Uncategorized

पूँजी नपुर्याउने बीमा कम्पनीले नयाँ शाखा र कर्मचारी थप्न

पूँजी नपुर्याउने बीमा कम्पनीले नयाँ शाखा र कर्मचारी थप्न नपाउने, मर्जरमा दवाव

इन्स्योरेन्स खबर –प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १४:०८

काठमाडौं । बीमा समितिले अघोषित रुपमा बीमा कम्पनीहरुलाई नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक लगाएको छ । बीमा कम्पनीहरुलाई मर्जरका लागि दवाव दिने उद्देश्यले यस्तो गरिएको बीमा समितिले जनाएको छ ।

केहि कम्पनीहरुले मर्जरको संझौता गरिसकेको र केहि मर्जरको सहमतिमा पुगेका हुँदा नयाँ कर्मचारीको नियुक्तिमा रोक लगाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । मर्जरमा गएका कम्पनीहरुले नयाँ शाखा विस्तार र नयाँ कर्मचारीको भर्ना गर्दा मर्जरमा समस्या आउने भएकाले यस्तो किसिमको निर्देशन दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *