दुई शब्द

 नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तरगत ने.गं.उ.मा.न.पा. नेपालगंज–१, आर्दशरोड, बाँके सनविम इङ्गलिस बोर्डिङ्ग स्कुल नजिकै स्थाई बसोबाँस गर्ने म मार्फत जीवन बीमा अभिकर्ता तालिम मिति २०६५/९/१५ गते देखि २०६५/०९/१८ गते सम्मको चार दिनको तालिममा सहभागी भई सोही आ.व. २०६५/६६ देखि कम्पनीको अभिकर्ता रही बीमा गर्दै गर्दा आ.व. २०६६/६७ सालदेखि आ.व. २०६९/७० सम्म ४ वर्ष निरन्तर “ऐजेन्सी मेनेजर” र आ.व. २०७०/७१ देखि आ.व. २०७६/७७ सम्म ७ वर्ष निरन्तर सक्रिय रुपमा जीवन बीमा व्यवसाय गर्दै गर्दा शाखा कार्यालय नेपालगंज, बाँके अन्तरगत “वरिष्ठ ऐजेन्सी मेनेजर” (Senior Agency Manager) को पदभार समाल्दै हालसम्मको अवस्थासम्म यस नेपालगंज शाखामा मात्रै सक्रिय नभई गुलरिया, बर्दिया तथा राजापुर बर्दियामा रहेको कार्यालय सम्म सक्रियता हुँदा आफुले सिकेका अनुभव र केही वर्षको मेहनतले नयाँ पुराना अभिकर्ता मित्रलाई सहज हुने गरी तयार पारिएको अभिकर्ता सरल पुस्तक को केही अशं लामो समयको संघर्ष पछि यस वेवसाइट मा समेटी हजुरहरु समक्ष प्रस्तुत गर्न सफल भएको छु ।

शंकर थापा सोमई मगर, सिनियर एजेन्सी म्यानेजर, नेपाल लाइफ इन्स्योरेन्स

यस अवधिमा जीवन बीमा व्यवसाय गर्दै गर्दा आउने गरेका विभिन्न राष्ट्रव्यापी कठिनाई र विभिन्न चुनौतीको परिस्थितीमा यस बीमा क्षेत्रमा सम्बन्धी ज्ञानको अभाव र आफ्नो अनुभव अपलाइन नरहदाँको अवस्थाले बीमा व्यवसायमा निरन्तरता दिन नसकिने कुराले सायद मन चिन्तित हुने हुँदा लेखाइमा सुस्तता नआएको भने होइन । फेरी पनि मेरो प्रथम कोशिस तर मिठो सपना जुन यो किताबसंगको उद्देश्यमा लुकेको थियो । विशेष गरेर नव आगन्तुक समस्त अभिकर्ता मित्रहरु जो आफ्नो जीवनमा अनाश्यक रुपमा खर्चिएको समयलाई बीमा व्यवसायमा सर्मपण गर्न चाहनु हुन्छ उहाँहरुको निम्ती बजारमा बीमा व्यवसाय गर्न सरल होस् र बीमकले प्रस्तुत गरेका विभिन्न योजनाहरुको बारेमा सहि अनि आवश्यक जानकारी लिने दिने उद्देश्यले यो “बीमा सम्बन्धी आधारभुत अभिकर्ता सरल पुस्तिका” पुस्तकका केही अंश यहाँहरु सामु प्रस्तुत गरेको हुँ ।

ईश्वरको रचनामध्ये मावन सर्वश्रेष्ठ हो र उसमा अनेकौं अपार शक्ति लुकेको हुन्छ, तरपनि त्यसको ज्ञान सबै व्यक्तिलाई नहुन पनि सक्छ । मानव जीवनमा उन्नती–अवनती दुवैको अवसरहरु अनेक पटक आँउछन र जान्छन् । हाम्रै समाजमा, हामीले देखेका छौं कि, कहिलेकाँही एक अयोग्य व्यक्ति उन्नतीको शिखरमा पुग्न सफल रहेको छ भने कहिलेकाँही एक सुयोग्य व्यक्ति पनि बारम्बार असफल हुन्छ र आफ्नो भाग्यलाई दोष दिदैं, निराश भएर बस्दछ । अनि उसले कहिले समयलाई, कहिले समाज र परिस्थितिलाई दोष दिन पुग्छ । तर वाश्तविक त्यसको गहिराईसम्म पुगेर हामीले अध्ययन गर्यौं भने समर्गमा मानिस आफ्नो भाग्यको निर्माता आफैं हो, अरु कोही होइन, अरु भनेका त, मात्र सहयात्री हुन् । यो दुई दिनको जिन्दगी सबैको लागि आ–आफ्नै हुन्छ, तसर्थ कर्म गरौं नितान्त आफ्नो लागि, आफ्नो परिवारको लागि, आफ्नो आश्रितहरुको लागि अनि आफ्नो समाज र आफ्नो प्यारो देश नेपालको लागि….।

साथै, बीमा व्यवसायीक यात्रामा यहाँहरुको जिज्ञासालाई यो पुस्तक अध्ययन गर्दै जादा केही हदसम्म निराकरण अवश्य हुन सक्नेछ । कम्पनीले घोषित हरेक पल्टको बोनसदरमा निरन्तर वृद्धिले, अवश्य पनि बीमा व्यवसाय गर्न सहज वतावरण बन्दै गरेको अवस्थामा एक अवसर आएको छ, तपाईलाई आफ्नो आर्थिक स्तर उकास्ने..। तसर्थ, यथाशिघ्र पेशागत अभिकर्ता बनी बीमा व्यवसायको सुरुवात र निरन्तरता दिदैं, जीवन बीमाको महत्वलाई प्रत्येक घरदैलोमा प्रत्यक्ष रुपमा सेवा दिई बीमित र आफ्नो सुनौलो भविष्यको सुरुवात गर्नु हुनेछ भन्ने आशा राख्दै सो सफलताको लागि यहाँहरुलाई सदैव अग्रिम शुभ–कामना व्यक्त गर्न चाहान्छु ।

मैले आफ्नो यस वेबसाइडमा सकेसम्म सावधानी राख्ने भरपूर्ण प्रयत्न गरेको छु, तापनि, यस वेवसाइडमा हामीले कही कतै केही सुधार गर्दा अझ् बढी प्रभावकारी हुन्छ भन्ने लागेको खण्डमा पक्कै पनि सल्लाह सुझावको लागि अग्रसर रहनु हुन समस्त शुभ-चिन्तकहरुलाई हृदयदेखि सहर्ष मेरो स्वागत छ ।

साथै वेवसाइट www.shankarsomai.com.np मा हजुरहरुको सल्लाह सुझाव रहेमा अवश्य पनि जानकारी

email : thapashankar1920@gmail.com मा पठाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद !