ऋण लिएर बीमा अभिकर्ता प्रमाणपत्र, अभिकर्ता पेशाबाटै आत्मनिर्भर


२०४३ सालमा बझाङ जिल्लामा जन्मिएकी रमा कुमारी उपाध्याय पेशाले बीमा अभिकर्ता हुन् । २०७१ सालदेखि बीमा अभिकर्ता पेशामा प्रवेश गरेकी उनी अहिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् ।
बीमा अभिकर्ता पेशाले आत्मनिर्भर भएकी रमाको जन्म सामान्य घर परिवारमा भएको थियो । सामान्य परिवारमा जन्मिएकी रमाको बाल्यकाल पनि सामान्य तरीकाले नै बित्यो । सबैको जीवनमा आ—आफ्नै कथा हुन्छन्, आफ्नै व्यथा पनि । रमाको पनि त्यस्तै कथा छ ।

त्यो समय माओवादी जनयुद्ध चर्किएको थियो । त्यही युद्धकै कारणले १७ वर्षे बालिकाको सिउँदो रङिगन् पुग्यो । सानै उमेरमा बैबाहिक जीवनमा बाँधिन पुगेकी रमा आफ्नो दैनिकी कसरी गुँजारा गर्ने भन्ने कुरामा अन्योलमा थिईन् । उनलाई आफ्नो भविष्य के होला भन्ने कुराले सधै सताउथ्यो । सोचै सोच अनि अन्यौलता नै अन्यौलतामा उनको बैबाहिक जीवनको १० वर्ष पूरा भयो । के गर्ने कहाँ जाने, आफ्नो जीवन कसरी गुजारा गर्ने छट्पटिले उनको रात रात नै हुँदैन थियो ।
बिवाह भएको १० वर्ष पछि भने उनको जीवनले मोड लियो । भविष्यको बारेमा छट्पटिएकी रमालाई त्यहि समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ता भएर काम गर्ने अवसर मिल्यो ।

२०७१ सालको दशै तिहार मनाउनका लागि उनी बजाङ गएकी थिईन् । त्यो समय रमालाई बझाङका ब्राञ्च म्यानेजरले बीमा अभिकर्ता बन्ने सल्लाहा दिएका थिए । उनकै सल्लाहमा रमाले बीमा अभिकर्ता पेशालाई रोज्न पुगिन् । बीमा अभिकर्ता पेशाको इजाजत पत्र लिनका लागि उनले अरुबाट ऋण लिएकी थिईन् । वि.स.२०७१ सालतिर उनले जीवन बीमा अभिकर्ताको लाइसेन्स लिएकी थिईनन् । २०७१ सालतिर अभिकर्ता पेशाको लाइसेन्स लिएपछि उनले काम शुरु गरिन् । चुलो चौका मै थन्किएर रहेकी रमा अब एउटी कर्मचारीको रुपमा चिनिईन् ।

बीमा अभिकर्ताको लाइसेन्स लिएपछि उनले शुरुको बीमा आफ्नै आफ्न्त, छरछिमेकको गर्न थालिन् । आफ्न्त अनि छरछिमेकले आफ्नो बीमा प्रस्ताव सहजै स्वीकार गरेपछि उनमा यो पेशा मै केही गर्छु भन्ने भावना जागेको थियो ।
साच्चै नै बीमा अभिकर्ता पेशा उनको लागि जीवनको अमूल्य पेशा भई दियो । रमा यही पेशामा आए पछि आफ्ना आवाजहरु खुलस्त पोख्न सक्ने भईन् । बीमा अभिकर्तामा काम गर्दै जाँदा मासिक १०÷२० हजार सम्म कमाउन सफल भईन्, जुन उनको लागि जीवनको पहिलो कमाई थियो ।

जो कोही पनि आर्थिक रुपमा सक्षम हुँदा व्यक्तित्व विकास पनि हुने उनको भोगाई छ । बीमा क्षेत्र मै आएर उनले बल्ल यो कुराको महशुस गर्न पाईन् । आर्थिक रुपमा सबल भए पछि आफुमा आत्मबलको सृजना हुने र अरु कसैलाई सानोतिनो खर्चको लागि हात फैलाउन नपर्ने उनको भोगाई छ ।

राम २०७२ सालको भुकम्पपछि धनगढी पुगिन् । त्यो समयसम्ममा उनको जीवनमा धेरै परिवर्तन आईसकेका थिए । त्यसकै प्रभावले गर्दा आफु स्वतन्त्र भएर काम गर्न सकेको उनले बताईन् । बीमा क्षेत्र मै आएपछि उनले आफ्नो पढाईलाई निरन्तरता दिन सफल भईन् । बीमा कै योगदानले रामाले एमएमको डिग्री हात पारिन् । “आफैले काम गरी त्यो सफलता हात पार्नु मलाई अभिकर्ता पेशाले नै साथ दिएको थियो”, उनले आफ्नो विगत सम्झदै भनिन् ।

“बीमा क्षेत्रमा आउनु पूर्व घरभित्र मात्र सिमित थिए, त्यो मेरो बाध्यता थियो । अहिले स्वतन्त्र रुपमा काम गर्ने मौका पाएकी छु । स्वतन्त्रतको वातावरणमा रम्न पाएकी छु । यही पेशा अगाले पछि मैले स्वतन्त्रताको अनुभव गर्न पाए ।” उनले आफ्नो अनुभव साटिन् । आज यही पेशाले गर्दा रमा हजारौँ मानिसहरुका अगाडि उभिएर बोल्न सक्ने भएकी छिन् । सबै सामु निडर भएर बोल्न सक्ने क्षमता बीमाले प्रदान गरेको उनको अनुभव छ ।

अभिकर्ता पेशामै आए पछि उनको परिचय फेरिएको छ । उनलाई समाजले हेर्ने दृष्टिकोणमा फरकपन आएको छ । विगत ६ वर्षदेखि अभिकर्ता पेशामा जोडिएकी रमा कुमारी अभिकर्ता पेशालाई स्वतन्त्र पेशाका रुपमा लिन्छिन् । “यो क्षेत्र भनेको अरुले भनसुन लाएर प्रगति गर्नु वा नातावादको कृपाले भन्दा पनि आफ्नै संघर्षले अघि बढ्ने क्षेत्र हो । उनले भनिन् ।”

अभिकर्ता पेशामै आए पछि उनको परिचय फेरिएको छ । उनलाई समाजले हेर्ने दृष्टिकोणमा फरकपन आएको छ । विगत ६ वर्षदेखि अभिकर्ता पेशामा जोडिएकी रमा कुमारी अभिकर्ता पेशालाई स्वतन्त्र पेशाका रुपमा लिन्छिन् । “यो क्षेत्र भनेको अरुले भनसुन लाएर प्रगति गर्नु वा नातावादको कृपाले भन्दा पनि आफ्नै संघर्षले अघि बढ्ने क्षेत्र हो । उनले भनिन् ।”
अभिकर्ता पेशालाई सामाजिक पेशा, सेवकको रुपमा हेर्ने रमा भन्छिन्, सहयोगको भावनामा काम गर्ने मान्छे अभिकर्ता हो, सेवक हो उनले भनिन् । कसैको पनि कुभलो नसोच्ने, असल, इमान्दार, आफ्नो फाइदा भन्दा पनि अरुको फाइदा होस् भन्ने भावना असल बीमा अभिकर्ता पेशामा हुनुपर्ने उनको तर्क छ ।

एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुणहरु हुनुपर्ने तर्क उनको छ । अभिकर्ता आफ्नो पेशाप्रति लगनशिल र निरन्तर रुपमा लागि पर्नुपर्ने भएर रमाको अनुभव छ । निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यो पेशामा सफल हुन सक्ने अनुभव छ रमामा छ । अभिकर्तामा धैर्यता हुनुपर्ने रमाले बताईन । मेहनती, इमान्दार, सहनशीलता, धैर्यता, बीमा बुझाउन सक्ने गुणहरु मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्ने रमाको भोगाई छ । “अभिकर्ता पेशाका राम्रा पक्षका साथमा नराम्रा पक्ष हुने उनको तर्क छ । आर्थिक रुपमा सबल हुनु, समाजमा राम्रो परिचय बन्नु जस्ता सबल पक्ष बीमा अभिकर्ता हन् । उनले भनिन् ।”

“बीमा भनेको बचत गर्ने बानी हो । बीमा गर्नु जो सुकैलाई पनि आवश्यक छ, भैपरि रुपमा आउने जोखिमलाई सामना गर्न बीमाले सहयोग गर्दछ । रमाले भनिन् ।” बिए पढ्दै गर्दा रमाले आफ्नी मिल्ने साथीको श्रीमानको बीमा गराएकी थिईन् । आफ्नो बीमा प्रस्तावलाई उनीहरुले सहजै स्वीकार गरेका थिए रमाले विगत सम्झदै भनिन् । “समय वित्दै जाँदा बीमा गरेको २÷३ वर्षमै उनको मृत्यु हुन् पुग्यो । उनका श्रीमान साथ नभए पनि उनले बीमा गरेका थिए । त्यहि बीमा नै उनीहरुको जीवनको साहारा भएको थियो ।” उनले भनिन् । रमासँग बीमा गराउँदाका यस्ता अन्य थुप्रै कथाहरु छन् । भोगाईहरु पनि । यीनै भोगाई र आफ्ना अनुभवलाई समेटेर रमा कुमारी उपाध्यायको आगामी दिनमा पनि यही पेशालाई निरन्तरता दिने सोच छ ।

————————————————————————————————————

 

बीमा अभिकर्ता पेशालाई मर्यादित र व्यवस्थित गर्नुपर्दछ


सुदिप थापा, सिनियर एजेन्सी म्यानेजर, नेपाल लाइफ इन्स्योरेन्स

पर्साका सुदिप थापा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । थापाको नाम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको सूचिमा १० नम्बरमा आउँछ । विगत ३ वर्षदेखि थापा पश्चिमाञ्चल प्रथम हुँदै आएका छन् ।

आफ्नै व्यापार व्यवसाय र पत्रकारीता क्षेत्रमा कलम चलाउँदै आएका सुदिपलाई बीमा क्षेत्रले आकर्षण गर्यो । विभिन्न पत्रपत्रिका, टेलिभिजनमा आउने हरेक समाचार पढ्दा, सुन्दा वा आफैले रिर्पोटिङ गर्दा नेपाली समाजमा थोरै मान्छे मात्रै जीवन बीमा भित्र आउने तथ्याङ्क भेट्थे उनी । नेपाल जस्तो जोखिमयुक्त मुलुकमा पनि यो क्षेत्र किन माथि उठ्न सकेन भन्ने जिज्ञासा उनको मनमा जागिरहेको थियो । थापाको मनमा नेपाली समाजमा जीवन बीमाको आवश्यकता भएता पनि किन अगाढी बढ्न सकेन यो क्षेत्र ? भन्ने लागिरहन्थ्यो । बीमा क्षेत्रको तुलनामा बैंकिङ् क्षेत्र निकै माथि उठेको थियो, जति बेला उनको मनमा बीमा प्रति जिज्ञाशा जागेको थियो । त्यो बेला कुल जनसंख्याको लगभग ५ देखि ६ प्रतिशत मानिस मात्र जीवन बीमाको दायरा थिए । बीमा सेवामा प्रवेश गरेर केही गर्छु भन्ने दृढ संकल्प मनमा लिएर उनी यो क्षेत्रमा प्रवेश भए ।

मनमा उत्पन्न भएको बीमा सम्बन्धि जिज्ञासालाई साथमा लिदैँ सुदिप थापा वि.स. २०६७ मा अभिकर्ता पेशामा जोडिए । आफन्त पर्ने दाईको सिफारिसमा थापा अभिकर्ता पेशामा आवद्ध भए । उनले थापालाई बीमा अभिकर्ता बन्नका लागि जोड गरेका थिए । तीनै दाईको मार्गदर्शन र स्वंम आफैमा भएको इच्छालाई एकत्रित गरेर थापा अभिकर्ता बन्न पुगे । हुन् त थापामा पनि भित्रैदेखि बीमा क्षेत्रलाई नजिकबाट नियाल्ने मन नभएको पनि हैन् । बीमा क्षेत्रमा प्रवेश गर्न कि त कर्मचारी, कि त अभिकर्ता नै भएर मात्र सम्भव थियो । समयका हिसाबले अभिकर्ता पेशा उचित लागरे उनी यो पेशामा आए । अध्ययन गर्दै जादाँ अभिकर्ता पेशामा नै केही गर्न सकिन्छ भन्ने भावना जाग्यो । जीवन बीमा सम्बन्धि अध्ययन, अनुसन्धान गर्दै जादाँ थापामा विश्वास जागेको थियो कि यो पेशा पनि राम्रो पेशा हो । बीमा बजारमा सक्षम अभिकर्ता भएर काम गर्न सक्छु भन्ने थापालाई लागेको थियो ।

शुरुमा त उनलाई अभिकर्ता पेशामा लागेर समाजमा आफुले सकेसम्म बीमा सम्बन्धि सचेतना फैलाउन सक्छु भन्ने मात्रै थियो । पत्रकारिता क्षेत्रबाट अभिकर्ता पेशामा लागेका थापालाई आज यो स्थानसम्म आइपुग्छु भन्ने नै लागेको थिएन । थापाले सोचे भन्दा बढी उपलब्धि यो क्षेत्रमा पाए । आफुले सोचेको भन्दा धेरैको साथ पाए, मान पाए, सम्मान पाए । “सूचनाको संवाहक भएर मात्र रहन्छु भन्ने थियो । म दौडन खोजेको जुन एउटा मिटर थियो, त्यो भन्दा बढी नै पार गरे भन्ने लाग्छ” थापाले विगत सम्झदै भने । ६७/६८ मा अभिकर्ता पेशाको लाइसेन्स लिए पनि ७०/७२ सालदेखि मात्रै पूर्ण रुपमा यो पेशालाई समय दिए । ३÷४ वर्षको निरन्तर यात्रामा आफुले सोचेको भन्दा पनि धरै सफलता पाएको थापाको अनुभव छ ।

थापा भन्छन्, बीमा क्षेत्र बुझेको व्यक्ति अभिकर्ता हो । बीमा क्षेलाई विशुद्ध क्षेत्र बनाउँछु भन्ने संकल्प लिएर अघि बढ्ने व्यक्ति अभिकर्ता हुन् । बीमाभित्र रहेर समाजको अध्ययन गर्नु, समाजले बीमा गर्ने घर परिवारले के कस्ता खालको बीमा पोलिसी खोजिरहेको छ, उसको खोजाई अनुसारको बीमा पोलिसी बुझाउने खालको क्षमता बीमा अभिकर्तामा हुनुपर्ने उनको अनुभव छ । “समाजमा आज पनि बाध्यात्मक रुपमा बीमा गराउँने परम्परा कायम नै छ ।” बीमितलाई प्रष्ट रुपमा बीमाका बारेमा बुझाउन सक्ने क्षमता बीमा अभिकर्तामा हुनुपर्ने कुरामा थापाको जोड छ । जस्तासुकै बीमाका प्रश्न आए पनि सजिलै समाधान गर्न सक्ने गुण जुनसुकै बीमा अभिकर्तामा हुनुपर्ने उनले बताए ।

थापाले बीमा अभिकर्ताको लाइसेन्स लिएपछि आफ्नै बीमा गरी अभिकर्ता पेशाको यात्रा आरम्भ गरे । ‘सबैभन्दा पहिले आफु नै सुरक्षित भएर अरुलाई सुरक्षित बनाउँने सोचले पहिलो बीमा आफ्नै गरे’ सुरुवाती दिन सम्झदै थापाले भने ।
झण्डै १० वर्षअघि अभिकर्ता पेशामा जोडिन पुगेका थापा यो पेशामा लागेर सन्तुष्ट छन् । अभिकर्ता पेशामा जोडिने सबै व्यक्तिहरु सफल नभएको उदाहरण दिदैँ थापाले अभिकर्ता पेशालाई पार्ट टाइमको पेशाको रुपमा नलिई व्यवसायको रुपमा अगाढी बढाउनुपर्ने कुरामा जोड दिन्छन् । बीमा प्रस्ताव लिएर जानु अगावै आफुले लिएर जान लागेको बीमा पोलिसीको बारेमा पोख्त हुनुपर्छ । थापा भन्छन्, अभिकर्ताको काम फर्म भर्ने मात्रै हैन्, आफुले गराएको बीमाको अवधि पूरा नहुञ्जेसम्म बीमितलाई साथ, सेवा दिनु पनि हो ।

अभिकर्ता पेशा अभिकर्ताबाटै सम्मानित हुन् नसकेको थापाको गुनासो छ । एउटा अभिकर्ताले डिल गरेको बीमालाई अर्को अभिकर्ताले त्यो बीमालाई विगारी दिने परिपाटी नेपाली बीमा बजारमा रहेको उनले बताउने थापा भन्छन्, अभिकर्ता अभिकर्ताबाटै सुरक्षित छैनन् । यस्तो अवस्थामा सरकारले उचित खालका नीति तथा नियम ल्याई दिनु पर्दछ ।

