कतिपय कम्पनीको भर्खर बोनसदर बढेको छ- भोलि घट्दैन भन्न सकिदैन : नेपाल लाइफका सन्तोष प्रसाईको विचार
काठमाडौं । नेपाल लाइफको ब्राण्ड एम्बेस्डर सम्पुर्ण बीमा अभिकर्ताहरु हुन् त्यसैले हामीले बाहिरको कसैलाई पनि ब्राण्ड एम्बेस्डर नियुक्त गर्दैनौ । बीमा अभिकर्ताहरु सशक्तिकरण हुने भनेको सबै जना शक्तिशाली हुने हो । तपाईको हातमा १० वटा औला छन् । सबैको फरक फरक शक्ति रहेको हुन्छ । जव हामीले सबै औलालाई एकिकृत गर्छौ अनि ठुलो शक्ति बन्छ । मलाइ लाग्छ सशक्तिकरणको ठुलो अर्थ यहि हो ।
हरेक संस्थामा समस्याहरु हुन्छन् । म यस कम्पनीका लागि केहि अभिकर्ता भन्दा मात्रै जेठो छु होला । तपाईहरु यस संस्थाका लागि म भन्दा धेरै जेठो हुनुहुन्छ । संस्थामा समस्याहरु हुन्छन् । समस्याले मान्छेलाई कहिले पनि छोड्दैन । मान्छे मरेको दिनमा मात्रै समस्याले छोड्छ । हामी जीवत रहुन्जेल आ-आफ्ना भावनाहरु हुन्छन् । आ-आफ्ना मनोवृद्धि हुन्छन् । सबैको भावना एउटै नहुन सक्छ त्यहि क्रममा कहिले काही द्धन्द पनि हुन्छ । हामी बसेर छलफल गर्यो भने सबै कुराको समाधान हुन्छ ।
हामी विगत ६/७ वर्षेदेखि एउटै बोनसदरमा छौ । कतिपय कम्पनीहरुको भर्खर बोनस बढेको अवस्था छ । भोलि घट्दैन भन्न सकिदैन । बोनस भनेको विशुद्ध प्रावधिक कुरा हुन् । गएको वर्ष हाम्रो बोनसदर बढेन गत आर्थिक वर्षको लागि आवस्यक कागपत्र मूल्याङ्कनका लागि पठाएका छौ । बजारमा व्याजदर १३ प्रतिशतबाट ७ प्रतिशतमा झरेको छ । हामीले गरिरहेको लगानी ७ प्रतिशत हो । त्यहि व्याजदर बढ्यो भने हाम्रो बोनसदर पनि बढ्ने हो। होइन भने बढ्न गाह्रो हुन्छ । अहिलेकै बोनसदर स्थिर रह्यो भने हाम्रो लागि ठुलो कुरा हो ।
दोस्रो कुरा लामो अवधिको सालको रुख लगाउने हो कि राम्रो देखिने गरि फुल रोपेर फुलबारी बनाउने हो ? फुलको बारी केहि समय पछि ओइलाउछ मासिन्छ । तर सालको रुख लगाउने हो भने दिर्घकालिन हुन्छ । जीवन बीमामा सालको रुख नै रोप्ने हो । त्यहि भएर केहि पोलिसी बन्द गरेका हौ । म आउने वित्तीकै उक्त योजना बन्द गर्नु पर्ने आवस्यकता थिएन । त्यो योजनाबाट केहि वर्षदेखि घाटा भैरहेको थियो ।
त्यसको सट्टा अर्को पोलिसी स्वीकृतिका लागि बीमा समितिमा लगिएको छ । मलाई लाग्छ केहि दिन भित्रमै त्यो पोलिसी पास भएर आउछ । हामी योजनामा काम गरिरहेका छौ । हिजोका दिनमा हामीले छिटो बीमा योजना ल्याउन सक्नु पर्थ्यो । बजारमा प्रतिस्पर्धी हुन सक्नु पर्थ्यो । त्यो हुन सकेन । कस्तो खालको बीमा योजना ल्याउदा ठिक हुन्छ म अभिकर्ता साथिहरु सँग सुझाव लिन चाहन्छु । बजारमा जाने तपाई अभिकर्ताहरु नै हो । तपाईहरु पनि कस्तो खालको योजना चाहिन्छ भनेर सल्लाह गर्नुहोस् । एउटा प्रोडक्ट ल्याइसके पछि भोलिका दिनमा यस्तो भयो उस्तो भयो भन्नु भन्दा बरु अगाडि नै छलफल गरेको राम्रो हुन्छ ।
तपाईहरु बीमितको घरसम्म जाने भएकाले उनिहरुको चाहना के हो र कुन योजना आवस्यक छ भन्ने कुरा थाहा हुन्छ । अभिकर्ताले पाउने सेवा सुविधाका लागि बीमा समितिले एउटा निश्चित लिमिट तोकिदिएको छ । हामीहरु १८ प्रतिशतको सिमा भित्र बस्नु पर्छ । यसमा हाम्रो केहि बाध्यता छ । हामी एक ठाउँमा बसौ सल्लाह छलफल गरौ र उपाय निकालौ । अन्यथा हामीले सधै झगडा गर्ने हो भने त्यसले कुनै तुक राख्दैन । यदि आज हामी कुदेनौ भने भोलि अरु कुद्ने नै वाला छन् ।
हामी राम्रो नै गर्छौ । हाम्रो एपको लागि सप्टवेरको काम भैरहेको छ । यो छिट्टै आउछ । अवको केहि महिना भित्रमा हामी केहि काम गर्छौ । अहिलेको सफ्टवेर आउटडेटेड भैसक्यो अव हामी नयाँ सफ्टवेयरका लागि काम गर्दै छौ । केहि प्रावधिक विज्ञहरु झिकाएर काम भैरहेको छ ।
हाम्रो ८७ प्रतिशत दाबी कागजपत्र पुरा भएको १५ दिन भित्र भुक्तानी हुने गरेको छ । दाबी आफैमा नराम्रो छैन । यसलाई अझै राम्रो बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । कतिपय दाबीमा कागजपत्र समयमा नआएको कारणले पनि समस्याहरु आइरहेको छ । भोलिका दिनमा सबैजना एकै ठाउँमा बसेर सुधार गर्न सकिन्छ । हाम्रो कार्यालय केहि अपग्रेड हुनु पर्ने छ । हिजोका दिनमा जस्तो आवस्यकता थियो त्यस्तै गरि खोलियो । अब सबैलाई ब्राण्डिङको हिसावले काम गर्न खोजिरहेका छौ ।
हामी सबै जना झोला बोक्ने मान्छे भन्ने भएको छ भने नेपालमा सबैले झोला बोक्छन् । चार्टर्ड एकाउन्टेन्टले वित्तीय विवरण हालेर झोला बोक्छ भने एउटा इन्जिनियरले पुल बनाउने ल्यापटप हालेर झोला बोक्छ । एउटा डाक्टरले उसको औजार हालेर झोला बोक्छ । र प्रत्येक कर्मचारीले त्यहि अनुसार झोला बोक्छन् । यहाँ झोला बिनाको मान्छे छैन । खाली आशय के हो भने कुनै झोलामा ल्यापटप होला कुनै झोलामा पोलिसी होला । त्यसको लागि धेरे चिन्ता गर्नु पर्दैन । तपाईहरु आफ्नो काममा डटेर लाग्नुहोस । यदि तपाईहरुलाई एजेन्ट भन्न गाह्रो हुन्छ भने यो पेशा तपाईहरुका लागि गाह्रो पेशा हो । मलाई लाग्छ यो लाग्छ हामीलाई यो कुरामा लाज छैन ।
हामी शक्तिशाली हुनका लागि एकिकृत हुनु पर्छ । हाम्रो विचारहरु सबै कुरामा नमिल्लान् तर बहुसंख्यक कुराहरुमा हाम्रो विचारहरु मिल्नु पर्छ । यहाँ हजारौ मानिसहरु छन् सबैको विचारहरु नमिल्न सक्छन् । तर पनि हामी एउटा ठाउँमा छौ । हामी एउटा डुङ्गामा छौ । एक जना डुब्यो भने सबै जना डुब्छौ । एउटाले नराम्रो काम गर्यो भने हामी सबै जना डुब्ने अवस्थामा छौ ।
(पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आयोजना गरेको बीमा अभिकर्ता सशक्तिकरण अभियानमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दिएको मन्तव्यको सम्पादित अंश)