Uncategorized

नेपाल लाइफको खुद बीमा शुल्क ३७ प्रतिशतले बढ्यो

नेपाल लाइफको खुद बीमा शुल्क ३७ प्रतिशतले बढ्यो, ९ महिनामा १० अर्ब ६९ करोड आर्जनMay 08, 2018 Merolagani

नेपाल लाइफले चालू आर्थिक बर्षको ९ महिना अवधिमा ४३ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बिमांकीय मुल्यांकन अघिको हिसाब भएकाले बास्तविक खुद नाफा यो भन्दा अरु धेरै हुनसक्छ । गत आवको यसै अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।कम्पनीले सवैभन्दा बढी चुक्ता पूँजी कायम गरेर सोही अुनसार बीमा ब्यवसाय र खुद नाफा पनि बढाउँदै लगेको छ । नेपाल लाईफले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा तीन अर्ब ९ करोड ६४ लाख चुक्ता पूँजी कायम गरेकोमा यस बर्षको सोही अवधिसम्म चुक्ता पूँजी चार अर्ब ३९ करोड ६९ लाख पुर्याएको छ ।गत आर्थिक बर्षको नाफाबाट र जगेडाको प्रयोगबाट ४२ प्रतिशत बोनस वितरण गरेपश्चात उसको जगेडा कोष चार अर्ब ७३ करोडबाट तीन अर्ब ४८ करोडमा झरेको छ । कम्पनीकाे जीवनकोषको आकार ४७ अर्ब ६८ करोड २६ लाख रुपैयाँ तथा महाविपत्ति कोषमा ३२ करोड ५४ लाख रुपैयाँ सञ्चित रहेको छ ।उसको प्रतिसेयर आम्दानी १३.२१ रुपैयाँ, प्रति सेयर नेटवर्थ १८६.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८७.४० गुणा र औसत प्रतिफल दर ११.७० प्रतिशत रहेको छ ।चैतसम्ममा आफ्नो आम्दानी गत बर्षको तुलनामा २८ लाखले बढाएर ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा इन्स्योरेन्सको नोक्सानी व्यवस्था रकम १९ करोड बढेपछि ३९ करोड ०७ लाख खर्च गरेको छ ।कम्पनीले हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा यस आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ । नेपाल लाईफमा बिमितहरुको संख्या एक लाख ११ हजार बढी रहेको छ ।यस अवधिमा कम्पनीले २७ हजार ९४४ संख्यामा परेको दाबी वापत तीन अर्ब ९१ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९४ करोड ८९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी देखिन्छ ।गत बर्ष कम्पनीले १७ हजार ८९५ संख्यामा परेको दाबी वापत एक अर्ब ९४ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेको थियो भने ५८ करोड ९४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी थियो ।नेपाल लाईफको बोनस दर ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म रहेकाले जीवन बीमा गर्नेहरुले पनि राम्रै प्रतिफल हासिल गरिरहेका छन्

One thought on “नेपाल लाइफको खुद बीमा शुल्क ३७ प्रतिशतले बढ्यो

  1. Hi my friend! I want to say that this post is
    awesome, great written and include almost all
    important infos. I’d like to peer extra posts like
    this . https://www.youtube.com/watch?v=GKmI9oASE1M

Leave a Reply

Your email address will not be published. Required fields are marked *