कसरी गर्ने स्वास्थ्य बीमा, के-के पाइन्छन् सेवा सुविधा ?

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने  स्वास्थ्य बीमाको उद्देश्य हो। सकेसम्म पायक पर्ने ठाउँबाट स्वास्थ्य सेवा प्रवाह गर्नेलगायतका लक्ष्य यसमा अन्तर्निहित छन्।
यो पारिवारीक बीमा कार्यक्रम पनि हो। सर्वव्यापी सिद्धान्तअनुसार हाम्रा ऐन कानुनमा रहेको प्रावधान र प्रचलित कानुनलाई दृष्टिगत गरेर वार्षिक कार्ययोजना अनुसार यो कार्यक्रमलाई अगाडि बढाइएको छ।
२५ चैत २०७२ बाट सुरू भएको यो कार्यक्रमको ट्रयाक रेकर्ड धेरै लामो छैन।
कैलालीबाट सुरूआत गरिएको हो। त्यसपछि बाग्लुङ र इलाममा लागू गरियो। अहिले ४६ जिल्लामा यो कार्यक्रम सुरू भएको छ। आगामी वर्षसम्म ७७ वटै जिल्लामा पुग्ने प्रयास छ।अहिलेसम्म हामीले १८ लाख १० हजार नागरिकमा बीमा पुर्‍याएका छौं।  ५ लाख २५ हजार परिवारलाई समेटिएको छ। त्यसमध्ये ४ लाख १५ हजार अति विपन्न परिवार छन्।स्वास्थ्य बीमा अहिलेसम्म ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरूष  सहभागी भएका छन्।

कसरी गर्ने बीमा

कुनै जिल्लामा बीमा कार्यक्रम सुरू गर्नुभन्दा पहिला केही प्रारम्भिक कुरा गर्नुपर्ने हुन्छ। जुन जिल्लामा कार्यक्रम छ बीमाका लागि त्यो जिल्लाका सेवाप्रदायक संस्थानेपाल सरकार मातहत र निजी क्षेत्रलाई समेत सहभागी गराइन्छ।
स्थानीय तहका हरेक वडामा एक जना दर्ता सहयोगी छनोट हुन्छ। जो हाम्रो बीमा एजेन्ट र अभिकर्ता पनि हो। ती सहयोगी घरघरमै जान्छन्। तथ्यांक संकलन गरेर बीमामा सर्वसाधरणलाई आवद्ध गराउने काम गर्छन्।
त्यही तथ्यांककै आधारमा बीमा हुन्छ भने बीमित भएकै आधारमा कार्ड पनि वितरण हुन्छ। त्यसको केही समयपछि सेवा लिने काम सुरू हुन्छ।

वार्षीक १ लाखको सेवा पाउने

बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ।  ओपीडी सेवा,ल्याब,भर्ना,औषधीदेखि लिएर  फार्मेसी परामर्शलगायत सेवा पाइन्छ। ‍
यो योगदानमा र आपसी समझदारीमा आधारित कार्यक्रम भएको हुनाले केही पैसा उठाउनु पर्ने हुन्छ। अहिले हामीले कार्यक्रमको स्थायित्वका लागि सक्ने परिवारबाट वार्षिक ३ हजार ५ सय लिएका छौं। त्यो बापत वार्षिक १ लाख रुपैयाँसम्मको सेवा दिन्छौं। हामीले ५ जनाको परिवारलाई एउटा इकाइ मानेका छौं।
+ स्वास्थ्य बीमा-1

+ स्वास्थ्य बीमा-2
+ स्वास्थ्य बीमा-3