नौलो सुरक्षित जीवन बीमा योजना-१३

यस कम्पनीको सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् कम्पनीले समस्त बीमितहरु माझ नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याईएको हो ।
यस बीमामा १८ देखि ७० वर्ष सम्मको कुनै पनि  स्वस्थ व्यक्तिले प्रवेश गर्न पाउनेछन् भने अधिकतम बीमाङ्क आफ्नो आय आर्जनको आधारमा छनोट गर्न सक्नेछन् ।
मुख्य विशेषताहरुः
क) बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + आर्जित बोनश, बीमा अवधि समाप्तिमा        एकमुष्ट दिइने छ ।”
ख) बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा “बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ ।”
ग) दुर्घटना मृत्यु लाभ सुविधा (ADB)  लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम + आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।”
घ) दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त (ADB/PTD/PWB) सुविधा लिएका बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा “बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।”

यस बीमा योजना अन्तर्गतका केहि सुविधाहरुः

  •     यस बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा १% सम्म छुट पाउन सकिन्छ ।
  •     यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गर्नुको साथै ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त गर्नुको साथै बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९०% सम्म ऋण लिन सकिन्छ ।

यस ब्रोसरमा उल्लेखित जानकारीहरु सम्भाब्य सर्वसाधारण ग्राहकहरुलाई नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजनाको बारेमा बुझाउने र सिकाउने उदेश्यले राखिएको हो ।
यस बीमा योजना अन्तर्गत बीमालेखको अपवाद तथा नेपाल लाइफको विभिन्न नियम र सर्तहरू लागु हुनेछन् ।

********************************************************************************************************

जीवन बीमा तथा परामर्शको लागि सम्पर्क व्यक्ति

वरिष्ठ एजेन्सी मेनेजर (SAM)
शंकर थापा सोमई मगर
उप.महा.न.पा. – नेपालगंज, बाँके
मो.नं. – ९८५८०२९३११
इमेल – somai.insurancegroup@gmail.com
वेवसाइट – shankarsomai.com.np

 सुरक्षित वचत लगानी तथा नियमित सर्वाधिक बोनसदरको लागी नेपाल लाइफ इन्स्योरेन्स क. लि. 

 सुरक्षित जीवन बीमा योजना-CLOSE

सुरक्षित जीवन बीमा एक प्रकारको सावधिक बीमा योजना हो । जसमा बीमक (कम्पनी) र बीमित (ग्राहक) बिच भएको सहमति अनुसार एउटा निश्चित अवधि तोकि सो अवधिसम्म बीमाशुल्क तिर्नुपर्ने गरी बीमालेख जारी गरिन्छ । अरु बीमा योजनाको तुलनामा यो सुरक्षित बीमामा सबै भन्दा सस्तो किस्ता वा सस्तो न्यूनत्तम बीमाङ्क रु.२५,०००।– मात्रको बीमाङ्कदेखि पनि बीमा जारी गर्न सकिने भएको कारणले निम्न आयस्तर भएका व्यक्ति देखि अत्याधिक आम्दानी गर्ने सबैका लागि अतिनै उपयुक्त मानिएको छ । हाम्रो दैनिक खर्च हुने ६५ रुपैंयाको दैनिक सहकारी वचतले वार्षिक साँवा ब्याज सहितको कुल रकमले २० वर्षे अवधीको लागि बीमाङ्क ५,००,०००।– लाखको बीमा सजिलै गर्न सक्छौ । जसमा अवधि समाप्तिपछि बीमाङ्क र बीमा अवधिमा आर्जन गरेको समानुपातिक मुनाफा समेत एकमुष्ट अर्थात न्यून्त्तम ११ देखी १२ लाखसम्म रकम बीमितलाई नै भुक्तानी दिइन्छ । तर यदि बीमा अवधि भित्र बीमालेखको अधिनमा रहि कुनै पनि कारणबाट बीमितको प्राकृतिक मुत्यु कालगती वा दुर्घटना भएमा नियमानुसारको बीमाङ्क र समानुपातित आर्जन गरेको बोनस समेतको एकमुष्ट रकम बीमितको इच्छाइएको व्यक्तिलाई कम्पनीले भुक्तानी गर्नेछ । यस योजनामा १७ वर्ष देखि माथिका बीमितलाई ऐच्छिक सुविधाहरुको व्यवस्था भएतापनि उमेर ११ वर्ष लागेका र १७ वर्ष ननाघेका नाबालकहरुलाई १७ औं वर्ष पुरा भएपछि मात्र दुर्घटना/अपाङ्ग/अशक्त जस्ता ऐच्छिक सुविधाहरु सम्बन्धित शाखामा निवेदन दिई थप गर्न सकिने छ । साथै यस योजनामा नाबालकहरुको बढीमा बीमाङ्क २०,००,०००।– लाख सम्मको जीवन बीमा गर्न सकिनेछ । यद्यपी सो बीमाङ्क भन्दा बढीको बीमा गर्नु परेमा प्रस्तावक (आमा/बाबु) को बीमाङ्क बराबरसम्म मात्र बीमाङ्क कायम गरी बीमा थप गर्न सकिनेछ ।

 सुरक्षित जीवन बीमाको विशेषताहरु

बीमितको प्रवेश उमेर : ११ देखि ६० वर्ष सम्म
बीमाङ्क रकम : न्यूनत्तम रु.२५,०००।– देखी आयश्रोतको आधारमा
बीमा अवधि : न्यूनत्तम ५ देखि बढीमा ५० वर्ष सम्म
बीमा समाप्ति उमेर : ६५ वर्ष (परिपक्क उमेर)
शुल्क भुक्तानी तरिका : वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक
बीमा कर्जा सुविधा   : वार्षिक दुई किस्ता शूल्क बुझाए पश्चात
अधिकत्तम ADB सुविधा :  रु.१००,००,०००।– सम्म
अधिकत्तम PWB/PTD सुविधा: रु.१००,००,०००।– सम्म

  सुरक्षित जीवन बीमामा भुक्तानी प्राप्त हुने अवस्थाहरु

(क) बीमा अवधि समाप्तिसम्म बीमित जिवितै रहेमा 
बीमाङ्क रकम र आर्जित बोनस रकम एकमुष्ट भुक्तानी गर्नेछ ।

(ख) बीमा अवधिभित्र बीमितको मृत्यु कालगतिले भएमा 
बीमाङ्क रकम र आर्जित बोनस रकम इच्छाएको व्यक्ति वा नजिकको हकदारलाई एकमुष्ट भुक्तान गर्नेछ ।

(ग) बीमा अवधिभित्र बीमितको मृत्यु दुर्घटनाले भएमा 
बीमाङ्क रकम, आर्जित बोनस र Accidental Double Benifit (ADB) नयाँ व्यवस्था अनुरुप बीमाङ्क रकम अधिकत्तम रु.१००,००,०००।– सम्म थप समेत इच्छाएको व्यक्तिलाई भुक्तान गर्नेछ ।

(घ) सुरक्षित जीवन बीमामा दुर्घटनाबाट बीमितको अपाङ्ग–अशक्त भएमा 
बाँकी अवधिको बीमा किस्ता रकममा छुट तथा वार्षिक रुपमा अपाङ्ग–अशक्त राहत सुविधा प्रदान गर्नेछ ।