प्रावधान रहेका छन् । यसरी भुक्तानी कै समयमा अर्थात स्रोतमा नै कर कट्टी हुने प्रावधानलाई भुक्तानी (स्रोत)मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलाई Withholding Tax समेत भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालाई Pay As You Earn (PAYE) भनिन्छ । कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले ऐनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था रहेको छ ।

बजेटले जीवन बीमा गर्दा कर योग्य आयमा ४० हजार रुपैयाँ घटाउनका लागि बीमितले कम्तिमा पनि वार्षिक ४० हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ । गएका वर्षमा कर योग्य आयमा २५ हजार रुपैयाँ छुटको व्यवस्था भएकाले २५ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गरे पुग्थ्यो । यस वर्षदेखि बीमितले कम्तिमा पनि ४० हजार वा सो भन्दा बढी बीमा शुल्क भुक्तानी गरेको हुनु पर्छ ।

रोजगारदाताले पारिश्रमिक भुक्तानीमा कर कट्टी गर्ने तरिकाः

रोजगारदाताले पारिश्रमिक भुक्तानीमा कर कट्टी गर्ने तरिकाका सम्बन्धमा आयकर नियमावलीको नियम (३१) मा निम्नानुसारको व्यवस्था रहेको छः

नियम (३१) : कुनै रोजगारदाताले ऐनको दफा ८७ को उपदफा (१) बमोजिम रोजगारीबाट अग्रिम कर कट्टी गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–

(क) ऐनको दफा ५१ बमोजिम औषधि उपचार बापत कर मिलान गर्न पाउने भए त्यसलाई मिलान गर्न सक्ने, र

(ख) कर्मचारी वा कामदारको वार्षिक पारिश्रमिकमा लाग्ने करको दामासाहीको हिसाबले मासिक रूपमा अग्रिम कर कट्टी गर्नुपर्ने ।

माथि उल्लेख गरिए अनुसार कुनै पनि रोजगारदाताले कर कट्टी गर्दा निम्नानुसार गर्नु पर्दछः

१. रोजगारदाताले कामदार वा कर्मचारीलाई आय वर्षको पहिलो भुक्तानी गर्नु अगावै सो कर्मचारी वा कामदारले प्राप्त गर्न सक्ने रकम गणना गरी रोजगारीको आयको निर्धारणयोग्य आय (अर्थात आयमा समावेश गर्नुपर्ने कुल रकम) यकिन गर्नुपर्दछ । सुरु अनुमान बमोजिम आय तथा कर निर्धारण गरी मासिक रूपले समानुपातिक आधारमा कट्टा गरिएको रकममा कुनै परिवर्तन भएमा त्यसरी फेरबदल भएको महिनाको पारिश्रमिक भुक्तानी गर्नु अगावै सो आयमा संशोधन गरी रोजगारीको आय यकिन गर्नु पर्दछ ।

२. ऐनको दफा ६३ को उपदफा (२) र नियम २१ अनुसार रोजगारदाताले भुक्तान गरी दिएको स्वीकृत अवकाश कोषमा गरेको योगदान भए सो रकम घटाउनु पर्दछ ।

३. दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी भए ऐनको अनुसूची–१ को दफा १ को उपदफा (५) बमोजिम दुर्गम भत्ता बापत तोकिएको रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ ।

४. ऐनको अनुसूची–१ को दफा १ को उपदफा (६) बमोजिम नेपालका विदेशस्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारी भए निजले प्राप्त गरेको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ ।

५. कुनै बासिन्दा कर्मचारी अपाङ्ग रहेछ भने ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१०) बमोजिमको रकम (आ.व.२०७९।८० मा एकल व्यक्ति भए रु.२,००,०००।– एवम् दम्पती भएमा रु.२,२५,०००।–) करयोग्य आयबाट घटाउनुपर्दछ ।

६. बासिन्दा कर्मचारीले लगानी बीमा (जस्तै, जीवन बीमा) गरेको भए ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१२) बमोजिम रु.४०,०००।– वा भुक्तान गरिएको बीमा प्रिमियममध्ये जुन घटी हुन्छ सो रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ । त्यस्तै स्वास्थ्य बीमा गरेको भए ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१६) बमोजिम रु.२० हजार वा भुक्तानी गरिएको प्रिमियममध्ये जुन घटी हुन्छ सो रकम निजको करयोग्य आयबाट घटाउन पाइन्छ ।

७. बासिन्दा कर्मचारी एकल व्यक्ति भए ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१) एवम्एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी छनौट गर्ने दम्पती भए उपदफा (२) अनुसार लाग्ने करको गणना गरी कर दायित्व यकिन गर्नु पर्दछ ।

८. गैर बासिन्दा कर्मचारी भए समदरमा २५ प्रतिशतको दरले करको गणना गर्नुपर्छ ।

९. ऐनको अनुसूची–१ को दफा १ को उपदफा (११) बमोजिम कुनै बासिन्दा प्राकृतिक व्यक्ति रोजगारीको आय मात्र आर्जन गर्ने महिला रहिछिन्भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट दिई कर रकम यकिन गर्नुपर्दछ ।

१०. कर दायित्व यकिन भइसकेपछि बासिन्दा कर्मचारी वा कामदारको हकमा रोजगारदाताले भुक्तान गरेकोदफा ५१ अनुसारको औषधोपचार कर मिलान गर्नुपर्दछ ।

११. कर मिलान पश्चात हुन आउने खुद कर दायित्वलाई १२ महिनाले वा नोकरी अवधि सोभन्दा कम भए सोही बमोजिम दामासाहीले भाग गर्दा हुन आउने कर दायित्व पारिश्रमिक भुक्तानीबाट कट्टा गरी सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ ।

यसरी हुन्छ करयोग्य आयको गणना

उदाहरण : मानौ राम बहादुर श्रेष्ठले लाइफ इन्स्योरेन्स कम्पनीमा प्रबन्धकको रुपमा काम गर्दै आएका छन् । कम्पनीको नियम अनुसार उनले आर्थिक वर्ष २०७९/८० मा निम्नानुसारको आय रोजगारदाता बीमा कम्पनीबाट प्राप्त गर्नेछन् ।

तलब मासिक                               रु.१,६०,०००।–

दशै खर्च                                      रु.१,६०,०००।–

शैक्षिक भत्ता                                 रु.५,०००।– प्रति महिना

महँगी भत्ता                                   रु.५,०००।– प्रति महिना

बोनस                                         रु.२,००,०००।–

निजलाई कार्यालय तथा व्यक्तिगत प्रयोजनको लागि एक ड्राइभरसहितको कार उपलब्ध गराएको छ । ड्राइभरको मासिक तलब तथा भत्ता रु.२०,०००।– बीमा कम्पनीले नै भुक्तानी गर्नेछ । उक्त मुख्य प्रबन्धकको गाडीको लागि मासिक पेट्रोल खर्च सरदर रु.२०,०००।– लाग्दो रहेछ र मानौ सो कारको लागि आ.व.२०७९।८० मा रु.४०,०००।– को मर्मत खर्च लाग्नेछ । यी रकमको भुक्तानी बीमा कम्पनीले नै गर्नेछ ।

निजलाई कार्यालयको आवास व्यवस्था समेत उपलब्ध गराइएको छ । निजलाई निजको आवासमा जडान गरिएको टेलिफोन खर्च बापत रु.५,०००।– प्रति महिना कार्यालयले उपलब्ध गराउने छ । सोमध्ये व्यक्तिगत खर्च ५०% । निजको आवासमा रेखदेख गर्नको लागि एकजना सेक्यूरिटी गार्ड उपलव्ध गराएको र निज गार्डलाई प्रति महिना रु.२०,०००।– उपलब्ध गराउनलेछ । र गार्ड प्रयोग गरेबापत निज प्रबन्धकको मासिक तलबबाट रु.५,०००।– कट्टा गर्ने गरिने छ ।

निजले आवास ऋण बापत कार्यालयबाट ५% दरले ब्याज तिर्ने गरी रु.३०,००,०००।– को कर्जा वर्षभरि उपभोग गर्नेछन् । उक्त संस्थाले यस्तै किसिमको कर्जा अभिकर्तालाई दिँदा औसत ८% का दरले ब्याज लिने गरेको रहेछ ।

निजले मानौ २०७९ मंसिरमा घर बिदा बापत एक महिनाको तलब पनि प्राप्त गर्नेछन् । कार्यालयले निजले खाइपाई आएको तलबको १०% र सोमा त्यत्तिनै रकम थप गरी कर्मचारी सञ्चयकोष (स्वीकृत अवकाश कोष) मा जम्मा गरिदिनेछ र निजको सहमतिमा कार्यालयले नागरिक लगानी कोषमा प्रति महिना रु.२०,०००।– का दरले जम्मा गर्ने गर्नेछ ।

निजले आफ्नो लागि रु.१०,००,०००।– को र आफ्नो श्रीमतीको लागि रु.२,५०,०००।– को जीवन बीमा गरेका रहेछन् सो बापतको प्रिमियम सो आ.व.मा क्रमशः रु.६०,०००।– तथा १४,०००।– तिरेका रहेछन् ।

निजले २०७९ को श्रावण महिनामा त्रि.वि.शिक्षण अस्पतालमा स्वास्थ्योपचारमा रु.२०,०००।– खर्च गरेका रहेछन् । निज र निजकी श्रीमतीले सो आ.व. मा दम्पती हुनको लागि छनौट गरेका रहेछन् सो आ.व.मा निजकी श्रीमतीको कुनै आय रहेनछ ।

माथिको विवरणका आधारमा निजको निर्धारणयोग्य आय, करयोग्य आयको गणना निम्नानुसार गर्नु पर्ने हुन्छ।

नोट : चालु आर्थिक वर्षमा ५० लाख भन्दा माथि आम्दानी गर्नेले ३९ प्रतिशत कर भुक्तानी गर्नु पर्छ । चालु आर्थिक वर्षका लागि अधिकतम ३६ प्रतिशत भन्दा माथि तिर्नु पर्दैन । तर आगामी वर्षको लागि सरकारले ५० लाख भन्दा माथिको आम्दानीका हकमा साविकको व्यवस्थामा थप ३ प्रतिशत थपिदिएको हो ।

अभिकर्ताको लाइसेन्स शुल्क तीन हजार

अभिकर्ताको लाइसेन्स शुल्क तीन हजार, संस्थागतलाई १० हजार (हेर्नुहोस् मध्यस्थकर्ताको शुल्क विवरण)
काठमाडौं । बीमा अभिकर्ताको इजाजतपत्र लिनका लागि नेपाल बीमा प्राधिकरण व्यक्तिगत तर्फ २५ सय रुपैयाँ र संस्थागत अभिकर्ताका लागि १० हजार रुपैयाँ लिने प्रस्ताव गरेको छ । बीमा नियमावली २०८० को मस्यौदामा बीमा अभिकर्ता/सर्भेयर/दलाल र तेस्रो पक्ष सहजकर्ताको इजाजत, नियमन, नवीकरण तथा विलम्ब शुल्कको व्यवस्था गरेको छ ।

नियमावलीमा मध्यस्थकर्ताको रुपमा बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमा दलाल र तेस्रो पक्ष सहजकर्ता भनिएको छ । नियमावलीको मस्यौदामा व्यक्तिगत बीमा अभिकर्ताको हकमा दुई हजार पाँचसमय रुपैयाँ र संस्थागत अभिकरत्को हकमा १० हजार रुपैयाँ तोकिएको छ । यस भन्दा अगाडी व्यक्तिगत बीमा अभिकर्ताका लागि इजाजत शुल्क ५०० रुपैयाँ मात्रै थियो । तर हरेक वर्ष नविकरण गर्नु पर्ने व्यवस्था थियो । अहिलेको नयाँ बीमा ऐन २०७९ मा नविकरण तीन/तीन वर्षमा मात्रै गर्नु पर्ने व्यवस्था गरिएको छ । पहिलाको व्यवस्था अनुसार नविकरण शुल्क २०० रुपैयाँ मात्रै थियो ।

प्राधिकरणले इजाजतशुल्कका साथै नियमन शुल्कका रुपमा थप ५०० रुपैयाँ तोकेको छ । तीन वर्ष पछि निकरण गर्दा एक हजार रुपैयाँ मात्रै भए पुग्छ । नविकरण पश्चात पनि तीन वर्षको अवधि रहनेछ । यदि प्राधिकरणले तोकेको समय अवधिमा नविकरण नगरेमा एक हजार रुपैयाँ विलम्ब शुल्क एक हजार रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।

बीमा सर्भेयर

व्यक्तिगत सर्भेयरको हकमा इजाजत शुल्क दश हजार रुपैयाँ र संस्थाको हकमा २० हजार रुपैयाँ तोकिएको छ । नियमन शुल्कको रुपमा थप एक हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ । र नविकरण गर्दा व्यक्तिगत सर्भेयरको हकमा १० हजार र संस्थागत सर्भेयरको हकमा २० हजार रुपैयाँ नै तोकिएको छ । यदि प्राधिकरणले तोकेको समय भित्र नविकरण नगरेमा ५ हजार रुपैयाँ बिलम्ब शुल्क तिर्नु पर्नेछ ।

