 जीवन बीमाको परिभाषा

जीवन बीमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा नीजको आयु, अवधि र भुक्तानी तरिकाको आधारमा किस्ताबन्दीमा बुझाउने गरी कुनै खास रकम तिरेमा नियमानुसार समयावधी पश्चात निज व्यक्तिले वा बीमा अवधी भित्र निजको कालगति (प्राकृतिक) अथवा दुर्घटना (आकस्मीक) मृत्यु हुन भएको अवस्थामा नीजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी व्यवसाय सम्झनु पर्दछ । (बीमा ऐन २०४९) कुनै पनि व्यक्तिको जीवन माथि आइपर्ने आर्थिक जोखिमलाई न्युनिकरण वा हस्तान्तरण गरिने करार सम्बन्धी व्यवसाय नै बीमा    हो । जीवन बीमा एकातिर भविष्यको लागि बचत गर्ने माध्यम हो भने अर्को तिर कुनै पनि व्यक्तिको जीवन माथी भविष्यमा आइपर्ने संभावित दुर्घटनाबाट बच्नको लागि गरिने बीमित र बिमक (कम्पनी) बीच भएको एउटा कानुनी करार हो ।

 जीवन बीमाको उद्देश्य, महत्व र आवश्यकता

हाम्रो आम्दानी निकै कम छ परिश्रमका साथ आर्जन गरेको रकम मध्ये केहि आफ्नो लागि, सन्ततिका लागि, भएपनि संचय गर्नु अति आवश्यक छ, र यो संचय गर्ने ठाँउ वर्तमान अवस्थामा सबै भन्दा उपयुक्त ठाँउ नै बीमा हो । किनकी सुरक्षित लगानीको साथै बीमितको जोखिम समेत कम्पनीले लिएको हुन्छ ।

 सर्वोत्तम वचत 

हरेक व्यक्तिले आफ्नो आम्दानीबाट खर्च गरी बचेको रकम सहकारी, विकास बैंक, बैंक तथा व्यक्तिलाई ब्याज आउने गरी लगानी गर्दछ । त्यसबाट ब्याज मात्र प्राप्त गर्दछ । उसले रकम जम्मा गर्दा बढी रकम जम्मा गरी सिमित ब्याज प्राप्त गर्दछ तर बीमामा व्यक्तिले कुनै खास मोटो रकम जम्मा गर्नु पर्दैन । आफ्नो आम्दानीको आधारमा वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक, मासिक एवंम एकल (Single) रुपमा सिमित रकम जम्मा गरेको बीमाशूल्कमा बोनस नदिई बीमाङ्क रकममा प्रति हजारमा बीमा समितिबाट स्वीकृत बोनस दिन्छ । यसरी हेर्दा एकातिर बीमाले बीमितको जीवनमा आईपर्ने आर्थिक जोखिमलाई हस्तान्तरण गर्दछ भने अर्को तिर बीमाको समाप्तीमा बीमाङ्क रकम र समानुपातिक बोनस प्रदान गर्दछ । त्यसैले बीमामा गरेको बचत अन्य क्षेत्रमा गरेको बचत भन्दा सर्वोत्तम बचत हुन्छ ।

 अनिवार्य वचत

हामी विभिन्न क्षेत्रमा बचत गर्दछौ । अन्य क्षेत्रमा जस्तो सहकारी, विकास बैंक, बैंक तथा व्यक्तिसंग गरेको बचत भनेको ऐच्छिक वचत हो । त्यस्तो बचत गर्ने क्षेत्रमा बचत गर्न अनिवार्य हुदैंन, तर बीमामा गरेको बचत भनेको अनिवार्य बचत हो किनभने बीमा गर्नुको उद्देश्य हो । आफ्नो जीवन माथि आई पर्ने आर्थिक जोखिमलाई न्यूनिकरण गर्नु वा बीमक कम्पनीलाई हस्तान्तरण गर्नु हो । यदि बीमितले बीमाशुल्क समयमानै नबुझाएमा उसको बीमालेख सुचारु हुदैन जुन अवस्थामा उसको जोखिम बहन  (Risk Cover) हुदैन । आर्थिक जोखिम बहन बीमितले आफ्नो बीमालेखलाई जिवन्त (सुचारु) राखी रहनु पर्छ । त्यसैले अन्य ठाँउमा गर्ने बचत ऐच्छिक बचत हो भने बीमामा गर्ने बचत नियमित अनिवार्य बचत हो ।

 ऋणभारबाट मुक्ति 

यदि कुनै व्यक्तिले बैंक, वित्तिय संस्था वा व्यक्तिबाट निश्चित समयको लागि ऋण लिन्छ र उसको ऋण चुक्ता नहुदै मृत्यु हुन्छ भने उसको परिवारको सदस्यलाई निकै कठिन हुन्छ । यदि उसले माथि उल्लेखित संस्थाबाट लिएको ऋणको बीमा गर्दछ भने बीमा कम्पनीले ऋणको जोखिम बहन गर्छ र ऋणीको उक्त संस्थाहरुको ऋण चुक्ता नहुदै बिच्चैमा मृत्य हुन्छ भने बीमा कम्पनीले बाँकी भएको सम्पूर्ण ऋण चुक्ता गरिदिन्छ र परिवारका सदस्यलाई ऋणभारबाट मुक्त गरिदिन्छ ।

 ऋण लिने सुविधा 

बीमा कम्पनीले आफ्ना बीमितहरुलाई आवश्यकता परेमा उनीहरुको बीमालेख धितो राखि कर्जा प्रवाह गर्दछ । बीमितलाई कर्जाको आवश्यकता परेमा बीमा चालु भएको कुनैपनि योजना अनुरुप (जीवन ज्योती बीमा, नौलो जीवन सम्वृद्धि बीमा) जस्ता एकल बीमाशुल्कमा एक वर्ष पछि, सावधिक बीमा (सुरक्षित, सहारा, सारथी, जीवन लक्ष्मी) मा दुई वर्ष पुगेपछि, अग्रिम भुक्तानी जस्तैः जीवन सम्वृद्धि, नौलो धनवर्षा, नौलो जीवन सम्वृद्धि एंवम जीवन उन्नती बीमामा वार्षिक दोस्रो बिमा किस्ता बुझाए पछि र योजनानुसार एकल बीमा गरेको भए पुरा एक वर्ष पश्चात बीमितले कर्जा लिन सक्नेछन् । उक्त कर्जा बीमितले बीमाशुल्क वापत जम्मा गरेको रकमको समर्पण मूल्यको अधिक्तम ९०% सम्म हुनेछ । बीमितले कर्जा लिनको लागि कुनै व्यक्ति जमानी बस्नु पर्ने छैन र कुनै धितो राख्नु पर्ने छैन । कर्जा आवश्यक परेमा लिन सक्छ र नपरेमा फिर्ता पनि गर्न सक्नेछ । कर्जा वापत लिएको रकमको ब्याज वार्षिक १०% लाग्ने छ र उक्त ब्याज प्रत्येक ६/६ महिना अथवा  प्रत्येक पुस मासान्त वा असार मसान्त सम्ममा बुझाउनु पर्नेछ ।

 आश्रितहरुको लागि भलाई 

जीवन अनिश्चित छ कुन बेला के हुन्छ भन्ने कुनै निश्चित छैन । यदि बीमित बीमा अवधिभर जिवित रहेमा बीमाको समाप्ति पश्चात बीमित स्वयंले बीमाङ्क रकम र आर्जित बोनस पाउँछ । यदि बीमा चालु रहेको अवस्थामा बीमितको मृत्यु हुन्छ भने बीमितको इच्छाएको कानूनी हकवालालाई नियमानुसार निश्चित बीमालेखमा उल्लेखित बीमाङ्क रकम र समानुपातिक बोनस कम्पनीले प्रदान गर्दछ । जसले गर्दा परिवारका समस्त सदस्य आश्रितहरुलाई भलाई हुन्छ ।

 आयकरमा छुट 

नेपाल सरकारले बीमा प्रति आकर्षित गर्न सरकारी, अर्ध–सरकारी, एन.जी.ओ., बैंक, वित्तिय संस्था, संस्थान तथा अन्य बिभिन्न तहमा काम गर्ने कर्मचारी जुन करमा आवद्ध छन् त्यस्ता ब्यक्तिहरुलाई मध्यनजर गरी कर छुटको व्यवस्था गरेको छ जसमा अविवाहित कर्मचारी भएमा वार्षिक आम्दानी ३,५०,०००।– लाख सम्म र विवाहित भए ४,००,०००।– लाख सम्मको आम्दानीमा सामाजिक सुरक्षा वापत १% मात्र कर लिने तर त्यो भन्दा बढी वार्षिक आम्दानी भएमा थप एक लाखमा १५% र सो भन्दा बढी वार्षिक आम्दानी २५,००,०००।– लाखसम्म भएमा २५% कर लिने सो भन्दा माथि ३५% व्यवस्था गरेकोमा यदि कुनै पनि कर्मचारीले जीवन बीमा कम्पनीमा बीमा गरेको छ र उसले बढीमा पच्चिस हजारसम्म बीमाशुल्क तिरेको रसिद आफ्नो कार्यालयको लेखामा पेश गरेको अवस्थामा कर योग्य आम्दानीमा थप २५,०००।– हजारमा कर छुटको व्यवस्था गरेको छ । (नयाँ व्यवस्था)

