म्यादी जीवन बीमा

यस म्यादी जीवन बीमा योजना कम्पनीबाट प्रस्तुत एउटा नयां खालको जीवन बीमा हो । कम विमाशुल्क तिरेर पनि मृत्यु जोखिम वहन हुनु यस योजनाको विशेषता हो ।बैंक तथा वीत्तिय संस्थाहरुमा ऋण लिए पश्चात ऋण लिने व्यक्तिको अचानक मृत्यु हुन गएमा परिवारका सदस्यहरुले उक्त ऋण चुक्ता गर्नु पर्ने हुन्छ । यदि ऋण चुक्ता गर्न नसकेमा घर जायजेथा नै लिलाम हुने स्थिति आउन सक्छ तर लिएको ऋण रकमको म्यादी जीवन बीमा गरेको छ भने बीमितको मृत्यु भएमा यस कंपनी ले नै ऋण रकम तिरिदिने भएकोले परिवारका सदस्यहरु उक्त चिन्ताबाट मुक्त हुन सक्छन् । विभिन्न पेशामा लागेका व्यक्तिहरुले समयमा नै यस म्यादी जीवन बीमा गरी मृत्यु जोखिम को व्यवस्थापन गर्नु बुद्धिमानी हुनेछ ।
म्यादी जीवन बीमा योजनाका विशेषताहरुः
१)
बीमा योजनाको नाम        :  “नयाँ म्यादी जीवन बीमा”
२)
बीमाशुल्क भुक्तानि अवधि  :  ५ ,१० वर्षहरु ।
३)
न्यूनतम प्रवेश उमेर        :  १८ वर्ष
४)
अधिकतम प्रवेश उमेर      : ६० वर्ष
५)
न्यूनतम बीमाङ्क रकम    :  रु.१००,०००/- (एक लाख )
६)
अधिकतम बीमाङ्क रकम  : आय स्रोतको आधारमा जति पनि गर्न सकिने ।
७)
वीमाशुल्क छुट              : रु.दश लाख भन्दा वढीको बीमाङ्कमा ५% रकम विमाशुल्कमा छुट पाईने ।
८)
बीमाशुल्क भुक्तानि तरिका : वाषिर्क र अर्ध-वाषिर्क
(अर्ध वाषिर्क विमाशुल्क भुक्तानी गर्दा वाषिर्क विमाशुल्कको १% थप विमाशुल्क लिईने)
९)
बीमाङ्क रकम भुक्तानि पाउने अवस्था :- बीमा अवधि भित्र बीमितको मृत्यु भएमा मात्र बीमाङ्क रकम पाईने ।
१०)
यस योजनामा समावेश नभएका सुविधाहरु :-
क)
ऋण
ख)
र्समर्पण मूल्य
ग)
चुक्ता मूल्य
घ)
वोनस
११) कुनै पनि प्रकारका अतिरिक्त सम्झौताहरु (Riders) समावेश नभएको ।
——————————————————————————————————————————-

(SMART LIFE) जीवन सुरक्षा बीमा

कम्पनीले एकदमै न्यून बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गरी देशका बढि भन्दा बढि जनसमुदायलाई सहभागी गराई “सबैका लागि जीवन बीमा – किनकी जीवन अमूल्य छ” भन्ने कम्पनीको मूल नारालाई मूर्तरूप दिन यस SMART LIFE बीमा योजना सञ्चालनमा ल्याएको छ।
१.    बीमा योजनाको नाम/प्रकार    :    जीवन सुरक्षा बीमा /म्यादी जीवन बीमा
२.    प्रवेश उमेर    :    १६ वर्षदेखि ६० वर्ष सम्म
३.    बीमा अवधि    :    १ वर्ष
४.    बीमा शुल्क भुक्तानी तरिका    :    एकल (बीमा चालु हुनु पूर्व एकमुष्ठ बुझाउनु पर्ने)
५.    न्यूनतम बीमाङ्क    :    रू.२,५०,००००/- (दुइ लाख पचास हजार)
६.    अधिकतम बीमाङ्क    :
क) रू.२० लाखसम्म
ख) यदि बीमा गर्ने व्यक्तिले कम्पनीसँग अन्य योजना (म्यादी जीवन बीमा बाहेक) लिएको भए अधिकतम सो बराबर गर्न सकिने।
७.    यस बीमा योजनामा भएका सुविधा :
क)    बीमालेखको अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क बराबर रकम बीमालेखमा इच्छाइएको व्यक्ति वा नजिकको हकदारलाइ भुक्तानी गरिनेछ।
ख)    यस योजना अन्तर्गत कुनै पनि चुक्ता मूल्य, समर्पण मूल्यवा ऋण उपलब्ध हुने छैन। साथै बीमा अवधि समाप्ति सम्म बीमित जीवित रहेमा कुनै रकम भुक्तानी गरिने छैन।
**********************************************************