 ग्रामिण सावधिक जीवन बीमा -१६

नेपाल लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले ग्रामिण बीमाको माध्यमबाट न्यून आय भएका समुदायसम्म जीवन बीमाको पहुँच पुर्याई उनीहरुको साना–साना वचतको महत्व उजागर गरि आम जनतालाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले “सबैका लागि जीवन बीमा – किनकी जीवन अमूल्य छ” भन्ने नाराका साथ लघु जीवन बीमाको रूपमा यो जीवन बीमा योजना सर्वसाधारण समक्ष प्रस्तुत गरिएको छ ।

 मुख्य विशेषता

— स्वास्थ्य परिक्षणको आवश्यकता नपर्ने
— लगानीको भरपर्दो माध्यम
— झण्झट रहित प्रक्रियत तथा सजिलै दावी भुक्तानी हुने
— बीमा शुल्क भुक्तानी गर्ने मोहलत अवधि ६० दिन रहेको
— थप दूर्घटना मृत्यु लाभ सुविधा स्वतः समावेश रहेको
— ग्रामिण तथा लघु परिवेश लक्षित नेपालकै पहिलो सावधिक जीवन बीमा

बीमा योग्यता, शर्त तथा सुविधा

१) बीमा योजनाको प्रकार : सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने)
२) प्रवेश उमेर  : १६ वर्ष देखि ६० वर्ष
३) बीमा अवधि : ५ वर्ष देखि ४९ वर्ष सम्म
४) बीमा समाप्तिमा अधिकतम उमेर : ६५ वर्ष
५) बीमाशुल्क भुक्तानि तरिका : वार्षिक, अर्ध वार्षिक, त्रैमासिक र मासिक
६) बीमाङ्क रकम : न्यूनतम् रु.१०,००० र अधिकतम् रु.२,००,००० (रु.१,०००को अन्तरमा)

७) बीमाशुल्कमा छुट तथा थप 
        (क) बीमाङ्क रु.५०,००१ देखि रु.१,००,००० सम्ममा रु.१ र बीमाङ्क रु.१०१,००० देखि माथि रु.२ प्रति हजार बीमाङ्कमा छुट ।
        (ख) बार्षिक बीमा शुल्क भुक्तानीमा बीमाशुल्कको २ प्रतिशत छुट, अर्ध–बार्षिक बीमा शुल्क भुक्तानीमा बीमाशुल्कको १ प्रतिशत
              छुट हुनेछ भने मासिक बीमा शुल्क भुक्तानीमा बीमाशुल्कको ५ प्रतिशत थप लाग्नेछ ।

८) मोहलत अवधि ः नविकरण बीमाशुल्क भुक्तानीका लागि ६० दिनको मोहलत अवधि उपलब्ध हुने ।

९) यस योजनामा समावेश भएका सुविधा ः ऋण तथा समर्पण मूल्य तपसिल बमोजिम उपलब्ध हुनेछ ।
       (क) बीमा प्रारम्भ भएको मितिले दुई वर्ष पश्चात २ वर्षकोपूरा बीमाशुल्क भुक्तानी गरे पछि बीमालेखको समर्पण मुल्य प्राप्त हुनेछ ।
       (ख) समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

१०) बीमाङ्क तथा बोनस रकम भुक्तानि पाउने अवस्था 
       (क) बीमालेख चालु रहि बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम
            र बीमालेखको आर्जित बोनस रकम बीमालेख अवधि समाप्तिमा एकमुष्ट दिइने छ ।
      (ख) बीमालेख चालु रही बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा तपसिल बमोजिम भुक्तानी गरिनेछ ।

१) बीमालेख प्रारम्भ भएको १ (एक) वर्ष भित्र मृत्यु भएमा,
      (अ) दुर्घटनाको कारणले बीमितको मृत्यु भएमा बीमाङ्कको २ (दुई) गुणा रकम मात्र भुक्तानी गरिनेछ ।
      (आ) दुर्घटना बाहेकको अन्य कारणबाट बीमितको मृत्यु भएमा बीमितले भुक्तानी गरेको सम्पूर्ण बीमाशुल्क (बीमालेखको
              थप/अतिरिक्त शुल्क बाहेक) फिर्ता गरिनेछ ।

२) बीमालेख प्रारम्भ भएको १ (एक) वर्ष पश्चात मृत्यु भएमा,
       (अ) दुर्घटनाको कारणले बीमितको मृत्यु भएमा बीमाङ्कको २ (दुई) गुणा रकम र सो अवधि सम्ममा बीमालेखले आर्जन गरेको
             बोनस रकम समेत एकमुष्ट भुक्तानी गरिनेछ ।
      (आ) दुर्घटना बाहेकको अन्य कारणबाट बीमितको मृत्यु भएमा बीमाङ्क रकम र सो अवधि सम्ममा बीमालेखले आर्जन गरेको बोनस रकम                   समेत एकमुष्ट भुक्तानी गरिनेछ ।

जीवन बीमा तथा परामर्शको लागि सम्पर्क व्यक्ति

वरिष्ठ एजेन्सी मेनेजर (SAM)
शंकर थापा सोमई मगर
उप.महा.न.पा. – नेपालगंज, बाँके
मो.नं. – ९८५८०२९३११
इमेल – somai.insurancegroup@gmail.com
वेवसाइट – shankarsomai.com.np

 सुरक्षित वचत लगानी तथा नियमित सर्वाधिक बोनसदरको लागी नेपाल लाइफ इन्स्योरेन्स क. लि. 