 बुढेस कालको लागि सहारा 

मानिस जन्मेपछि मर्नु पर्छ त्यो अकाट्य छ । जति जति उमेर बढ्दै जान्छ उसको काम गर्ने क्षमता, जागर, आम्दानी एकनास रहदैन । जति जति उमेर बढ्दै जान्छ, काम गर्ने क्षमतामा कमी आउँछ र काम गर्न पनि सक्दैन त्यस्तो अवस्थामा अरुको सहारामा बाच्नु पर्ने हुन्छ । यदि समयमै बीमा गरी बचत गरेमा जोखिम बहन पनि हुने र बीमाबाट आएको रकम उसको बुढेसकालको सहारा पनि हुन सक्छ ।

 भरपर्दो सुरक्षित लगानी 

हामी लगानी धेरै ठाँउमा गर्दछौ । अन्य ठाँउमा गरेको लगानीबाट ब्याज मात्र प्राप्त हुन्छ । तर ती लगानीमा जोखिम पनि त्यति नै बढी हुन सक्छ, व्यक्तिलाई नै ब्याजमा कर्जा दिने गर्दा त्यसको साँवा समेत गुम्ने गरेको हामीले देख्न सक्दछौ । तर बीमामा गरेको बचतमा बीमा समाप्तिमा बीमाङ्क रकम र समानुपातिक बोनस आउँछ जो हरेक व्यक्तिको लागि भरपर्दो र सुरक्षित लगानी हुन सक्छ ।

 बालबालिकाको उच्च शिक्षा र बिवाहको लागि 

हरेक बुबा–आमाले आफ्नो बाल–बालिकाको उज्जवल भविष्य चाहान्छन् । उनीहरुको शिक्षा दिक्षाको लागि जस्तोसुकै कठिन काम गर्न पनि तयार हुन्छन् । आफ्नो बालबालिका भनेकै बुबा आमाको भविष्यको बीमा हो । सबल, सक्षम क्षमतावान सन्तान बनाउनको लागि बचत अनिवार्य छ । आफ्नो आम्दानीको आधारमा आफुलाई भविष्यमा चाहिने जति रकम बीमाको माध्यमबाट बचत गर्यै भने बीमा समाप्तिमा आएको रकमले सन्तानको उच्च शिक्षा प्राप्त गराउनुका साथै संस्कार अनुसार विवाह दान गर्न उक्त रकम उहयोगी बन्न सक्छ ।

 देश विकासको कार्यमा टेवा पुग्ने 

बीमाको माध्यमबाट संचितकोष बीमा समितिको स्वीकृतिमा हाम्रो नेपाल सरकारले देश विकासको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरेको अवस्थामा अब हामी नेपाली समस्त देशवासीले आ–आफ्नो क्षेत्रबाट आयश्रोतको आधारमा आ–आफ्नो जोखिमको मुल्याङ्कन गरी बढी भन्दा बढीको बीमाङ्क गरायौं भने कम्पनीको नियमानुसार आफ्नो र आफ्नो आश्रितहरुको भलाई हुनुका साथै देश विकासको कार्यमा थप टेवा पुग्न सक्छ ।

 मानिसलाई फजुल खर्च गर्नबाट जोगाई बचत गर्ने बानीको विकास 

नेपाल एक विकासोन्मुख देश हो । यो देशको केहि क्षेत्र यस्ता छन् जहाँ अहिलेसम्म सामान्य भौतिक सुविधाहरु पुगेका छैनन् । जहाका मानिसलाई बैंक तथा वित्तिय संस्था के हुन तिनले के काम गर्दछन् भन्ने थाहा छैन । तिनीहरुले जति कमाउछन् त्यतिनै खर्च गर्ने बानी बसेकोमा त्यस्ता मानिसलाई बीमा अभिकर्ताले गाउँ गाउँमा गएर बीमाको महत्व बुझाई फजुल खर्च गर्नबाट जोगाई बचत गर्ने बानीको विकाश गराएका छन् ।

 रोजगारीको अवसर 

आज देश बेरोजगारको समस्याले आक्रान्त भई लाखौ–लाख युवा–युवतीहरु बिदेशीएको अवस्थाका विभिन्न कम्पनीमा अभिकर्ताको तालिम लिई बीमाको माध्यमबाट हजारौं युवा युवतीहरुले रोजगार प्राप्त गरेका छन् जसले गर्दा बेरोजगारीको समाधानमा यसले निकै नै टेवा पु¥याएको छ ।

 परिवार र सम्पत्तिको सुरक्षा 

एक्काइसौ शताब्दी भौतिक सुविधा सम्पन्न शताब्दी हो । आज मानिसले यी सबै भौतिक सुविधालाई उपभोग गरेकाले आरामदायी जीवन बिताई रहेको छ । मानिसले जति बढी यी सुविधा प्रयोग गरेको छ त्यत्ति नै उसको जीवन तथा सम्पत्तिमा जोखिम बढी रहेको हुन्छ । घटना तथा दुर्घटनाले सानो–ठुलो, धनी–गरिब आश्रित–अनाश्रित केही भन्दैन । परिवारको त्यो सदस्य, जसको आम्दानीमा परिवारका आश्रित सदस्यहरु खुशीसाथ जीवन चलाई रहेका छन् त्यस्तो सदस्यको यदि अकल्पनिय मृत्यु हुन्छ भने उक्त परिवारका सदस्यलाई धेरै दुःख पर्ने पनि हुन  सक्दछ । यदि समयमै बुद्धि पु¥याई आफ्नो आम्दानीको आधारमा बीमा गरेको छ भने यो एकातिर भविष्यको लागि भरपर्दो लगानी हुन्छ भने कंथकदाचित नसोचेको अकल्पनीय घटना पर्न गएमा परिवार सदस्यलाई आर्थिक रुपमा बीमा कम्पनीले राहत प्रदान गर्दछ ।

त्यसैले हाम्रो जीवन अनिश्चित छ हामी अनिश्चितमा बाचेका छौं । यो अनिश्चिततालाई निश्चिततामा परिणत गर्ने काम बीमाले गर्दछ । परिवारको सुरक्षाको लागि जीवन बीमा गर्नु पर्दछ र सम्पत्तिको सुरक्षाको लागि निर्जीवन बीमा गर्नु  पर्दछ ।

—————————————————————————-

 समर्गमा 

बीमा बचत सुरक्षा, लगानी र जोखिम वहन (Saving, Interest & Risk Cover-SIR) का लागि गरिने हो ।

बीमाको वर्गीकरण मुख्यतः बीमा ३ प्रकारको हुन्छ ।

१. जीवन बीमा व्यवसाय            २. निर्जीवन बीमा व्यवसाय            ३. पुनर्बीमा व्यवसाय

१) जीवन बीमा व्यवसाय 

कुनै पनि व्यक्तिको जीवन माथि आइ पर्ने आर्थिक जोखिमलाई न्यूनिकरण वा हस्तान्तरण गरिने करार सम्बन्धी व्यवसाय सम्झनु पर्दछ । जीवन बीमा एकातिर भविष्यको लागि बचत गर्नुको साथै एउटा भरपर्दो लगानी गर्ने क्षेत्र हो भने अर्को तिर कुनै पनि व्यक्तिको जीवन भविष्यमा आइपर्ने संभावित आर्थिक दुर्घटनाबाट बच्नको लागि गरिने बीमित र बिमक बीच भएको एउटा कानुनी करार हो । नेपालको बजारमा जीवन बीमा व्यससायको थालनी गरी सकेका आ.व. २०७३/७४ सम्म कम्पनीको संख्या जम्मा ९ वटा रहेका थिए भने  नेपाल सरकारको स्वीकृती लिएर आ.व. २०७४/७५ साल देखि विभिन्न नयाँ १० जीवन बीमा कम्पनीहरुको थप आगमन भएपछि जम्मा १९ वटा बीमा कम्पनी रहेका छन् । 

२) निर्जीवन बीमा व्यवसाय 

निर्जीवन बीमा व्यवसाय जीवन बीमा व्यवसाय बाहेक अन्य बीमा व्यवसाय बुझिन्छ । निर्जीवन बीमा गर्ने संस्था र त्यले गर्ने व्यवसायलाई सम्झनु पर्दछ । जस्तो सम्पतिको, सवारी साधन, उद्योग धन्दा, वाली, पशु इत्यादी । निर्जीवन बीमा व्यवसायले बस्तुको बिमा गर्छ र त्यसको संभावित आर्थिक जोखिम बीमा अवधि भएसम्म ग्रहण गर्दछ । बीमा अवधि सकिएपछि बीमा गरे वापत तिरेको बीमा शूल्क वा कुनै किसिमको बोनस फिर्ता गर्दैन । निर्जीवन बीमाले विशेष गरि जीवन बीमा व्यवसायले गर्ने बीमा बाहेक अन्य जस्तो सम्पतिको, सवारी साधनको दायित्व बीमा, आर्थिक बीमा, स्वास्थ्य बीमा लामो समय हेरचाह गर्ने बीमा, औषधी उपचार सम्बन्धी बीमा साथै दुर्घटना सम्बन्धी बीमा व्यवसाय गर्छ । हालसम्म नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी २० वटा छन् ।

३) पुनर्बीमा व्यवसाय 

बीमा कम्पनीहरुको पनि बीमा गरिदिने व्यवसायलाई पुनर्बीमा व्यवसाय भनिन्छ । बीमा कम्पनीको सजिवतानै पुनर्बीमा भएकाले हरेक बीमा कम्पनीले आफ्नो कम्पनीद्वारा निर्मित, पुरा, आम्सिक बीमा व्यवसायको जोखिमलाई पुनर्बीमा कम्पनीलाई हस्थानान्तरण गर्दछन् र आफ्नो कम्पनीलाई सधैं जीवन्त राख्न सफल हुन्छन् । जस्तै नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पुनर्बीमा सम्बन्धी सम्झौता विश्वको ख्याति प्राप्त पुनर्बीमा कम्पनिहरु मध्ये जर्मनीको Honnover RE सँग भएको छ ।

