नेपाल लाइफ आइइन्स्योर
“Nepal Life iEnsure” जीवन बीमा योजना
विशेषताहरु
हरेक ब्यक्तिले आफ्नो परीवारको उज्जवल भविश्यको परीकल्पना गरेको हुन्छ । तर जीबन अश्चित हुन्छ कति बेला कुन घटनाक्रमले पारीवारीक जीबनशैलीलाई नै परीवर्तन गर्छ थाहा हुदैन । हरेक ब्यक्तिलाई आफूपछि परीवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थौरै लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता गर्न “Nepal Life iEnsure” बीमा योजना ल्याएको छ ।
थोरै लगानीमा अधिक जोखिम बहन हुनु साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य बिशेषता हो ।
विशेषताहरुः
बीमा योजनाको नाम |
“Nepal Life iEnsure” जीवन बीमा योजना |
बीमा योजनाको प्रकार |
म्यादी जीवन बीमा (मुनाफामा सरिक नहुने) |
प्रवेश उमेर |
१८ वर्ष देखि ६० वर्ष |
बीमाअवधि |
न्यूनतम ५ वर्ष देखि अधिकतम २५ वर्ष सम्म |
बीमा समाप्तिमा अधिकतम उमेर |
६५ वर्ष |
बीमा शुल्क भुक्तानि तरिका |
वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिका |
न्यूनतम बीमाङ्क रकम |
रू १००,०००/- (एक लाख) |
अधिकतम बीमाङ्क रकम |
रू १०,०००,०००/-(एक करोड) |
यस योजनामा समावेश भएका सुविधाहरु ः
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
वार्षिक – १% छुट
अर्ध वार्षिक – छैन
त्रैमासिक -३ % थप
मासीक -६ % थप
बीमाङ्कमा छुट
रु २५,००,००० सम्म छैन
रु २५,००,००० भन्दा माथी बीमा शुल्कको १% छुट
समर्पण तथा कर्जा सुविधा
-
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
-
कर्जा सुविधा नरहेको
दुर्घटना मृत्यु लाभ सुविधा (ADB) ः (ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ADB) सुविधा लिन सकिने ।
११.बीमाङ्क रकम भुक्तानि पाउने अवस्था ः
पूर्ण अवधि भुक्तानि Maturity Benefit) ः
-
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात (Maturity) सम्म बीमित जीवित रहेमा बीमीतले भुक्तानि गरेको बीमाशुल्क बराबरको रकम बीमीतलाई फिर्ता दिइने छ (ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक )।
-
मृत्यु दावि भुक्तानि (Death Benefit) ः
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना को कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।
बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
योजना अन्तर्गत रक्षावरण गरिने घातक रोगहरु
-
Cancer-क्यान्सर,
-
Kidney Failure (End Stage Renal Failure)-अन्तिम चरणको मृगौला विफलता,
-
Primary Pulmonary Aterial Hypertension-प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप,
-
Multiple Sclerosis-सिम्पटम्स मल्टिपल स्क्लेरोसिस,
-
Major Organ Transplant-मुख्य अंग प्रत्यारोपण,
-
Coronary artery by-pass graft-ओपन चेष्ट सीएबीजी,
-
Surgery to Aorta-महाधमनीको शल्यक्रिया,
-
Heart Valve Surgery-ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत,
-
Stroke-मष्तिस्कघात,
-
Myocardial Infraction-माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात,
-
Coma-कोमा,
-
Total Blindness-पूर्ण अन्धोपन,
-
Paralysis-स्थायी रूपले भएको अंगहरूको पक्षाघात,
-
End Stage Liver Failure-अन्तिम चरणको कलेजोको विफलता,
-
End Stage Lung Disease-अन्तिम चरणको फोक्सोसम्बन्धी रोग,
-
Alzheimer’s Disease-अल्जाइमर्स रोग,
-
Parkinson’s Disease-पार्किन्सन्स रोग,
-
Third Degree Burns-तेस्रो डिग्रीमा पोलेको/डढेको