बीमा दलाल

बीमा दलालको इजाजतपत्र लिनका लागि ४ लाख रुपैयाँ शुल्क भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको छ । उनिहरुका लागि नियमन शुल्क थप ५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै तीन वर्ष पछि नविकरण गर्दा २५ हजार रुपैयाँ नविकरण शुल्क भुक्तानी गर्नु पर्छ । यदि प्राधिकरणले तोकेको समय भित्र नविकरण नगरेमा विलम्ब शुल्क बापत दैनिक एक सय रुपैयाँका दरले भुक्तानी गर्नु पर्छ ।

तेस्रो पक्ष सहजकर्ता

तेस्रो पक्ष सहजकर्ताको लाइसेन्स लिनु परेमा बीमा प्राधिकरणलाई ५ लाख रुपैयाँ इजाजतपत्र शुल्क तिर्नु पर्नेछ । त्यस्तै नियमन शुल्क बापत ५ हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ । तीन वर्ष पछि नविकरण गर्नु पर्दा २५ हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ । यदि प्राधिकरणले तोकेको समय भित्र नविकरण नगरेमा विलम्ब शुल्क बापत प्रतिदिन एक सय रुपैयाँको दरले भुक्तानी गर्नु पर्छ ।

एकल बीमा शुल्कको कमिशन एकैपटक

एकल बीमा शुल्कको कमिशन एकैपटक नपाइने, यस्तो छ बीमा अभिकर्ताले पाउने कमिशनको नयाँ व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदामा अभिकर्ताहरुले प्राप्त गर्ने कमिशनमा व्यापक परिवर्तन गरेको छ । एकल बीमा शुल्कमा देखिएको विकृतिलाई अन्त्य गर्ने गरी कानुन बनाएको छ ।

प्राधिकरणले एकल बीमा शुल्कको बीमालेखमा ६ प्रतिशतसम्म कमिशन प्राप्त गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । तर यस्तो कमिशनलाई ५ वर्षको अवधिमा विभाजन गरेर मात्रै वितरण गर्नु पर्नेछ । नियमावलीमा भनिएको छ ‘बीमालेख जारी भएको पहिलो ५ वर्षमा समानुपातिक रुपमा भुक्तानी पाउने गरी बीमाशुल्कको ६ प्रतिशतसम्म’ वितरण गर्न पाइनेछ ।

अव टार्गेट पुरा गर्न एकल बीमा शुल्क प्राप्त हुने पोलिसी जारी गर्ने प्रथाको पनि अन्त्य हुने भएको छ । अव कुनै पनि अभिकर्ताले टार्गेट पुरा गर्ने उद्देश्यले यस्तो पोलिसी जारी गर्ने र एक वर्ष भित्रै सरेण्डर गर्ने अभ्यासलाई पनि निरुत्साहित बनाउनेछ । यो नियमावलीको मस्यौदा भएको हुँदा यसमा अभिकर्ता लगायत शक्तिशाली वर्गले संशोधन गराउने प्रयास गरेनन् भने मात्रै लागु हुनेछ ।

त्यस्तै म्यादी जीवन बीमालेखमा पनि जुनसुकै अवधिको बीमालेख जारी भए पनि बीमा शुल्कको १० प्रतिशत भन्दा बढी कमिशन दिन नपाउने व्यवस्था गरिने भएको छ । सावधिक र आजीवन जीवन बीमाको लागि छुट्टै व्यवस्था गरिएको छ । ५ वर्षदेखि ६ वर्ष अवधिको बीमालेख जारी गरिएको छ भने पहिलो वर्ष अभिकर्ताले १० प्रतिशत र दोस्रो र तेस्रो वर्षपछि ५ प्रतिशतका दरले कमिशन प्राप्त गर्नेछन् ।

त्यस्तै ८ वर्षदेखि ९ वर्ष अवधिसम्मको बीमालेखको हकमा पहिलो वर्ष १०, दोस्रो वर्ष १० र तेस्रोदेखि बाँकी अवधिका लागि ५ प्रतिशतका दरले कमिशन दिन पाउने प्रस्ताव छ । १० वर्षदेखि १४ वर्ष अवधिसम्मको बीमालेखका हकमा पहिलो वर्ष १५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र १० वर्षसम्म ५ प्रतिशतका दरले कमिशन दिन पाउने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

१५ वर्षदेखि १९ वर्ष अवधिको जीवन बीमालेख बिक्री गराएमा पहिलो वर्ष २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र १० वर्ष अवधिसम्मका लागि हरेक वर्ष ५ प्रतिशतका दरले कमिशन दिन पाउने व्यवस्था गरिएको छ । त्यस्तै २० वा सो भन्दा बढी अवधिको जीवन बीमालेख जारी गराएमा पहिलो र दोस्रो वर्ष २५/२५ प्रतिशतका दरले र बाँकी १० वर्षअवधिसम्मका लागि प्रत्येक वर्ष ५ प्रतिशतका दरले कमिशन दिन पाउने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

नविकरण नभएका अभिकर्ताले कमिशन

लाइसेन्स नविकरण नभएका अभिकर्ताले कमिशन र इन्सेन्टिभ नपाउने, अभिकर्ता आन्दोलित

काठमाडौं । बीमा नियमावलीमा लाइसेन्स नविकरण नभएका अभिकर्ताले कमिशन तथा इन्सेन्टिभ नपाउने व्यवस्था सँगै अभिकर्ताहरु आन्दोलित भएका छन् । बीमा नियमावली २०८० को मस्यौदामा बीमा अभिकर्ताको कमिशन तथा प्रोत्साहन (इन्सेन्टिभ) प्राप्त गर्नका लागि बीमा अभिकर्ताको इजाजतपत्र बहाल रहेको हुनुपर्नेछ भनिएको छ ।

बीमा ऐनको दफा ९३ को उपदफा ६ मा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को उस्तै किसिमको बीमकको बीमा अभिकर्ता भई काम गर्न नपाउने उल्लेख छ । यहि व्यवस्था अनुसार प्राधिकरणले यहि चैतदेखि सप्टवेयर प्रणालीबाट दुई भन्दा बढी बीमा कम्पनीबाट अभिकर्ता लाइसेन्स लिएकालाई कुनै एउटा मात्रै छनोट गर्न लगाएर एक बीमा अभिकर्ता एक बीमा कम्पनीको अवसाधारणलाई कार्यान्वयन गरिसकेको छ ।

जवकी अभिकर्ताहरुले लामो समयदेखि दुई वटा सो भन्दा धेरै बीमा कम्पनीको अभिकर्ता बन्दै आइरहेका थिए । यसरी दुई भन्दा बढी बीमा कम्पनीमा अभिकर्ताको काम गर्दा उनिहरुले सोहि अनुसार धेरै वटा कम्पनीबाट कमिशन प्राप्त गर्दै आइरहेका थिए ।