Re Insurance

Nepal Re Insurance Company Limited

List of All Insurance  in Nepal-79

—————————————————————————-

एउटा सपना जसले रामलाई बुझायो जीवन बीमाको महत्व

राम जीवन बीमा प्रति खासै चासो राख्दैनथ्यो । उसलाई धेरै साथीभाईले जीवन बीमा गर्ने सल्लाहा दिन्थे । तर पनि रामले त्यो कुरालाई कहिलै सिरियसली लिदैनथ्यो । रामको घरमा श्रीमती र दुई सन्तान थिए । छोरा ११ क्लासमा पढ्थ्यो र छोरी ९ क्लासमा । राम निजी विद्यालयमा जागिर गर्थौ ।

काठमाडौँको बसाई । कोठा भाडा तिर्नु पर्ने, किनेर खानु पर्ने र केटाकेटीको अध्ययन खर्च निकै धेरै थियो । जसोतसो गरेर राम र सीताले आफ्नो दैनिकि गुजारि रहेका थिए । रामको एउटै चाहाना थियो आफ्ना सन्तानलाई उच्च शिक्षा दिने । राम आफ्ना सन्तानको लागि देखेको सपनालाई साकार पार्न हरपल सघर्ष गरिरहन्थो । मेहेनत र कर्ममा आस्था राख्ने राम आफ्नो काम प्रति लगनशिल थियो ।

रामले आफै अध्यापन गराउँने विधालयमा छोरीलाई पढाएको थियो । छोरी सानै कक्षामा पढ्दै थि । त्यसैले छोरीको पढाईको लागि त्यति धेरै खर्च लाग्दैनथ्यो । छोरालाई काठमाडौको राम्रो प्लस टु कलेजमा विज्ञान विषयमा भर्ना गराएको थियो । रामकी श्रीमती भने विसुद्ध गृहणि थिईन् ।

महिनाभरि कमाएको पैसा महिनाको अन्तिम सम्म पुग्न गाह्रो थियो । जसो तसो सन्तानको भविष्यको लागि उनीहरु राजधानीमा बसेका थिए ।

एक दिन रामले निकै डरलाग्दो सपन देख्छ

सपना यस प्रकार छ :
राम एक दिन घरायसी कामले आफ्नो पुर्खेउली घर माथे गाँउ जान लाग्छ । कोठाबाट कोटेश्वर बस चड्न लाग्दै गर्दा ट्रिपरको ठक्करबाट उसको घटनास्थलमै मृत्यु हुन्छ ।

रामको मृत्यु पश्चात रामको परिवारले निकै दुख पाउँछन् । गाडीवालले दिएको थोरै लाख रुपैयाँ काज क्रिया र छोराको ३ महिना जतिको फिस तिर्दैमा सकिन्छ ।

त्यसपछि सीताका दुखका दिन सुरू हुन्छन । विद्यालयले श्रीमान रहँदा सम्म छोरीको फिस लिदैन्थ्यो तर अब भने छोरीको स्कुलको फिस आउनँ थाल्यो ।

रामले आफुले जति दुख गरे पनि अहिले सम्म आफ्नो श्रीमतीलाई काम गर्न भने लगाएको थिएन । अब सीता काम गर्न बाध्य भईन । राम्रो पढाई नभएकाले सीताले राम्रो पारिश्रमीक भएको काम पाउने कुरो नै भएन । उनले स्थानीय एउटा घरमा सामान्य काम गरेर महिनाको १५ हजार कमाउन थाल्छिन । श्रीमानले थोरै कमाए पनि उनीलाई रानी बनाएर राखेका थिए । आशु पुछ्दै, अरुको घरमा भाडा माज्दै उनले आफ्नो जीवन बिताउदैन थिईन ।

अब महिनाको १५ हजारले घर खर्च टार्न मुस्किल हुन् थाल्यो । राम निजी विद्यालयमा जागिर गर्ने भएकाले मत्युु पछि सीताको हातमा एक रुपैयाँ पनि आएन ।

सीताको लक्ष्य जसो तसो केटा केटीलाई स्नातक सम्म अध्ययन गराईदिने थियो ।

सीताले काठमाडौको खर्च र केटाकेटीको खर्च धन्न सक्दिनँ त्यसैले अब उ गाउँ फर्किने निर्णयमा पुग्छिन । निकै रामो अध्ययन गरीरहेका छोरा छोरीको पढाई उनले गाउँमा नै पुरा गर्ने निर्णय गर्छिन् । छोराको ट्रान्सफर प्रमाणपत्र लिन कलेज जान्छिन् । कलेज पुग्दा कलेजले पुरानो शुल्क माग्छ । सीता आफ्नो श्रीमानले विहेमा लगाईदिएको तिलहरी बेचेर छोराको ट्रान्सफर प्रमाणपत्र लिन बाध्य हुन्छिन् । ।

राम मृत्यु पश्चात नर्क पुग्छन । उनले यमराजलाई सोध्चन “ हजुर मैले अहिले सम्म जीवनमा कुनै पाप गरेको छैन , किन मलाई नर्कमा ल्याउनु भयो ?“

यमराजले उत्तर दिन्छन “ तिमी आफु त मर्यौ मर्यौ तर तिमीले जीवन बीमा गर्देको भए तिम्रो छोरा छोरी अहिले काठमाडौँमा नै बसिरहेका हुन्थे । तिम्रा छोराछोरीले बीचमै पढाई छोड्नु पर्ने स्थिति आउने थिएन । तिमीले २० लाखको मात्र बीमा गरेको भए आज तिम्रो श्रीमतीले कमाएको पैसाले घर खर्च पुग्थ्यो र तिमीले जीवन बीमा गरेको पैसाले तिम्रो सन्तानले पढ्न पाउथे । तिम्रा छोराछोरीको उच्च शिक्षाको लागि सहयोग पुग्नेथ्यो । यो सब तिमिले गरेनौँ । अब भन तिमीले पाप गरेको होइन ?
राम सपनाबाट बाहिर आउँछ । उसको शरीरभरि पसिना पसिना हुन्छ । रामले आफैले आफैलाई छिमोट्छ र पत्तो लागाउँछ की उसले एउटा डरलाग्दो सपना देखेको छ । रामले नजिकै रहेको गिलासबाट पानी पिउँछ र जीवन बीमाको महत्व बुझ्छ ।

उसले भोली बिहानै उठेर सबैभन्दा पहिला आफ्ना सन्तानको गालामा माया गर्छ । किनकी उसलाई राति देखेको सपनाले अझै छोड्न सकेको छैन ।

त्यसपछि राम अभिकर्ताको सम्पर्कमा  पुग्छ र एक जीवन बीमा कम्पनीमा २० लाख बराबरको बीमा पोलिसी खरिद गर्छ । अनि उ आफै अभिकर्ता बन्छ र श्रीमती र  केटाकेटीको पनि जीवन बीमा गर्छ ।

बीमा गरेको दुई वर्षपछि रामको श्रीमतीलाई अप्रेशन गर्नु पर्ने स्थिति देखा पर्छ । अप्रेशन गर्न करिव १ लाख खर्च लाग्ने भयो । रामले अलि अलि पैसा स्कुलबाट सापटी लिन्छ । र अप्रेशन लागि बाँकी रहेको पैसा उसले आफुले जीवन बीमा गरेको कम्पनीमा गएर अहिले सम्म उसले आफ्नो नामबाट बुझाएको प्रीमियमको ९० प्रतिशत लोन लिन्छ, त्यो पनि १५ मिनेटमा नै । यसरी रामले जीवन बीमाको महत्व बुझ्छ ।

यस कथाका पात्रहरु काल्पनिक हुन् ।

—————————————————————————-

को हुन् बीमा अभिकर्ता ? यस्ता छन् बीमा अभिकर्ताको योग्यता

इन्स्योरेन्स खबर

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ११:५०

काठमाडौं । बीमा कम्पनीको तर्फबाट तलबी कर्मचारीको रुपमा निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवर्द्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । अभिकर्ताहरुलाई बीमा कम्पनीको मेरुदण्ड पनि भनिन्छ । बीमा अभिकर्ता जीवन व्यवसायका मेरुदण्ड हुन् । जीवन बीमा कम्पनीको ग्राहक बृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन् । जीवन बीमा कम्पनीलाई मानिसहरुको पहुँचमा पुर्याउने प्रमुख भुमिका बीमा अभिकर्ताको रहेको हुन्छ । समाजमा छरिएर रहेका आम मानिसहरु समक्ष गई बीमा पोलिसीहरु बिक्री गरी जीवन बीमा कम्पनीको व्यवसाय फस्टाउने मुख्य भुमिका पनि अभिकर्ताहरुको नै हुन्छ ।

असल बीमा अभिकर्ता कै योगदानले गर्दा बीमा व्यवसाय अगाडि बढेको हुन्छ । त्यसैले असल बीमा अभिकर्ताको खाँचो बीमा क्षेत्रमा खड्किदो छ । अभिकर्ता बीमा कम्पनीको ग्राहक वृद्धि गर्ने एक मूख्य माध्यम हो । बीमा कम्पनीहरुलाई मानिसको पहुँचमा पुर्याउने र बीमा बजारमा साथै सर्वसाधरणमा बीमा कम्पनीको नीतिहरु पुर्याउनका लागि बीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

पछिल्लो समय बीमा अभिकर्ता पेशामा मानिसहरुको चासो पनि बढेको पाईन्छ । आफ्नो घर परिवार सबैलाई समय दिएर थोरै समय आफ्नो पेशाका लागि छुटाइयो भने पनि त्यस पेशाबाट आम्दानी गर्न सकिने भएको कारणले गर्दा पनि बीमा क्षेत्रमा अभिकर्ताको रुची बढेको पाईनछ ।

