बीमा बजारीकरणमा असल बिक्री कलाका यस्ता छन् उत्कृष्ट तरिकाहरु
बास्तवमा बीमाको आवश्यक्ता किन ? बीमा नहुँदा परिवारलाई हुन सक्ने आर्थिक नोक्सानीको साथै परिवार तथा स्वयं आफैलाई हुने फाइदाको बारेमा बुझाउन सकियो भने व्यवसाय सजिलो सँग गर्न सकिन्छ । बीमितलाई अन्य कम्पनी र आफ्नो कम्पनीले दिने मुनाफालाई तुलनात्मक रुपमा बुझाउन सक्नु पर्छ । आफ्नो कम्पनीको वारेमा जति थाहा हुन्छ त्यो भन्दा बढि अरु कम्पनीका वारेमा पनि थाहा हुनु पर्छ अनि मात्रै बीमितको चित्त बुझाउन सकिन्छ ।
बीमा अभिकर्ताहरुमा बीमा सम्बन्धी राम्रो ज्ञान हुनुको साथै बीमा गर्ने विक्री कला पनि उत्तिकै हुनुपर्दछ । विक्री कला राम्रो भएन भने बीमा गराउन राह्रो हुन्छ । त्यसकारण बीमा गराउनका लागि अभिकर्ताहरुमा विक्री कला पनि राम्रो हुनु पर्दछ । तर, अभिकर्ताहरुले बीमा विक्री गर्दा कम्पनीमा नभएको कुराहरुलाई बढाईचढाई गरेर प्रस्तुत गर्नु चाँही हुँदैन् ।
यस्ता छन् असल विक्री कलाका तरिकाहरु
बीमा अभिकर्ताले बीमा विक्री गर्दा जिम्मेवारी तवरबाट बीमा प्रस्ताव राख्नुपर्दछ । हाम्रो जस्तो बीमामा जनचेतना एकदमै न्युन भएको मुलुकमा विक्री कार्य जटिल र चुनौतिपुर्ण रहेको छ । त्यसकारण पनि बीमा अभिकर्ताहरुको प्रस्तुती नै बीमा विक्री कलामा निर्भर रहने गर्दछ । बीमा विक्री गर्दा यस्ता कुरामा ध्यान दिनुपर्छ :
- विषयवस्तुमा पुर्ण ज्ञान
- सरल तरिकाबाट प्रस्तुतीकरण
- आफुमा मात्रै धेरै ज्ञान छ भन्ने भान हुन नदिने
- बीमा प्रस्तावकको स्तरमा ध्यान पुर्याउने
- ठुलो स्वरमा कुरा नगर्ने
- राम्रोसँग सम्बोधन गर्ने
- आफ्नो भनाईलाई आकर्षक ढङबाट प्रस्तुत गर्ने
- समाधानको बाटो खोज्ने
- समस्याहरुको विवेचना गर्ने
- अनावश्यक हाउभाउ नदेखाउने
- शब्द र शारीरिक भावको समायोजन गर्ने
- प्रस्तुतीकरण छिटो मिठास र पुर्ण हुने
- बीमितहरुको क्षमता अनुसारको बीमा योजना प्रस्तुत गर्ने
- बीमा कम्पनीको बारेमा सकारात्मक सन्देश दिने