यो व्यवस्थाको कार्यान्वयन सँगै प्राधिकरणले अभिकर्ताहरुलाई कुनै एक कम्पनी छनोट गर्न आह्वान गर्दै बाँकी कम्पनीबाट प्राप्त हुने कमिशन तथा इन्सेन्टिभलाई निरन्तरता दिन निर्देशन दिदै आएको थियो । उक्त निर्देशन बमजिम नै अभिकर्ताले पुराना व्यवसायको इन्भेन्टिभ तथा कमिशन प्राप्त गर्दै आएका थिए ।

तर प्राधिकरणले बीमा नियमावली २०८० मा कमिशन तथा इन्सेन्टिभ पाउन अभिकर्ता लाइसेन्स भएकै हुनु पर्छ भन्ने व्यवस्था थप गरे पछि अभिकर्ताहरुले नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु शुशिलदेव सुवेदी र दिनेशलाल कर्णसँग वार्ता गरेका थिए । छलफलका क्रममा प्राधिकरणले यस व्यवस्थालाई हटाउन वा संशोधन गर्न सहमति जनाएको छ । अभिकर्ताले नियमावली पारित भएर आउदा यो व्यवस्था कायम रहिहरेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बीमा अभिकर्ताले बीमा शुल्क रकमबाट नियमअनुसार कमिशन प्राप्त गर्नेछन् । जीवनको हकमा प्राधिकरणले बीमा पोलिसी अनुसार न्युनतम ५ प्रतिशतदेखि अधिकतम २५ प्रतिशतसम्म कमिशन दिने व्यवस्था गरेको छ । त्यस्तै निर्जीवन बीमामा बीमा शुल्कको ५ प्रतिशत र लघुबीमा र स्वास्थ्य बीमामा प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ ।

कमिशन रकमको अतिरिक्त इन्सेन्टिभ दिन चाहेमा प्राधिकरणले निर्धारण गरेको सीमाभन्दा बढी नहुने गरी प्रदान गर्न सकिने व्यवस्था गरेको छ । तर एकल बीमा शुल्क जीवन बीमा, संस्थागत बीमा अभिकर्ता मार्पत हुने बीमा र नेपाल सरकारले अनिवार्य गरेको बीमामा बीमा अभिकर्तालाई प्रोत्साहन दिन पाइने छैन ।

प्राधिकरणले नियमावलीमा कमिशन तथा इन्सेन्टिभ प्रदान गर्दा समानुपातिक वितरण प्रणाली अनुसार गर्नु पर्ने व्यवस्था गरेको छ । यदि बीमित आफै प्रत्यक्ष रुपमा बीमा गर्न आएमा बीमा कम्पनीले प्राधिकरणले निर्धारण गरेको कमिशनमा नबढ्ने गरी जीवन बीमाको हकमा ८ प्रतिशत र निर्जीवन बीमाको हकमा ५ प्रतिशतसम्म बीमा शुल्कमा छुट दिन पाउने व्यवस्था गरिदिएको छ ।

कम्तिमा १५ वर्षसम्म अभिकर्ता भई निरन्तर सेवा प्रवाह गरेका व्यक्तिलाई जीवन बीमा कम्पनीले प्राधिकरणले निर्धारण गरे बमोजिम लोयन्टी इन्सेन्टिभका रुपमा बीमा सुविधा प्रदान गर्न सक्नेछन् ।

यसरी बीमा नियमावलीमा उल्लेखित इन्सेन्टिभ तथा कमिशन प्राप्त गर्नका लागि बीमा अभिकर्ताको इजाजतपत्र बहाल रहेको हुनुपर्नेछ भन्ने व्यवस्था छ । यहि व्यवस्थाले गर्दा हाल अन्य कम्पनीको अभिकर्ता लाइसेन्स त्यागेर एउटा कम्पनी रोजेका अभिकर्ताहरु सबैभन्दा धेरै मारमा पर्ने छन् ।

बीमा कम्पनीका मेरुदण्ड: बीमा अभिकर्ता

बीमा कम्पनीका मेरुदण्ड: अभिकर्तामा हुनुपर्ने यस्ता छन् १३ सकारात्मक गुणहरु

काठमाडौं ।
बीमा अभिकर्ता भनेको बीमा कम्पनीहरुका मेरुदण्ड हुन् । जीवन बीमा व्यवसायमा बीमा अभिकर्ता नै अग्र पंक्तिमा उपस्थित हुने गर्दछन् । आज सर्वसाधारणलाई बीमाको आवश्यक्ता र महत्वको बारेमा जानकारी गराउने व्यक्ति अभिकर्ता नै हुन् । बीमा कम्पनीहरुमा भएका विभिन्न गतिविधी, कम्पनीको सकारात्मक जानकारी लगायत यावत कुराको जानकारी आम जनमानसमा पुर्याउने पात्र नै अभिकर्ताहरु हुन् । बीमा अभिकर्ताहरुले पनि प्रचलित कानून एने बमोजिम आय आर्जन गर्दछन् । बीमा गर्न चाहाने व्यक्तिको आय स्रोत, उद्देश्य, आचारण, बचत गर्ने क्षमता, आर्थिक भार आदिको मुल्याङ्कन गरी बीमा अभिकर्ताहरुले ग्राहक समक्ष बीमा योजनाको बारेमा प्रष्ट पार्दछन् । सोही अनुरुप कम्पनीको बीमा पोलिसी विक्री हुन्छ ।

यसरी गरिएको बीमाले बीमा अभिकर्ताहरुलाई सिमित मात्रमा कमिशन, बीमा कम्पनीलाई व्यवसाय र बीमा गर्ने व्यक्ति वा समुहलाई आर्थिक सुरक्षा प्रदान हुने गर्दछ । जसले त्रिपक्षीय रुपमा सबैलाई फाइदा हुने गर्दछ । सर्वप्रथम ग्राहकको इच्छा र क्षमता अनुसार बीमा लेख विक्री गर्नु बीमा अभिकर्ताको ठुलो जिम्मेवारी हो । जसमा प्रचलित बीमालेखको शुल्क, सुरक्षा र मुनाफाको बारेमा स्पष्ट जानकारी बीमितलाई गराइएको हुन्छ । यसरी आफ्नो पशेलाई सम्मानित, गरिमामय, समाजसेवक, राष्ट्रसेवक बनाइराख्न बीमा अभिकर्तामा विभिन्न गुणहरु हुनु आवश्यक छ ।

बीमा वस्तु तथा बीमा सम्बन्धी पुर्ण ज्ञान
बीमा अभिकर्ता जुन बीमा कम्पनी मार्फत बजारमा गएका हुन्छन् । त्यो व्यक्तिमा बीमा कम्पनीको सम्पुर्ण बीमा लेख, आर्थिक सुरक्षा, बोनशदर, वित्तीय अवस्था आदि सबैको बारेमा जानकारी हुनु जरुरी छ , जसको कारणले गर्दा ग्राहकमा आत्माविश्वास र भरोसा आउँछ ।

व्यक्तित्व आकर्षण
अभिकर्ता वा जुनसुकै पेशामा आवद्ध भएको मानिस होस् उसको व्यक्तित्व भनेको व्यवस्थापनको कडी हो । जसले गर्दा ग्राहकहरुलाई विश्वास दिलाउन सहयोग गर्दछ ।

पेसाप्रति इमान्दारिता
बीमा अभिकर्ताले आफ्नो पेसालाई गौरव ठानेर इमान्दारि पुर्वक काम गर्नुपर्दछ । आफ्नो पेसामा अडिक, ग्राहकहरुको सेवामा निरन्तरता र बीमा कम्पनीको हितका लागि सधै समर्पित भएर काम गर्नुपर्दछ ।

जनसम्पर्क कायम
बीमा अभिकर्ताले नियोजित रुपमा जनसम्पर्क राख्न जरुरी हुन्छ । चाहे त्यो व्यक्तिले बीमा गरोस् वा नगरोस्, आफ्ना योजनाहरु प्रस्तुत गरी रहनुपर्दछ । जसमा रोटरी क्लब, लायोन्स क्लब, चेम्बर अफ कमर्स, स्काउट, रेड क्रस र क्यान्सर सोसाइटी आदि संस्थाहरु सहयोगी हुन्छन् ।

सम्भावना सधै अगाडी
बीमा अभिकर्ताले आफ्नो सम्पर्कमा साथी, इष्टमित्र, दाजुभाइ, छिमेकी, सहकर्मीहरुको आर्थिक, सामाजिक, नैतिक रुपमा अनुसन्धान गरी कुन बीमा पोलिसी विक्री गर्न सकिन्छ सोको सम्भावनाको बारेमा क्रियाशिल रहनुपर्दछ ।

योजना तर्जुमा निश्चित
सफल बीमा अभिकर्ता हुनलाई सर्वप्रथम आफ्नो योजना र ग्राहकको चाहाना अनुरुप प्रस्तुत हुनुपर्दछ ।

अभिलेख तथा रेकर्ड
बीमा अभिकर्ताले आफ्नो ग्राहकको बीमा योजना, बीमा शुल्क, बीमा नविकरण, बीमा समाप्ती, अग्रिम भुक्तानी आदिको बारेमा लिखित रेकर्ड राख्नुपर्दछ ।

नयाँ बीमालेखको बारेमा जानकारी
बीमा कम्पनीहरुले बजारको माग तथा बीमा कम्पनीहरुको प्रतिस्पर्धालाई ध्यानमा राखी केही समयको अन्तरालमा नयाँ बीमा योजनाहरु प्रस्ताव गर्दछन् । सो बीमा पोलिसीको बारेमा पुर्ण जानकारी लिएर आफ्नो पुर्व ग्राहकसमक्ष फेरी बजार विस्तार गर्न सकिन्छ ।

दिगो विकास र जोशिलोपन
बीमा अभिकर्ताहरुमा दिगो भावना हुनुपर्दछ । जसमा दिवास्वप्न पर्दछ । दृढ अठोटका साथमा काम गरेमा एक दिन सफल भइन्छ । त्यसकारण एक दिन सफल भएन भनेर आश मारेर बस्नु हुँदैन् ।

ठुलो बीमालेख बेच्ने प्रयास गर्नु
ग्राहकहरुको क्षमता अनुरुप बीमा अभिकर्ताले ठुलो पोलिसी बेच्ने प्रयास गर्नुपर्दछ । आफ्नो आम्दानी, बीमा कम्पनीको व्यवसाय, बीमितको सुरक्षाको हिसाबले पनि आग्रहको चाहाना बमोजिम ठुलो पोलिसी वा रकमको बीमा प्रस्ताव प्रस्तुत गर्नुपर्दछ । जसले समयको बचत, आम्दानी बी र आफ्नो सफलतामा प्रोत्साहन मिल्ने गर्दछ ।

सम्भावित ग्राहकको सूचि तयार गरी नियमित सम्पर्क
बीमा अभिकर्ताले ग्राहक समक्ष बीमा पोलिसी बेच्न जाँदा उसमा बीमा गर्ने केही सम्भावना भेटियो भने उसलाई नियमित सम्पर्क गर्नु पर्दछ । आफुले आफ्नो ग्राहकलाई विश्वास दिलाई उनीहरुबाट नै अन्य ग्राहक खोज्न सक्नुपर्दछ ।

निरन्तर प्रयास
निरन्तर प्रयास गर्नु पनि अभिकर्तामा हुनुपर्ने गुण हो । कुनै पनि व्यक्तिले पहिलो भेटमा नै कुराकानी गर्न साथ बीमा गराउन मञ्जुर हुँदैनन् । उनीहरुले विभिन्न समस्या देखाउँछन् । तर धेरै बीमा अभिकर्ताको १ दुई पटकको अनुरोध पछि उक्त व्यक्तिलाई सम्पर्क गर्दैन् । बीमा अभिकर्ताको यही नै ठुलो समस्या हो । त्यसकारण सम्भाव्य व्यक्तिलाई धेरै पटकको भेटपछि बीमा गराउँन भने सकन्छ । त्यसकारण बीमा गराउनको लागि निरन्तर प्रयास पनि एउटा मुख्य आधार हो ।