नेपालमा बीमा व्यवसाय अन्तर्गतको कुनै पनि कार्य गर्न बीमा ऐन,२०४९ बमोजिम गठित बीमा समितिबाट इजाजतपत्र प्राप्त गरेको हुनुपर्छ । बीमा ऐन २०४९ अनूरुप बीमा समितिले बीमक, बीमा अभिकर्ता, सर्भेयर दलालको दर्ता, नविकरण र खारेजी गर्ने अधिकार प्राप्त गरेको हुन्छ ।

बीमा अभिकर्ताको योग्यता तथा भुमिका

बीमा अभिकर्ताको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको उतिर्ण गरेको हुनुपर्दछ । यस्ता व्यक्ति जो कोहीले पनि बीमा अभिकर्ता बन्न सक्छन् तर त्यसका लागि उक्त व्यक्तिले बीमा समिति वा सम्बन्धित बिमकले  सञ्चालन गरेको बीमा अभिकर्तासम्बन्धी तालिम लिएको हुनुपर्दछ । त्यसपछि उसले बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समीतिले तोकेको ढाँचामा निवेदन दिनुपर्दछ ।

यसरी प्राप्त निवेदन जाँच बुझ गर्न नियमानुसार बीमा अभिकर्ताको लागि निर्धारित योग्यता पुरा गरेको भए समितिले बीमा अभिकर्ताको रुपमा दर्ता गरी दस्तुर लिई निवेदकलाई बीमा अभिकर्ताको इजाजतपत्र प्रदान गर्दछ । यसरी बीमा समितिले प्रदान गरेको इजाजत पत्रमा निज अभिकर्ताले गर्न पाउने बीमा व्यवसाय समेत स्पष्ट रुपा उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

बीमा अभिकर्ताको काम

यसरी बीमा अभिकर्ताको इजाजतपत्र पाए पछि अभिकर्ताले आफ्नो काम र कर्तव्यको परिधि भित्र रही काम गर्नु पर्ने हुन्छ । अभिकर्ता भनेको बीमा कम्पनीको प्रतिनिधि हो । बीमा कम्पनीको प्रतिनिधिको रुपमा बीमा गराउन चाहने व्यक्तिको सम्पर्कमा पुग्ने, बीमितलाई बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बीमितलाई बीमा सम्बन्धि आवश्यक परामर्श दिने बीमा दावी भुक्तानीको समयमा बीमित वा बीमितको परिवारलाई आवश्यक सहयोग गर्ने जस्ता कार्यहरु बीमा अभिकर्ताले गर्नु पर्ने हुन्छ ।

बीमा अभिकर्ताको हातमा धेरै जिम्मेवारी रहेको हुन्छ । बीमा क्षेत्रलाई अगाडी बढाउनेदेखि लिएर बीमा ज्ञान फैलाउने काम पनि अभिकर्ताकै हुन्छ । निश्चित सीमा र परिधिमा साथै कम्पनीको नीतिमा रही अभिकर्ताले काम गर्नु पर्छ ।

बीमा अभिकर्ताहरुको कर्तव्य

बीमा कम्पनीको तर्फबाट प्रतिनिधीको रुपमा बीमा गराउन चाहने मानिसको सम्पर्कमा पुग्ने, बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बिमितलाई बीमासम्बन्धी आवश्यक सरसल्लाह दिने तथा दाबी भुक्तानीको समयमा बिमितको परिवारलाई आवश्यक  सहयोग गर्ने आदि कार्य हुन् । बीमा अभिकर्ताले प्रत्येक बीमालेख बिक्री गरेपश्चात् बिमकको तर्फबाट सो बापत प्रचलित बीमा नियमावली बमोजिम तोकिएको दरमा कमिसन प्राप्त गर्दछ ।

—————————————————————————-

अभिकर्ताले बुझ्नैपर्ने कुरा, गङ्गाराम गड्तौलाको लेख

गङ्गाराम गड्तौला

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०७:४३

महात्मा गान्धी भारतका राष्ट्रपिता बने । धार्मिक आस्था भएका व्यक्तिले उनलाई भगवानको अवतार माने । आज पनि उनको तस्बिर देवी देवताकै लहरमा राखेर पूजा अर्चना गर्ने गरिन्छ । राष्ट्रपिता बनेपछि उनीकहाँ आउने मानिसहरूको घुइचो लाग्न थाल्यो । ठुला–ठुला व्यापारी, राजनीतिकर्मी, धार्मिक गुरुहरू, कानुनविद् अर्थात् सबै पेसा र व्यवसायका व्यक्ति उनलाई भेट्न आतुर हुन्थे । यतिसम्म कि कसैलाई पारिवारिक सङ्कट आइपर्यो  वा कोही दीर्घरोगले आक्रान्त पार्यो भने पनि महात्मा गान्धीकहाँ जाने गर्न थाले । आफूलाई परेको समस्या गान्धीलाई सुनाएपछि उनले तत्काल समाधान गरिदिन्छन् , यही विश्वास आम नागरिकमा पर्यो  ।

यहि  सिलसिलामा दूरदराजको गाउँबाट एउटी महिला गान्धीलाई भेट्न आइन् । टाढाको बाटो, रेलको यात्रा गरेर उनी महात्मा गान्धी भएको ठाउँमा पुगिन् । गान्धीलाई भेट्न सजिलो थिएन । उनी ठुला मान्छे भएकाले होइन, पालो पर्खिनुपर्ने भएकाले । दिनभरिमा ती महिलाको पालो आयो । भित्र पुगेर अभिवादन गरेपछि गान्धीले आउनुको कारण सोधे । महिलाले आफ्नो साथैमा ल्याएको ८–१० वर्षको आफ्नो छोरालाई इङ्गित गर्दै भनिन् – हेर्नुहोस् न गान्धीजी १ यो मेरो छोराले चिनी बढी खाएर हैरान पार्यो  । चिनी देख्नै हुँदैन । फाँको मारिहाल्छ । जति भने पनि टेरेन । यसलाई सम्झाइ दिनुपर्यो  । हजुरले भनेपछि मान्छ होला ।

हेर्दाखेरि समस्या सानो लाग्छ । यो स्वाभाविक हो । किनभने अर्काको समस्या सानो र आफ्नो समस्या ठुलो देख्नु मानवीय स्वभाव नै हो । तर त्यति टाढाबाट गान्धीलाई भेट्न आउनुपर्ने बाध्यता हुनु भनेको महिलाका लागि निकै ठुलो समस्या थियो । महात्मा गान्धीले केही बेर गम खाए र भने -बहिनी, तपाईं एक सातापछि आउनुहोस् । त्यसै बेला म यसलाई जे गर्नुपर्ने हो गर्नेछु ।

आफ्नो घर टाढा भएकाले आवतजावतमा कठिनाइ हुने र खर्च पनि बढी लाग्ने बताएर भरसक तत्काल समस्याको समाधान गरिदिन ती महिलाले अनुरोध गरिन् । तर गान्धीले रामवाण उपचारका लागि एक साता पर्खनैपर्ने बताएपछि महिला बाहिरिइन् ।
धर्मशालामा कतै एक साता बिताएर महिला निर्धारित दिनमा गान्धीकहाँ पुगिन् । भेटघाटपछि गान्धीले कुशल-मङ्गल सोधे । ठिकठाक थियो । अनि गान्धीले बालकलाई काखमा राखेर भने – बाबू १ बढी चिनी खानु हुदैन है । यसले शरीरलाई नोक्सानी गर्छ । अबदेखि धेरै चिनी नखानू ल ? बालकले स्वीकृतिपूर्वक टाउको हल्लायो । महिलातर्फ फर्केर गान्धीले भने – अब जानुहोस्, तपाईंको समस्या समाधान हुन्छ ।

आफूले भगवान् मानेको व्यक्तिसँग पनि ती महिलालाई झोंक चलेछ । त्यो दुइटा कारणले । एक त यति जाबो कुराले छोराले चिनी खान छोड्ने भए आफू यति धेरै दुःख गरेर किन यहाँ आउनु ? दोस्रो यति नै भन्नु थियो भने एक हप्तासम्म किन झुलाउनु ? तैपनि आवेग सम्हाल्दै महिलाले अलि जोडसित आफ्नो असन्तुष्टि व्यक्त गरिछन् — महात्माजी १ यति नै भन्नु थियो भने हजुरले गत साता नै भनिदिएको भए भइाल्थ्यो नि । मैले धेरै दुःख पाए ।

अनि महात्मा गान्धीले भनेछन् – हेर्नुहोस् बहिनी, मैले एक साता अघि नै पनि यही कुरा भन्न सक्ने थिए । तर त्यो औपचारिकता मात्रै हुन्थ्यो । यो नानीले चिनी खान छोड्ने थिएन । किनकि एक साता अघि म पनि चिनी खान्थे। अब मैले चिनी छोडेको एक साता भएको छ । अब म यसलाई अन्तर मनदेखि नै चिनी नखान भन्न सक्छु । अन्तर मनदेखि भनेको हुनाले यसले मेरो कुरा मान्छ । यसमा तपाईं कुनै शङ्का नगर्नुहोस् ।
गान्धीको यो प्रसङ्ग धेरै क्षेत्रमा सान्दर्भिक हुन्छ । तर यहाँ अभिकर्तासित जोडिएको छ । अभिकर्ता आफैं कत्तिको स्पष्ट छ । के उद्देश्य राखेर बीमितकहाँ धाइरहेको छ । आफू के कुराबाट अभिप्रेरित छ ? आफूले बीमा  गरेको छ कि छैन ? आफ्ना परिवारलाई बीमा  गराएको छ कि छैन ? समग्रमा, आफूले व्यवहारतः बुझेको छ या छैन ?

