अभिकर्ता र सर्भेयरले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्नुनपर्ने, एक बर्ष गरे तीन बर्ष ढुक्क
काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुले यो आर्थिक बर्षदेखि प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्ने प्रावधान अन्त्य भएको छ।यो बर्षदेखि अभिकर्ता र सर्भेयरहरुले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने भएको छ। एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुने प्रावधान ल्याएसँगै बीमा अभिकर्ताहरुले प्रत्येक बर्ष लाइसेन्स नविकरण गनुपर्ने झन्झटबाट छुटकारा पाएका छन् ।
पूरानो ऐनमा प्रत्येक आर्थिक बर्षमा नविकरण गर्ने व्यवस्था रहेको थियो । बीमा प्राधिकरणको नयाँ ऐन अन्तर्गत बीमा अभिकर्ताले एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुन पाउनेछन् यस आर्थिक बर्षमा अभिकर्ताहरुले लाईसेन्स नविकरण गराएको खण्डमा तीन आर्थिक बर्षसम्म मान्य हुने प्राधिकरणले जनाएको छ।
बीमा अभिकर्ता तथा सर्भेयरले नविकरणको प्रकृया खोलेको अवधिदेखि चैत मसान्त भित्रमा लाइसेन्स नविकरण गरिसक्नु पर्ने व्यवस्था रहेको छ । लाइसेन्स नविकरणका लागि बीमा प्राधिकरणमा धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै समितिले अनलाइन प्रणालीको विकास गरेको छ ।
गत आर्थिक बर्षदेखि अनलाईनबाटै नविकरण शुल्क भुक्तानी गर्ने व्यवस्था रहेको छ।
अब भने जीवन बीमा अभिकर्ताले तीन बर्षमा वार्षिक नविकरण गराउनु पर्ने हुन्छ । यदि नविकरण भएको छैन भने उक्त अभिकर्ताले पोलिसी बिक्री गर्न पाउदैनन्।बीमा प्राधिकरणले भौतिक रुपमा नविकरण गर्नु पर्ने व्यवस्था समेत अन्त्य गरेको छ । सो कारण अभिकर्ताहरुले नयाँ लाइसेन्स लिन र नविकरण अनलाईनमार्फ नै गर्न पर्ने भएको छ।
प्राधिकरणले सफ्टवेयरमा अभिकर्ता स्वयंले आफ्नो नविकरण गर्न पाउने सुविधाका अतिरिक्त जीवन बीमा कम्पनीले आफ्नो अभिकर्ताको आफैले नविकरण गर्न सक्ने सुविधा पनि दिएको छ ।
प्राधिकरणले गत आर्थिक बर्षदेखि अनलाईनबाटै नविकरण शुल्क भुक्तानी गर्ने र एक पटक नविकरण गरेपछि तीन बर्षसम्मको लागि ढुक्क हुने व्यवस्था गरेको हो ।
I was suggested this website by my cousin. I am not sure whether this post is written by
him as nobody else know such detailed about my trouble.
You’re wonderful! Thanks!!