अन्य महत्वपुर्ण जानकारी
बीमा अभिकर्ताले बीमा कम्पनीको सम्पुर्ण कार्यक्षेत्रको जानकारी लिनुपर्छ । जसमा जोखिम बहन, अन्डरराइटिङलाई सहयोग, नयाँ बीमा लेखको जानकारी, बीमायोग्य जीवन बीमाको जानकारी, बीमितको विश्वास र सेवाको बारेमा जानकारी हुनुर्छ । सफल बीमा अभिकर्ताले ग्राहकसँग व्यवसायको बारेमा कुरा गर्दा बीमा कम्पनीमा भएको सुविधाको बारेमा बुझाउँदा धेरै कठिनाई झेल्नु परेको हुन्छ । जसमा बीमा सम्बन्धी कतिपय शब्दहरु प्रष्ट नहुनु र यसको अर्थ ग्राहकले बुझन नसक्नु बढी तर्क विर्तक गर्दा ग्राहकले विश्वास नगर्नु, ग्राहक आर्फ बढी जान्ने फेला पर्नु, ग्राहकको सोच नकारात्मक हुनु, बढी प्रश्न गर्दा रिसाउने गर्नु, आफ्नो व्यवसायमा लगनशिलता नहुनु, अभिकर्ता आर्फमा इगोको भावना पैदा हुनु, ग्राहकबाट पनि नयाँ कुरा सिक्न नखोज्नु, ग्राहको हितमा चासो नराखी आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुनु, ग्राहकको कुरा नसुनेर आफु मात्रै बोल्नु, ग्राहकको ध्यान आफुतिर आकर्षित गर्न नसक्नु, ग्राहको मनोविज्ञान अनुसार आफु प्रस्तुत नहुनु, विषयगत कुरामा प्रष्ट पार्न नसक्नु, आफ्नो गल्तिलाई स्वीकार नगर्नु, शब्दहरु जटिल प्रयोग गर्नु, आदी कारणले गर्दा पनि बीमा गराउन गाह्रो हुन्छ । यी विषयबस्तुमा बीमा अभिकर्ताले ग्राहकलाई सम्मान वा आफ्नो गल्तिको प्रायश्चित गरी बीमाको उचित ज्ञान हासिल गरेर यस व्यवसाय अभिकर्ताले सफल बनाउन सक्छन् ।

अभिकर्ता लाइसेन्स खारेज गर्नु अगाडी

दोहोरो अभिकर्ता लाइसेन्स खारेज गर्नु अगाडी सफाइपत्र अनिवार्य, यस्तो छ खारेजी प्रकृयाँ

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ को व्यवस्था अनुरुप दोहोरो अभिकर्ताको लाइसेन्स खारेजीको प्रकृयाँ अगाडी बढाएको छ । बीमा ऐन २०७९ को दफा ९५ को उपदफा २ मा ‘कुनै बीमा मध्यस्थकर्ताले आफ्नो इजाजतपत्र खारेज गर्न निवेदन दिएमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी खारेज गर्न सक्ने छ’ भन्ने कानुनी व्यवस्था अनुरुप प्राधिकरणले प्रकृयाँ अगाडी बढाएको हो ।

यसरी उस्तै प्रकृतिका दुई वा सो भन्दा बढी बीमा कम्पनीबाट अभिकर्ताको काम गर्दै आइरहेका अभिकर्ताले कुनै एउटा कम्पनीको इजाजतपत्र खारेज गर्न चाहेमा सबैभन्दा पहिला निवेदन दिनु पर्नेछ । यस क्रममा इजाजतपत्र खारेज गर्न चाहने अभिकर्ताले संकलन गरेको बीमा शुल्क, सो बीमकबाट प्रदान गरिएको प्रोत्साहन, प्रवर्द्धन, सवारी वा करार बमोजिमको अन्य कुनै दायित्व भए सम्बन्धित बीमा कम्‍पनीले फरफार गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

यदि कुनै दायित्व बाँकी रहेको भए सम्बन्धित बीमा कम्पनीले अभिकर्तालाई निश्चित अवधिभित्र पुरा गर्ने कबुलियतनामा पेश गर्नु पर्नेछ । यसका साथै बीमा कम्पनीले पनि अभिकर्तालाई आफु मार्फत बीमा गराएका बीमितहरुको बीमालेखको अवधिसम्म अनिवार्य सेवा प्रदान गर्ने लिखित प्रतिवद्धता व्यक्त गराउनु पर्ने व्यवस्था गरिएको छ ।

अभिकर्ता खारेजी गर्न अभिकर्ताले दिएको लिखित निवेदन उपर बीमा कम्पनीले बढिमा ७ दिन भित्र सफाईपत्र उपलब्ध गराउनु पर्ने प्राधिकरणले जनाएको छ । यदि सफाइपत्र उपलब्ध गराउन नसक्ने भए सोको कारण सहित नेपाल बीमा प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ ।

बीमा कम्पनीले ७ दिन भित्र सफाइपत्र उपलब्ध नगराएमा वा गराउन नसकेको जानकारी नेपाल बीमा प्राधिकरणलाई नगराएमा प्राधिकरणले स्वतः इजाजतपत्र खारेजीको प्रकृयाँ अगाडी बढाउने भएको छ ।

नेपाल बीमा प्राधिकरणले यहि फागुन २२ गतेसम्म बीमा कम्पनीहरुलाई अभिकर्ताको अत्यावस्यक विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ । फागुन २२ गते पछि दोहोरो अभिकर्ताको विवरण नेपाल बीमा प्राधिकरणको अनलाइन प्रणालीले नै पत्ता लगाउने छ । यसरी प्राधिकरणको अनलाइन प्रणालीले पत्ता लगाएका दोहोरो लाइसेन्स लिएका अभिकर्ताहरुका लागि यस्तो व्यवस्था गरिएको हो ।

हालसम्म बीमा प्राधिकरणको अनलाइन प्रणालीमा जीवन बीमा कम्पनीहरुले एक लाख ३० हजार भन्दा बढी अभिकर्ताको विवरण अध्यावधिक गरिसकेको छ । जसमा बीमा अभिकर्ताको लाइसेन्सको प्रमाणपत्र, नागरिकता, प्यान नम्बर, एसएलसी वा सो भन्दा माथिको शैक्षिक योग्यताको मार्कसिट तथा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।

प्राधिकरणले प्यान नम्बरलाई आधार मानेर दोहोरो अभिकर्ताको विवरण पत्ता लगाउदैछ । नागरिकता नम्बरका आधारमा मात्रै हेर्दा नागरिकता नम्बर दोहोरो हुने भएकाले छुट्ट्याउन गाह्रो छ । तर आन्तरिक राजस्व विभागले जारी गर्ने प्यान नम्बर सबैको फरक फरक हुने भएकाले यसैलाई आधार मान्न थालेको हो । प्यान नम्बरमा पनि दोहोरो विवरण देखिए पनि प्राधिकरणले नागरिकता नम्बरलाई ट्रायल गरेर भेरिफाइ गर्ने व्यवस्था मिलाएको छ । अभिकर्ताहरुले आगामी चैत मसान्त भित्रमा अभिकर्ता लाइसेन्स नविकरण गर्नु पर्ने छ । प्राधिकरणले दोहोरो अभिकर्ताको विवरण पत्ता लगाउने वित्तीकै नविकरणको प्रकृयाँ सुरु गर्नेछ ।

बीमा बोनसदरका लागि हैन “रक्षावरणका” लागि

बीमा बोनसदरका लागि हैन “रक्षावरणका” लागि हो

काठमाडौं । बीमा भन्ने वित्तिकै जोखिम हस्तान्तरणको एक बोलियो माध्यम हो भनेर बुझिन्छ । तर, पछिल्लो समय बीमालाई पनि बोनशदरसँग तुलना गरेको चरम उदाहरणहरु भेटिन्छन् । कुनै एक अभिकर्ताले बीमाको प्रस्ताव कसैलाई गर्ने वित्तिकै उनीहरुको प्रश्न हुन्छ, कति छ बोनशदर? तर बास्तवमा भन्ने हो भने बीमा भनेको जोखिम हस्तान्तरण गर्ने माध्यम हो । बीमाले धन सम्पत्ति, मानव जीवनको रक्षावरण गर्दछ । त्यसैले बीमामा बोनश भन्दा पनि जोखिमको कभरेज हेर्नु उपयुक्त हुन्छ । जसरी बैंकमा पैसा राख्दा ब्याज पाइन्छ त्यसैगरी बीमा कम्पनीमा पनि बोनश अवश्य पनि पाइन्छ । अझै भन्दा बीमाले त दोहोरो भुमिकामा फाइदा दिएको हुन्छ ।

एकातिर बीमाले मानव जीवन तथा भौतिक सम्पत्तिको जोखिम कभर गरेको हुन्छ भने अर्कोतिर बचतका साथै निर्धारित बोनशदर अनुसार बीमा अवधि पुरा भएपछि एकमुष्ट रकम फिर्ता समेत पाइन्छ । त्यसकारण बीमा गर्दा बोनसदरलाई भन्दा पनि रक्षावरणलाई मध्यजनर गरी बीमा गर्नु आवश्यक छ ।

पछिल्लो समय बीमा प्रस्तावकहरुले बीमा गराउनका लागि ग्राहक समक्ष जाँदा बीमा गर्नुको फाइदा नरहेको समेत तर्क दिने गरेका छन् । बैंकमा एकमुष्ट रकम राख्दा मासिक रुपमा बैंकले दिने ब्याजदर र बीमा कम्पनीहरुले दिने बोनसदर दुबैलाई तुलना गरेर विभिन्न तर्क वितर्क दिने धेरै मानिसहरु पनि पाइन्छ । उनीहरुको नजरमा बीमा कम्पनीले दिने बोनसदरभन्दा बैंकले दिने निक्षेपको ब्याजदर नै उचित रहेको छ । यस कारणपनि बीमितहरुले बीमा गर्दा बैंकले दिने ब्याजदर जस्तै बीमा कम्पनीले दिने बोनशदरमा समानता खोज्छन् ।

यता,बैंकमा पैसा राख्दा निक्षेपकर्ताल राखेको रकमको आधारमा ब्याजदर मात्रै प्राप्त गर्ने गर्दछन् तर बीमा कम्पनीहरुमा बीमा गराउँदा बोनशदरको साथै विभिन्न सेवा सुविधा लगायत जोखिम बहन, बोनसदर सहित एकमुष्ट रकम फिर्ता पाइने गर्दछ । बीमा गर्दा बोनसदरलाई भन्दा पनि जोखिम बहनको लागि बीमा गर्नु आवश्यक छ ।

बीमाले हरेक उमेर, तह र तप्काको मानिसहरुलाई समेटेको हुन्छ । बीमा गर्नका लागि कुनै उमेरहद तोकिएको हुँदैन् । आयस्रोत अनुसार आफुले तिर्न सक्ने प्रिमियमको आधारमा बीमा गर्न सकिन्छ । मानिसहरुको जीवन अनिश्चित हुन्छ, कुन समयमा जोखिम, भवितव्य आइपर्न सक्छ थाहा हुदैन् । यही मानिको जीवनमा आउने विभिन्न जोखिम तथा अनिश्चिततालाई ध्यानमा राख्दै जीवन बीमा सबैको लागि अति आवश्यक कुरा हो ।

पछिल्लो समय मानिसहरुले बीमा गर्नका लागि राम्रो बोनसदर खोज्ने गरेको पाइन्छ । तर बीमा गर्दा बोनसदरलाई भन्दा पनि जोखिम बहनलाई मध्यनजर गर्दै बीमा गर्नु उपयुक्त मानिन्छ । बीमा भनेकै जोखिम हस्तान्तरण हो । बीमा भनेकै भविष्यमा आउने संकटलाई सामना गर्ने उपयुक्त माध्यम हो । मानिसको जीवनमा हरेक परिस्थीतिमा उत्तरचढाव आइरहेको हुन्छ । कुनै पनि जोखिम, मानिसको जीवनमा बजा बजाएर सुझाव दिएर आउँदैन् । त्यसकारण बीमा गर्दा बोनसदरलाई हेरेर गर्नुभन्दा पनि भविष्यमा आउने जोखिम बहनलाई हेरेर बीमा गर्दा उचित हुन्छ । भविष्यमा आउने जोखिम र चुनौतिलाई सामना गर्नका लागि बीमा सबैको लागि अपरिहार्य रहेको छ । त्यसकारण बोनसदरलाई भन्दा पनि जोखिम कभरलाई ध्यानमा राखेर सबैले बीमा गर्नु आवश्यक छ ।

जीवन बीमालेख धितोकर्जा ३७ प्रतिशतले बढ्यो

जीवन बीमालेख धितोकर्जा ३७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ? यसरी लिन सकिन्छ कर्जा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमालेख धितोकर्जा बापत ७८ अर्ब २३ करोड रुपैयाँ प्रवाह गरेका छन् । एक वर्षको अवधिमा यस्तो कर्जा ३६.९५ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यहि अवधिमा ५७ अर्ब १२ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले अभिकर्तालाई दिइदै आएको विभिन्न सुविधामा कटौती गरे सँगै जीवन बीमालेख धितोकर्जा प्रवाह बढेको हो । त्यसमा पनि बैंक वित्तीय संस्थाले कर्जाको व्याजदर १६/१७ प्रतिशत भन्दा धेरै लिने गरेका छन् । तर जीवन बीमा कम्पनीहरुले १० देखि १२ प्रतिशतसम्म लिने गरेका छन् । बैंक वित्तीय संस्थाको तुलनामा कर्जाको व्याजदर धेरै कम हुने भएकाले बीमितहरु यस्तो कर्जामा आकर्षित भएका हुन् । कतिपय बीमितले यस्तो कर्जा लिएर बैंक वित्तीय संस्थामा जम्मा गरेर व्याज कमाउदछन् । अर्को तर्फ बैंक वित्तीय संस्थाबाट भन्दा बीमा कम्पनीबाट प्राप्त हुने यस्तो कर्जा सहज र सस्तो दरमा प्राप्त हुने भएकाले बीमितहरु आकर्षित भएका हुन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले २७ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीले २१ अर्ब ६७ करोड रुपैयाँको कर्जा प्रवाह गरेका थिए । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनले २० अर्ब ८० करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।

तेस्रो धेरै नेशनल लाइफले ९ अर्ब ४८ करोड रुपैया प्रवाह गरेको छ । त्यस्तै अन्य कम्पनीहरु एशियन लाइफ ४ अर्ब ४२ करोड, सूर्यज्योति लाइफ तीन अर्ब २९ करोड, बीमा संस्थान २ अर्ब ५५ करोड, प्राइम २ अर्ब ४८ करोड, मेट लाइफ एक अर्ब ४२ करोड, गुराँस लाइफ एक अर्ब ३२ करोड, युनियन लाइफ एक अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सबैभन्दा कम रिलायबल नेपाल लाइफले २१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

कसरी पाइन्छ बीमालेख धितोकर्जा ?

बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार बीमालेख धितोकर्जा प्रवाह गर्नु पर्छ । यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार भने फरक–फरक हुने गर्दछ । बीमा कम्पनीहरुले समर्पण मूल्य (सरेण्डर भ्यालु)का आधारमा बीमालेख धितोकर्जा प्रवाह गर्छन् ।

बीमितले बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा तीन बर्षसम्म बीमा शुल्क (प्रिमियम) तिरेको हुनुपर्छ । तीन किस्तासम्म बीमा शुल्क तिरेका बीमितले बीमा कम्पनीबाट बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो नराखीकनै ऋण प्राप्त गर्न सक्दछन् ।

बीमितले बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुञ्जेलसम्म भने बीमा पोलिसी त्याग गर्न पाउदैनन् । बीमा समितिले तोकेको प्रावधान अनुसार बीमितलाई उसले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्रदान गर्न सकिन्छ ।

बीमालेख धितो राखेर लिईएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्तान गर्न सकिन्छ । बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै सो ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ । बीमा कम्पनीले ऋण नतिरीकनै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आईलागेमा ऋण कटाएर बाँकी रकम बीमित भए बीमितलाई र बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई उपलब्ध गराईन्छ ।

बीमालेख धितो राखेर लिईने ऋणको ब्याजदर भने बीमा कम्पनीहरुले नै आआफ्नै फरक खालका ब्याजदर तोकेका हुन्छन् । बीमालेख धितोमा एकै दिनमा ऋण पाइन्छ भने ब्याज भने प्रत्येक तीन तीन महिनामा भुक्तानी गर्नुपर्दछ ।

बीमालेख धितोकर्जा प्रवाहबाट प्राप्त व्याजआम्दानीलाई जीवन बीमा कोषमा जम्मा गरिन्छ । जुन बीमितहरुकै हितमा हुन्छ । अर्को तर्फ बैंक वित्तीय संस्थामा राखिएको निक्षेप आम्दानी भन्दा बीमालेख धितोकर्जा प्रवाहबाट प्राप्त आम्दानी अधिक हुन्छ । बीमा कम्पनीहरुले बैंक वित्तीय संस्थाबाट ६/७ प्रतिशत व्याजदर हुँदा पनि बीमित सँग १० प्रतिशत लिने गरेका छन् । यस वर्ष बैंक वित्तीय संस्थाको व्याजदर बढेको भन्दै १२ प्रतिशत पुर्याएका छन् । जवकी पछिल्लो समय कुनै पनि बैंक वित्तीय संस्थाले बीमा कम्पनीले यति धेरै व्याज दिदैनन् ।

जीवन बीमा कम्पनीमा दाबी भुक्तानी बढ्न

जीवन बीमा कम्पनीमा दाबी भुक्तानी बढ्न थाल्यो, नयाँमा सर्वाधिक बृद्धि हुँदा कसले कति गरे ?

काठमाडौं । जीवन बीमा कम्पनीमा दाबी भुक्तानी बढ्न थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले २८ अर्ब २७ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । गत वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीले २६ अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी गरेका थिए ।

यहि अवधिमा जीवन बीमा कम्पनीहरुले जम्मा १४ अर्ब १७ करोड रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यसरी जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन भन्दा दाबी भुक्तानीको अनुपात अत्याधिक बृद्धि भएको हो । यहि अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन भने ७१ अर्ब ६५ करोड रुपैया रहेको छ । जसमा नविकरण बीमा शुल्कको हिस्सा ५७ अर्ब ४७ करोड रुपैयाँ छ ।

समिक्षा अवधिमा सर्वाधिक धेरै नेपाल लाइफले ८ अर्ब ४४ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको तुलनामा यस वर्ष १५.५५ प्रतिशतले दाबी भुक्तानी बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनको दाबी भुक्तानी भने २३ प्रतिशतले घटेको छ । कम्पनीले पुस मसान्तसम्ममा तीन अर्ब ९७ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् ।

तेस्रो ठुलो दाबी भुक्तानी गरेको नेशनल लाइफको यस पटक ४४ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले तीन अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । चौथो धेरै दाबी भुक्तानी गर्नेमा आइएमई लाइफ पर्छ । कम्पनीको दाबी भुक्तानीमा नियमित भन्दा पनि सरेण्डरको हिस्सा सर्वाधिक धेरै छ । कम्पनीले ६ महिनामा एक अर्ब ८६ कोरोड रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

पुराना जीवन बीमा कम्पनीको दाबी भुक्तानीको बृद्धिदर खासै धेरै छैन तर रकम भने नयाँको भन्दा बढि नै छ । पुराना बीमा कम्पनीमा पोलिसी परिपक्व भएर, मत्यु दाबी भुक्तानी र सरेण्डर मार्फत दाबी बढि हुने गरेको छ । तर नयाँ कम्पनीहरुले परिपक्व भएर दाबी भुक्तानी दिने समय आइसकेको छैन । त्यस्तै नयाँ जीवन बीमा कम्पनीमा जति पनि दाबी भुक्तानी भएका छन् ति प्राय मृत्यु दाबी भुक्तानी छन् र बाँकी सबै सरेण्डर हुन् ।

बृद्धिदरका हिसावले सबैभन्दा धेरै सानिमा लाइफ, प्रभु लाइफ, ज्योति लाइफ र सूर्यज्योति लाइफको छ । यि कम्पनीको दाबी भुक्तानी एक सय प्रतिशत भन्दा माथि रहेको छ । गएका वर्षमा जीवन बीमा कम्पनीहरु विच कसले बढि बीमा शुल्क आर्जन गर्ने भन्ने होडबाजी थियो । यसले बीमकहरुमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको थियो । यहि अस्वस्थ प्रतिस्पर्धाले गर्दा अहिले जीवन बीमा कम्पनीहरुमा सरेण्डरमा व्यापक बृद्धि भइरहेको छ । हेर्नुहोस् कुन कम्पनीको कति