आफूले बुझेको कुरा अरूलाई बुझाउन गारो हुदैन । सरल तरिकाले, सहज ढङ्गमा आफ्नो कुरा व्यक्त गर्न सकिन्छ । ठुला-ठुला मोटिभेटर चाहिन्न । दर्शनका ठेली पढ्नु पर्दैन । आफूलाई चाहिने कुरा चाहि प्रस्ट जानेको हुनुपर्छ । हामीमध्ये धेरैले शिक्षण पेसा गरेका छौं । सिकाइका सिलसिलामा कहिलेकाही  शिक्षकले धेरै पटक बुझाउँदा नबुझेको विद्यार्थीलाई आफ्नै साथीको सहयोगमा सिकाउनुपर्ने अवस्था आउँछ । त्यस बेला विद्यार्थीले आफ्नै तरिकाले अर्थात् विद्यार्थीकै लेभलबाट सिकाउँछ र ऊ सफल हुन्छ । बस्, हामीले बीमितकै तहमा झरेर कुरा गर्नुपर्छ । तिनका कुरा सुन्नुपर्छ । तर आफैं अस्पष्ट भए हामीले भन्ने खोजेको कुरा अरूले बुझ्दैनन् । हाम्रो निहित स्वार्थ थाहा पाइहाल्छन् । बीमा बीमितको सुरक्षाका लागि हो भनी बुझाउन अभिकर्ताले बुझेको हुनुपर्दछ । जोखिमलाई हो भन्नका लागि आफूलाई थाहा हुनुपर्दछ । व्यावहारिक ज्ञान आवश्यक छ । गान्धीले बच्चाका लागि आफैं चिनी त्याग्न तयार भए । यो महानता हो । हामीमा पनि बीमित केन्द्रीत स्वार्थ हुनु जरुरी छ । बीमितको स्वार्थलाई केन्द्रीय बनाएपछि हाम्रो स्वार्थ आफैं पुरा हुन्छ ।

अभिकर्ताले प्रयोग गर्नै नहुने शब्दहरू, गङ्गाराम गड्तौलाको लेख

गङ्गाराम गड्तौला

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १०:३६

यतिखेर नेपालमा जीवन बीमा व्यवसाय फस्टाएको छ । साधारण ज्याला मजदुरी गर्नेदेखि लिएर ठुला ठुला व्यापार व्यवसाय गर्ने समेतले यसको महत्व  र आवश्यकता बुझ्न थालेका छन् । बीमाप्रति धेरैको चासो बढ्दै गएको पाइन्छ । ९ वटा कम्पनी मात्र सञ्चालन भइरहदा सीमित अभिकर्ता र सीमित बीमित रहेको अवस्था थियो । आज १० वटा नयाँ  कम्पनी थपिएपछि  अहिले नेपालमा १९ जीवन बीमा कम्पनी संचालित छन्। यस व्यवसायमा अभिकर्ताको बाढी नै आएको छ । कतिपय कम्पनीको रणनीति हेर्दा ‘एक घर एक अभिकर्ता’ बनाउन खोजेको हो कि भन्ने भान पर्दछ । कम्पनीले आफूलाई स्थापित गर्ने नाउ“मा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेकाले पनि यसो भएको हो ।

परिणामतः अदक्ष, सामाजिक सम्बन्ध कम भएका तथा नेटवर्किङ व्यवसायमा लागेका व्यक्तिहरू समेत अभिकर्ता बनेका छन् । नैतिकता, आदर्श तथा सामाजिक सेवाको भावना नभएका र आफ्नो आर्थिक हैसियतलाई मात्र लक्ष्य बनाएर बीमामा होमिएका अभिकर्ताहरूले अन्ततः यस व्यवसायलाई नै दाग लगाउने निश्चित छ । कम्पनीहरूले आवश्यक प्रक्रिया पुरा नगरी अभिकर्ता थप्ने गरेका छन् ।

बीमा ऐन, नियम, आचार संहिता तथा नियमावलीको ज्ञान नभएका अभिकर्ताले बीमा त गराउछन् तर त्यसले भविष्यमा कम्पनी र बीमितलाई बेफाइदा गर्न पुग्छ ।

अभिकर्ताले ‘जसरी भए पनि’ प्रिमियम सङ्कलन गर्ने उद्देश्य राखेका छन् । यसो भएपछि बीमितको आर्थिक सुरक्षा, कम्पनीको स्थायित्व तथा बीमा व्यवसायको दिगोपना भन्दा पनि अभिकर्ताको छिटै धनी हुने चाहना हाबी हुन्छ । भोलि यसको परिणाम कस्तो रहला भन्नेतर्फ अभिकर्ताको ध्यान जादैन । बीमकले पनि अभिकर्ताले ल्याएको प्रिमियममा कुनै किसिमको अध्ययन विश्लेषण नगरी बीमा काटिदिन्छ । यसो हुनाले राष्ट्रिय विकासमा अहं भूमिका निर्वाह गर्नसक्ने बीमा क्षेत्र कलङ्कित बन्न पुग्छ ।

आज पनि नेपालीको बीमाप्रतिको धारणा गलत छ । यसो हुनुको प्रमुख कारण अभिकर्ता नै हुन् । अभिकर्ताले आफ्नो मात्र फाइदा हेर्ने गरेकाले यसो हुन गएको हो । बीमा कम्पनीका खम्बाका रूपमा रहेका अभिकर्ताहरू स्वयं दक्ष हुनु जरुरी छ । सामाजिक भावनाको विकास हुनु आवश्यक छ । यसै सन्दर्भमा बीमा क्षेत्रमा प्रयोग गर्नै नहुने तर अभिकर्ताले निरन्तर प्रयोग गरिरहने केही शब्दको यहाँ  चर्चा गरिने छ।

‘मरेपछि’
धेरैजसो अभिकर्ताले बीमितकहाँ  गएर प्रयोग गर्ने शब्द हो मरेपछि । अर्थात् तपाईं मरेपछि यति पाउनु हुनेछ । साधारण मृत्यु भयो भने बीमाङ्क रकम र दुर्घटनामा मृत्यु भएमा बीमाङ्कको दोब्बर । मानवीय संवेदनालाई छुने यस्तो शब्दले मानिसलाई अभिप्रेरित होइन, निरुत्साहित गर्दछ । भलै तिनले बीमा गर्लान् तर बीमाप्रतिको धारणा गलत बस्छ । संसारमा कुनै पनि त्यस्तो व्यक्ति नहोला जो आफ्नो मृत्युको कुरा सुनोस् । यसैले भन्नुपर्ने कुरा त्यही भए पनि यसलाई घुमाउरो पाराले प्रस्तुत गर्न सक्नुपर्दछ । दोस्रो कुरा बीमा मरेपछि मात्रै फाइदा हुने व्यवसाय होइन । यो त आफू जीवित रहदै प्रयोग गर्न पाइने बचतको प्रतिफल हो ।

‘मेरा लागि’
अभिकर्ताहरू आफ्ना आफन्त, नातेदार वा छिमेकमा गएर बीमा प्रस्ताव राख्छन् । बीमाबारे बुझाउनु भन्दा पनि उनीहरू ‘कृपया मेरा लागि यति गरिदिनुहोला’ भन्ने गर्छन् । अभिकर्ताज्यूहरू, तपाईंको यो सूत्रले काम गर्दैन । किनकि तपाईं आफैं विचार गर्नुहोस् त, आफ्ना बाबु–आमा, दाजुभाइ, दिदी बहिनीसित त तपाईं सय रूपैयाको हिसाब गनी गनी लिनुहुन्छ । अनि बीमितले तपाईंका लागि हजारौं रुपैया  लगानी गर्लान् ? आफूलाई पनि फर्केर हेरौं । तपाईंले अरूका लागि के गर्नुभएको छ ? कृपा गरेर ‘गरिदिएको’ बीमाले तपाईंलाई जीवनभरि काम लाग्ने छैन । यो तत्कालका लागि मात्रै हुनेछ । भोलि तपाईंले केही समय बीमा गरेर आफ्नो जीवनशैली माथि उकास्नुभयो । घर बनाउनुभयो वा कार किन्नुभयो भने तिनले भन्नेछन् — उः हामीले बीमा गरिदिएकाले आज ऊ कार चढ्ने भयो ।

‘डबल’
अभिकर्ताले बढी प्रयोग गर्ने अर्को शब्द हो डबल । अर्थात् तपाईंले आज १० लाखको बीमा गर्नुभयो भने १५ वा २० वर्षपछि डबल हुनेछ । यस विषयमा एउटा प्रसङ्ग जोड्न मन लाग्यो । कुनै व्यक्तिले एउटा कम्पनीमा १५ वर्षअघि १ लाखको बीमा गरेका रहेछन् । बीमा गराउने व्यक्ति सामुदायिक विद्यालयका प्रअ थिए । तिनले बीमितलाई १५ वर्षपछि दोब्बर आउने कुरा गरेका रहेछन् । गत साउनमा उनको बीमा अवधि सकियो । आफूले जम्मा गरेको रकम हिसाब गरेछन् । १ लाख ३३ हजार जम्मा गरेका रहेछन् । उनलाई बीमा कम्पनीले १ लाख ६९ हजार रुपिया“ मात्रै भुक्तानी ग¥यो ।
हेडसरलाई थाहा थियो थिएन । तर आज आम अभिकर्ताको सोच तिनै हेडसरको जस्तो छ । आः १५ वर्षपछि जे त होला । आखिर १५ वर्ष पुग्न धेरै समय लागेन । दोब्बर भयो त ?
डबल मात्र होइन । बीमितले ३ देखि ४ गुना रकम पाउ“छन् । तर बीमा योजनाको किसिम, समयको अवधि तथा बीमितको उमेर आदिको विश्लेषण गर्नुपर्दछ ।

‘तिर्नुपर्छ’
तपाईंले बीमालाई यति तिर्नुपर्छ । यति तिरेपछि यति आउ“छ । बीमितले सुरुमै ऋण खाएको हो र तिर्नलाई ? उसले बीमालाई तिरेको होइन । जम्मा गरेको हो । आफ्नो बचत हो । लामो समय बचत गरेबापत बीमा कम्पनीले बीमितको जोखिम बहन गरेको हुन्छ । हामीले बारम्बार तिर्नुपर्छ भनिरह“दा बीमितलाई नकारात्मक असर पर्छ । यसरी बीमितले जम्मा गरेको रकमलाई तिर्ने भन्नु पनि बीमा अभिकर्ताको कमजोरी हो ।

‘बोनस’
कतिपय अभिकर्ताले कम्पनीको हालको बोनस दरलाई आफ्नो व्यापार बढाउने सू त्रका रूपमा प्रयोग गर्छन् । हाम्रो कम्पनीको यति बोनस छ । बिस वर्षपछि यति हुनेछ । यसबाट तपाईंको रकम यति बढ्नेछ भनेर आकर्षण दिन्छन् । तर त्यसको प्रिमियम कति छ, जोखिम बहन कति छ भन्ने विषयमा तिनले कुरा गर्दैनन् । बोनस दर उच्च देखाएर प्रिमियम सस्तो बनाउन जोखिम घटाउनुपर्ने हुन्छ । यसो गर्दा बीमित अन्यायमा परेको हुन्छ । भोलि बीमितले यस कुराको सुइको पाउछ । त्यस बेला हामी अभिकर्तालाई नै अप्ठेरो पर्दछ ।

सामान्यतया बीमाका अभिकर्ताहरूले यी माथिका शब्द प्रयोग गर्नै हुदैन । शब्द ब्रह्म हो । शब्दमा व्यक्तिको जीवन परिवर्तन गर्ने शक्ति हुन्छ । कसैको एक शब्दले कसैलाई मृत्युको मुखमा पुर्याइदिन्छ । कुनै मर्न लागेको मानिसलाई कसैको एक शब्दले बचाइदिन्छ । बीमितमा पनि हामीले प्रयोग गर्ने शब्दले प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्दछ । अतः शब्द प्रयोगमा ध्यान दिऔं । सकारात्मक शब्द प्रयोग गर्ने बानी बसालौं ।

—————————————————————————-

चालु आर्थिक वर्षमा बीमा समितिले हासिल गरेका १९ उपलब्धी, बीमा नीतिको मस्यौदादेखी कारबाहीसम्म

काठमाडौं । नियमनकारी  निकाय  बीमा  समिति आजदेखि स्थापनाको ५३ वर्ष पुरा गरी ५४ औ वर्षमा प्रवेश गरेको छ । ‍५४ औ वार्षिकोत्सवको अवसरमा बीमा व्यवसायलाई विकसित, नियमित, व्यवस्थित र  नियन्त्रित  गर्ने  समितिको  उद्देश्य  तथा  जिम्मेवारीलाई  सशक्त  ढङ्गले  अगाडि बढ्न सहयोग गर्ने सबैलाई बीमा समितिले हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरेको छ ।

वार्षिकोत्सवको अवसरमा समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पादन गरेका कामहरुको सार्वजनिक गरेको छ । समितिले चालु आर्थिक वर्षमा राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार पार्नेदेखि लिएर नियम विपरित काम गर्ने विभिन्न बीमा कम्पनीलाई कारबाही समेत गरेको छ ।

१. राष्ट्रिय बीमा नीतिको मस्यौदा तयारः

देशका  विभिन्न  क्षेत्रका  राष्ट्रिय  नीति  भए  पनि  बीमाको  राष्ट्रिय  नीति  नभएको परिप्रेक्ष्यमा समितिले  राष्ट्रिय बीमा नीति ल्याउन मस्यौदा तयार गरी  स्वीकृतिका  लागि  अर्थ  मन्त्रालयमा  पेस  गरेको  छ।  बीमा  क्षेत्रसँग  सरोकार  राख्ने  व्यक्ति  तथा  संस्थाहरूसँग  छलफल  एवं  परामर्श  गरेर  राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार गरिएको छ। उक्त मस्यौदामाथि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा समितिका पदाधिकारीहरू समेतको सहभागितामा  विभिन्न  चरणमा  छलफल  भइसकेका  छन् । सरकारबाट  राष्ट्रिय बीमा नीति चाँडै स्वीकृत भई लागू हुने अपेक्षा समितिले गरेको छ।

२.  कार्यालय भवनको शिलान्यासः

समितिको  ललितपुर,  कुपण्डोलस्थित  जग्गामा  निर्माण  गर्न  लागिएको  कार्यालय भवन गत मङ्सिरमा शिलान्यास गरिएको छ। समितिको करिब १० रोपनी जग्गामा रु. ४७ करोड ३७ लाखको लागतमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्ग मैत्री हुनेछ। सात तलाको हुने उक्त भवनमा अन्तर्राष्ट्रिय स्तरको सेमिनार हल, बैठक कक्ष, बोर्ड कक्ष, अन्डरग्राउन्ड पार्किङ र चमेना गृह लगायतका सुविधा उपलब्ध हुनेछन् ।

हाल भवन निर्माणको कार्य धमाधम भइरहेको छ। भवन निर्माण चालू आर्थिक वर्ष २०७८/०७९ मा बीमा समितिबाट सम्पादन भएका मुख्य मुख्य कार्यहरूकार्य ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

३. बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिः

बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी  रु.  ५  अर्ब  र    निर्जीवन  बीमा  कम्पनीको  चुक्ता  पूँजी  रु.  २  अर्ब  ५०  करोड  पुर्याउने  निर्णय  गरेको  छ।  बीमा  कम्पनीहरूको  नेटवर्थ  बढाई जोखिम बहन क्षमता बढाउन, कम्पनीहरूलाई एक अर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना गराई उपयुक्त सङ†ख्यामा राख्न तथा पूँजीगत आधार बलियो बनाउन, सेवाको लागत कम गर्न, कम्पनीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्य कायम गर्न बीमकहरूको पूँजी वृद्धिको निर्णय गरिएको हो। यसअघि बीमकको न्यूनतम चुक्ता पूँजी जीवन बीमकको हकमा २ अर्ब रुपैयाँ र निर्जीवन बीमकको हकमा १ अर्ब रुपैयाँ रहेको थियो।

४. प्रादेशिक कार्यालय स्थापनाः

बीमा समितिको केन्द्रीय रूपमा मात्र रहेकोमा देशले अङ्गीकार गरेको सङ्घीय  संरचना  बमोजिम  यसको  पुनर्संरचना  गर्न  सुरु  गरिएको  छ।  नेपालको संविधानले बीमा व्यवसाय सञ्चालन सम्बन्धी कार्य सङ्घ र प्रदेशको  साझा  अधिकारको  सूचीमा  राखेसँगै  प्रदेश  सरकारहरू  सँगको  सहकार्य लगायत बीमाको पहुँच वृद्धि, बीमकको नियमन एवं सुपरिवेक्षण प्रभावकारी बनाउन, दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन कार्य सहज बनाउन  प्रदेश  कार्यालयहरू  स्थापना  गर्ने  कार्य  प्रारम्भ  गरिएको  छ।

यस वर्ष सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको वीरेन्द्रनगर र मधेश प्रदेशको वीरगञ्जमा प्रादेशिक कार्यालय स्थापना गर्ने कार्य अघि बढाइएको छ।

५. इजाजत पत्रको दर्ता तथा नवीकरण विद्युतीय माध्यमबाटः

समितिले  बीमा  सर्भेयर  र  बीमा  अभिकर्ताहरूको  इजाजत  पत्र  विद्युतीय  माध्यमबाट  दर्ता  तथा  नवीकरण  गर्न  सुरु  गरेको  छ।  यस  पश्चात्  समितिबाट  प्रवाह  हुने  सेवा  चुस्त,  दुरुस्त  हुनुका  साथै  देशका  जुनसुकै  स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले अनलाइन मार्फत सहजै रूपमा सेवा प्राप्त गर्न थालेका छन् भने इजाजत पत्र दर्ता तथा नवीकरणका लागि समितिमा नै आउनुपर्ने बाध्यताको अन्त्य भएको छ। उक्त व्यवस्था कार्यान्वयनमा  आएपछि  करिब १ लाख ४२  हजार  बीमा  अभिकर्ता  र  करिब एक हजार बीमा सर्भेयरहरूको इजाजत पत्र विद्युतीय प्रणालीबाट नवीकरण भइसकेको छ।

६. नयाँ सफ्टवेयर सञ्चालनमाः

बीमा  समितिले  आफ्ना  काम  कारबाही  अझ  बढी  चुस्त,  दुरुस्त  एवं  पारदर्शी बनाउँदै बीमा कम्पनी र सरोकारवालाहरूलाई छिटोछरितो रूपमा सेवा  उपलब्ध  गराउने  उद्देश्यले  गत  साउन  १  गतेदेखि  नयाँ  सफ्टवेर  Insurance   Regulatory   Management   Information   System   (IRMIS) सञ्चालनमा  ल्याएको  छ।  उक्त  सफ्टवेयरबाट  प्राप्त  हुने  तथ्याङ्कहरूको  व्यवस्थापन  तथा  भण्डारण  गर्नका  लागि  छुट्टै  सर्भर  प्रणाली समेत प्रयोगमा ल्याइएको छ।

नयाँ सफ्टवेयर मार्फत बीमा कम्पनीहरूमा समितिबाट भएका स्थलगत सुपरिवेक्षण,  गैरस्थलगत  सुपरिवेक्षण,  कृषि  तथा  लघु  बीमा  र  पुनर्बीमा  सम्बन्धी विवरणका साथै इजाजत, बीमा अभिकर्ता तथा सर्भेयर र व्यवस्था सूचना  प्रणाली  सम्बन्धी  विवरणहरू  समितिलाई  प्राप्त  हुने  गरेका  छन्।  यसबाट तथ्याङ्क एवं सूचना सङ्कलनमा थप सहज बनाएको छ।

७. बीमकका शाखा कार्यालय विस्तारः

समितिबाट  बीमकको  शाखा  कार्यालय  स्थापना  स्वीकृति  प्रदान  गर्दा  सङ्घीय संरचना अनुरूप स्थानीय तहमा शाखा विस्तारलाई प्राथमिकता दिने नीति अवलम्बन गरेको छ। सोही बमोजिम चालू आर्थिक वर्षको चैत्र  मसान्तसम्म  देशका  सातै  प्रदेशको  जीवन  तथा  निर्जीवन  बीमा  कम्पनीहरूको शाखा सङ्ख्या ३,३३७ पुगेको छ।

जस अनुसार प्रदेश नं. १ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूका शाखा ५४१, मधेश प्रदेशमा ४४९, बागमती प्रदेशमा ९१३, गण्डकी प्रदेशमा ३७३, लुम्बिनी प्रदेशमा ५४५,  कर्णाली  प्रदेशमा  १८७  र  सुदूरपश्चिम  प्रदेशमा  ३२९  वटा  शाखा  कार्यालय सञ्चालनमा रहेका छन्।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा बीमकका शाखा कार्यालयहरूको सङ्ख्या जीवन बीमातर्फ १६.२ प्रतिशत र निर्जीवन बीमातर्फ १०.१ प्रतिशतले बढेको पाइन्छ। गत वर्षको तुलनामा जीवन र निर्जीवनतर्फ गरी बीमकको शाखा १४.२ प्रतिशतले वृद्धि भएको पाइन्छ।

८. बीमा क्षेत्रमा रोजगारीको अवस्थाः

बीमा क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारीका अवसरमा उल्लेख्य रूपले बढ्दै गएको  पाइन्छ।  चालू  आर्थिक  वर्ष  २०७८/७९  को  चैत्र  मसान्त  सम्ममा जीवन बीमातर्फ ६,२०९, निर्जीवन बीमातर्फ ५,६३७ र पुनर्बीमातर्फ ७२  जना  गरी  कुल  ११,९१८  जनाले  प्रत्यक्ष  रोजगारी  पाएको  देखिन्छ।  यसैगरी  करिब  ३  लाखको  सङ्ख्यामा  बीमा  अभिकर्ताहरू  प्रत्यक्ष  एवं  अप्रत्यक्ष  रूपमा  बीमा  क्षेत्रमा  आबद्ध  रहेको  देखिन्छ।  त्यस्तै  निर्जीवन  बीमातर्फ चालू आर्थिक वर्षको चैत मसान्त सम्ममा १,२५१ जना इजाजत प्राप्त  बीमा  सर्भेयरहरू  प्रत्यक्ष  एवं  अप्रत्यक्ष  रूपमा  रोजगारीमा  संलग्न  रहेको  देखिन्छ।

९. वित्तीय क्षेत्र विकास रणनीति अन्तर्गतका कार्यहरू सम्पन्नः

नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४–२०७७/७८) मा बीमा क्षेत्रको विकासका लागि समितिबाट सम्पादन गर्नुपर्ने कार्य अन्तर्गत लघु बीमा सम्बन्धी संरचना कार्यान्वयनमा ल्याउने, कृषि/बाली बीमा विधि तयार गरी कार्यान्वयन गर्ने, स्वास्थ्य बीमा विधि तयार गरी कार्यान्वयन गर्ने,  विद्यमान  बीमा  ऐन,  नियम  तथा  निर्देशिकाको  पुनरवलोकन  तथा  संशोधन गर्ने, जोखिममा आधारित पूँजी संरचना विकास गरी कार्यान्वयन गर्ने, गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी व्यवस्थामा पुनरवलोकन गरी लागू गर्ने, जोखिम व्यवस्थापन मार्गदर्शन तयार गर्ने, जोखिममा आधारित सुपरिवेक्षण व्यवस्था विकास गर्ने,  दाबी भुक्तानी मार्गदर्शन बनाउने, दाबी भुक्तानी  मार्गदर्शन  कार्यान्वयन  गर्ने,  बीमा  उद्योगमा  राख्नुपर्ने  लेखालाई  अन्तर्राष्ट्रिय  वित्तीय  रिपोर्टिङ  प्रणाली÷राष्ट्रिय  वित्तीय  रिपोर्टिङ  प्रणाली  बमोजिम सुदृढ तुल्याउने भनी उल्लेख गरिएका कार्य सम्पन्न गरिएका छन्।

१०.  समितिबाट  सम्पादन  भएका  अन्तर्क्रिया  छलफल  तथा  तालिम  कार्यक्रम:

क. स्थानीय तहसँग अन्तर्क्रिया तथा छलफलः

नेपालको संविधान अनुसार हाल मुलुकमा सङ्घीय, प्रदेशिक र स्थानीय गरी तीन प्रकारका सरकार सञ्चालनमा रहेका छन्। बीमा समिति तीन तहकै सरकारसँग समन्वय गर्दै बीमाको दायरा फराकिलो बनाउने तथा जनचेतना  अभिवृद्धि  गर्ने  लगायत  बीमाको  पहुँच  बढाउने  अभियानमा लागेको छ।

खासगरी जीवन बीमा मार्फत अनिवार्य बचत परिचालन र जोखिम व्यवस्थापनलाई सँगसँगै लैजाने, सबै प्रकारका सम्पत्तिको बीमाका लागि व्यवस्था मिलाउने, जनचेतना अभिवृद्धि गर्ने, कृषि बीमामा प्राप्त हुने अनुदान स्थानीय स्तरमा लैजाने र न्यून आय भएको वर्गलाई बीमाको दायरामा ल्याउने उद्देश्य अनुरूप यस्ता कार्यक्रम आयोजना गरिएका हुन्।  समितिले  विगत  एक  वर्षको  अवधिमा  ४३  स्थानीय  तहसँग  अन्तर्क्रिया  कार्यक्रम सम्पन्न गरेको छ।

ख. तालिम, गोष्ठी तथा सेमिनारमा सहभागिताः

समितिमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने क्रममा विभिन्न शाखामा  कार्यरत  कर्मचारीहरूलाई  जोखिममा  आधारित  सुपरिवेक्षण,  सडक दुर्घटना सम्बन्धी विवरण सङ्कलन, वित्तीय क्षेत्रमा नेतृत्व विकास र भुक्तानी सन्तुलन, तथ्याङ्क सम्बन्धी, कृषि तथा पशुपन्छी बीमा तथा व्यवस्थापन सीपका प्रतिविम्बहरू सम्बन्धी तालिममा सहभागी गराइएको छ।

यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, Disaster Risk Finance Establish a public asset registry  and  sovereign  risk  transfer,  इन्जिनियरिङ  बीमा,  Issue related to members in industry and role of the ICAN, National Accounting  Professionals,  National  Best  Presented  Annual  Report (BPA) Award लगायतका तालिम, सेमिनार तथा गोष्ठीहरूमा समेत भौतिक र भर्चुअल माध्यमबाट सहभागिता गराइएको छ।

११.  समितिबाट  जारी  निर्देशन,  निर्देशिका,  मापदण्ड  तथा  अध्ययन  प्रतिवेदनः

क. दुर्घटना बीमा निर्देशिका, २०७८ जारीः

बीमा  समितिले  निर्जीवन  बीमा  व्यवसाय  अन्तर्गत  दुर्घटना  बीमाको  स्तरीकृत  बीमा  लेख  तयार  गरी  त्यसका  लागि  आवश्यक  पर्ने  बीमादर  समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ। यस निर्देशिका बमोजिम जारी गरिने बीमा लेख व्यक्तिगत दुर्घटना बीमा लेख र सामूहिक दुर्घटना बीमा लेख गरी दुई प्रकारका रहेका छन्। दुर्घटना बीमा लेख एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था रहेको।

एक वर्षका लागि जारी गरिने बीमा लेखको एक महिना सम्मका लागि वार्षिक बीमा शुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिना सम्मका लागि  वार्षिक  बीमा  शुल्कको  ४०  प्रतिशत,  तीन  महिनादेखि  छ  महिना  सम्मका लागि वार्षिक बीमा शुल्कको ६० प्रतिशत र छ महिनादेखि एक वर्ष सम्मका लागि शतप्रतिशत बीमादर तोकिएको छ। व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम प्रतिव्यक्ति प्रतिहजार दुई रुपैयाँ बीमादर तोकिएको छ।

ख. कफी खेती बीमा लेख संशोधनः

कृषि तथा पशुपन्छी बीमा निर्देशिका बमोजिम जारी गरिएको कफी खेती बीमा लेख संशोधन गरिएको छ। समितिद्वारा लागतमा आधारित कफी खेती बीमा लेखलाई उत्पादनमा आधारित कफी खेती बीमा लेखमा संशोधन गरी जारी गरिएको छ। कफी खेती बीमाले अग्निजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भूमिजन्य, चट्याङ्जन्य, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा कीराजन्य कारणले हुने क्षतिको रक्षावरण गर्दछ।

ग. बीमा शुल्क बैङ्क खातामा प्राप्त गरेपछि मात्र बीमा लेख जारी गर्न निर्देशनः

बीमा समितिले बीमा शुल्क बापतको रकम बीमकको बैङ्क खातामा प्राप्त भएपछि मात्र बीमा लेख जारी गर्न बीमकलाई निर्देशन दिएको छ। उक्त निर्देशन पश्चात् बीमा क्षेत्रमा व्याप्त उधारो बीमा लगायतका विकृतिको न्यूनीकरणमा उल्लेखनीय प्रगति भएको पाइन्छ।

घ. “Risk Based Capital and Solvency Directive, 2078” जारीः

बीमा  ऐन,  २०४९  को  दफा  ८  (घ२)  ले  दिएको  अधिकार  प्रयोग  गरी  समितिले “Risk Based Capital and Solvency Directive, 2078” जारी  गरेको  छ।  बीमा  कम्पनीहरूको  जोखिममा  आधारित  पूँजी  कोष  पर्याप्तता  मार्फत  वित्तीय  कठिनाइसँग  जुध्ने  क्षमता  अभिवृद्धि  गर्न,  बीमकहरूको  असल  संस्थागत  सुशासन,  उपयुक्त  जोखिम  व्यवस्थापन  प्रणाली, अन्डरराइटिङ, लगानी र सम्पत्ति दायित्व व्यवस्थापन सम्बन्धी नीति प्रभावकारी बनाउन उक्त निर्देशिका जारी गरिएको हो।

१२. अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्यः

अन्तर्राष्ट्रिय  रूपमा  प्रचलित  अभ्यासलाई  नेपालको  बीमा  क्षेत्रमा  समेत  अवलम्बन  गर्ने  क्रममा  समितिले  बीमा  क्षेत्रसँग  सम्बद्ध  अन्तर्राष्ट्रिय  संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। यस क्रममा बीमा क्षेत्रसँग सम्बद्ध अन्तर्राष्ट्रिय  International  Association  of  Insurance  Supervisors  (IAIS),  World  Bank लगायतले  प्रतिपादन  गरेका  मूलभूत सिद्धान्तलाई समेत अवलम्बन गरी समितिले  निर्देशिकाहरू जारी गर्दै आएको छ।

१३. बीमा कलेज स्थापनाका क्रमः

मानेपालमा  बीमा  क्षेत्रका  लागि  आवश्यक  दक्ष  जनशक्ति  उत्पादन  गर्ने  उद्देश्यले  नेपाल  कलेज  अफ  इन्स्योरेन्स  स्टडिज  लिमिटेड ‘Nepal College  of  Insurance  Studies  Limited  (NECOIS)’  स्थापनास्थापना गरिने भएको छ। उक्त कलेजको बीमा विषयमा पठनपाठन गरी स्नातक,कलेजको बीमा विषयमा पठनपाठन गरी स्नातक, स्नातकोत्तर वा सोभन्दा माथिल्लो उपाधियुक्त जनशक्ति तयार गर्ने उद्देश्य रहेको छ। बीमा विषयमा उच्च शिक्षा प्रदान गर्न कलेजले स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिने कार्यक्रम रहेको छ।

१४. समितिको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिएकोः

बीमा  बजारको  नियमन  एवं  प्रभावकारी  व्यवस्थापनका  लागि  बीमा  समितिको  सङ्गठन  संरचना  तथा  दरबन्दी  प्रक्रियालाई  समयानुकूल  बनाउन हाल कायम रहेको सङ्गठन  संरचना र दरबन्दीमा पुनरावलोकनहाल कायम रहेको सङ्गठन  संरचना र दरबन्दीमा पुनरावलोकनकायम रहेको सङ्गठन  संरचना र दरबन्दीमा पुनरावलोकन तथा  हेरफेर  गर्न  लागिएको  छ।  समितिको  बढ्दो  कार्य  प्रकृति,  नियमन  सुपरिवेक्षण सम्बन्धी कार्यमा भएको विस्तार, प्रदेश कार्यालयको स्थापना र बीमाका अन्तर्राष्ट्रिय मूलभूत सिद्धान्त बमोजिम समितिको कार्य अझै प्रभावकारी  बनाउने  उद्देश्यले  समितिको  सङ्गठन   संरचना  र  दरबन्दी  पुनरावलोकन गर्न लागिएको हो।

दरबन्दी पुनरावलोकनका लागि सङ्गठन  तथा व्यवस्थापन सर्वेक्षण गरी सुझाव सहितको प्रतिवेदन बुझाउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)सँग सम्झौता भएकोमा प्रतिष्ठानले उक्त अध्ययन सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन बुझाइसकेको छ। हाल उक्त सर्वेक्षण स्वीकृतिका क्रममा रहेको छ।

१५. बीमा क्षेत्रमा GoAM सफ्टवेयर लागूः

बीमा  क्षेत्रमा  हुने  शङ्कास्पद  कारोबार  र  तोकिएको  सीमाभन्दा  बढीको  प्रतिवेदन  वित्तीय  जानकारी  एकाइमा  पठाउन  बीमकहरूले  यसअघि  परीक्षणका रूपमा प्रयोग गर्दै आएको
GoAML सफ्टवेयर यस वर्षदेखि बीमकहरूमा  पूर्ण  रूपमा  लागू  भएको  छ। GoAML सफ्टवेयर  संयुक्त  राष्ट्र सङ्घ अन्तर्गतको निकाय United Nation’s Office on Drugs and Crime द्वारा विकास गरी संसारका झण्डै पाँच दर्जन राष्ट्रहरूले प्रयोग गर्दै आएका छनर GoAML सफ्टवेयरको प्रयोगबाट बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण तथा शङ्कास्पद कारोबार समयमै वित्तीय जानकारी एकाइमा प्रेषित भई सो सूचनाको विश्लेषण तथा अनुसन्धानमा थप मद्दत पुग्नेछ।

१६. बीमा सम्बन्धी जनचेतनामूलक सामग्रीहरू प्रकाशनः

आम नागरिकमा बीमाको पहुँच वृद्धि गर्न र बीमा क्षेत्रमा विद्यमान विकृति विसङ†गति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्यममा बीमा सम्बन्धी जनचेतनामूलक सामग्रीहरू प्रकाशन एवं प्रसारण गरिँदै आएको छ। यस क्रममा बीमा समितिद्वारा तयार गरिएका बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देश रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रका अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशित हुँदै आएका छन†। त्यसका लागि रेडियो नेपाल, नेपाल टेलिभिजन तथा गोरखापत्र संथानसँग छुट्टा छुट्टै सम्झौता समेत गरिएको छ ।

१७. नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सम्झौताः

समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) बीच गत फागुनमा सूचना आदान प्रदान एवं पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ। यस सम्झौता अनुसार बीमा कम्पनीहरूमा NFRS को कार्यान्वयनमा सहजीकरण गर्न तालिम कार्यक्रम आयोजना तथा यस सम्बन्धी प्राविधिक परामर्श  आदान  प्रदान  गर्ने,  बीमा  कम्पनीका  वित्तीय  विवरण  तथा  प्रतिवेदनको अध्ययन तथा विश्लेषणका सम्बन्धमा आपसी राय परामर्श आदान प्रदान गर्ने र बीमा कम्पनीका लेखा परीक्षणको राय तथा त्यसले पार्न सक्ने प्रभाव विश्लेषण लगायतका कार्यमा सहकार्य गरिनेछ।

१८. बीमा दाबी सम्बन्धी विवादको निरूपणः

बीमा ऐन, २०४९ ले बीमा समितिलाई बीमित र बीमकको बीचमा उत्पन्न हुने बीमा सम्बन्धी विवादमा मध्यस्थता गर्ने एवं बीमा दायित्व निर्धारणका सम्बन्धमा  बीमकका  विरुद्ध  बीमितले  दिएको  उजुरीमाथि  निर्णय  गर्ने  अर्धन्यायिक  निकायका  रूपमा  स्थापना  गरेको  छ  ।  बीमितले  दिएका  बीमा दाबी सम्बन्धी उजुरीहरूलाई प्राथमिकताका साथ निर्णय प्रक्रियामा सामेल गरी किनारा लगाइएको छ। चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म समितिमा दर्ता भई फैसला हुन बाँकी कुल २८८ उजुरीमध्ये फैसला तथा बीमा  समितिको  रोहबरमा  बीमक  र  बीमितबीच  आपसी  सहमति  तथा  मेलमिलापबाट  ९४  वटा  उजुरी  किनारा  लगाइसकिएको  छ।  अब  कुल  १९४ वटा मुद्दा किनारा लाग्न बाँकी छन् ।

१९. विभिन्न बीमकलाई जरिवानाः

बीमा  ऐन,  २०४९  बमोजिम  तोकिएको  समय  सीमाभित्र  बीमा  समितिमा  आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब किताबको लेखा परीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ११ वटा बीमकलाई प्रतिबीमक दस हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। साथै  बीमकहरूलाई  आगामी  आर्थिक  वर्षको  लेखा  परीक्षण  हिसाब  किताब समयमा नै पेस गर्न समेत ध्यानाकर्षण गरिएको छ। यसका साथै समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ उल्लङ्घन गर्ने अन्य दुईवटा बीमकलाई समेत प्रतिबीमक दश हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।