अभिकर्ता पेशाको लाइसेन्स वितरणमा देखिएको फितलोपनलाई समीक्षा गर्नुपर्ने थापाको जोड छ । ‘अत्यधिक रुपमा सरल तथा बीमा सम्बन्धि साधारण ज्ञान नै नदिई अभिकर्ताको लाइसेन्स दिने परिपाटीलाई नियमनकारी निकायले चासोको रुपमा लिनुपर्छ’ थापाले भने । अभिकर्ता पेशाको लाइसेन्सका लागि चाहिने शैक्षिक योग्यतालाई मध्यनजर गर्दै थापा भन्छन्, बीमा गराउने भनेको संवेदनशिल तथा सचेत नागरिकले हो । अन्य क्षेत्रको लाइसेन्स दिदाँ जसरी परीक्षा लिईन्छ, अभिकर्ता पेशाको लाइसेन्स दिदाँ पनि परीक्षा लिने नीति सरकारले ल्याई दिने हो भने बजारमा सक्षम बीमा अभिकर्ता मात्रै हुन्छन् ।

अभिकर्ता पेशामा प्रवेश गर्न चाहाने व्यक्तिहरुलाई लक्षित गर्दै थापाले अभिकर्ता पेशामा सम्भावना रहेको बताए । नेपालको बीमा बजारलाई बुझेर यो पेशामा प्रवेश गर्ने व्यक्तिहरु सफल हुन सक्ने उनको तर्क छ । समय दिएर यो क्षेत्रमा भएका सम्भावनाका बारेमा अध्ययन गरेर, आत्म विश्वासका साथ यो पेशामा प्रवेश गर्नेहरुको भविष्य उज्जवल   हुनेछ ।

———————————————————————————————————

 

हेडमास्टर छोडेर अभिकर्ता बनेकी जैसरा एमडिआरटीमा प्रवेश गर्ने नेपालकै पहिलो महिला


(जैसरा शर्मा पंगेनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा हाल सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् । जैसरा एमडिआरटीमा प्रवेश गर्ने प्रथम नेपाली महिला हुन् । उनी विगत १० वर्षदेखि अभिकर्ता पेशामा लागेकी हुन् ।)

नेपाल सरकारको जागिरे जीवनपछि घर, परिवार, रिफ्रेस, आनन्दलाई चटक्कै छोडेर सिधैं बीमा व्यवसायमा प्रवेश गरेकी पर्वतकी जैसरा शर्मा पंगेनीले सरकारी सेवा पुनः सम्झनु परेको छैन ।

पर्वतकी एक सरकारी विद्यालयकी हेडमास्टर जैसरा शर्माले अनिवार्य अवकाससँगै नयाँ क्षेत्र रोजिन बीमा अभिकर्ता । २० वर्ष विद्यालयमा साना–साना बालबालिकालाई शिक्षा दिने काममा त्याग गरेकी शर्माले अवकासपछि जीवन बीमा अभिकर्ता बनेर समाज सेवा गर्ने भन्दै बाँकी जीवन समर्पित गरिन् ।

जगिरे जीवनको दौडधुप, थकान, प्रतिस्पर्धीले गर्ने खुराफातसँगको पौठेजोरीपछि मानिसले आनन्दको समय खोज्नु स्वाभाविकै हो । जागिरको उत्तराद्र्धमा पुगेपछि कहाँ गएर रिफ्रेस हुने ? परिवारसँग कति समय बिताउने ? भन्ने सम्मको योजना बनाउने गरेको पाइन्छ । कतिपयले त पहिल्यै परिवार तथा आफन्तको नाममा व्यवसाय चलाएर अवकासपछिको सुरक्षित अवतरण समेत जागिरमै रहँदा तयार पारिसकेका समेत हुन्छन् । तर, जैसराले भने पर्वतको हेड मास्टरको जागिर छोडेर कुनै संकोचबीना जीवन बीमा क्षेत्रमा प्रवेश गरिन् ।

नेपाली समाज पितृसत्तात्मक समाज, जहाँ पुरुषको तुलनामा महिलालाई कमजोर ठानिन्छ । निर्णय प्रक्रियामा पनि कम स्थान दिईन्छ । पुरुषको तुलनामा थोरै मात्र महिला सफल हुन्छन् । जागिरको अवकासपछि जैसरा शर्मा पंगेनी बीमा अभिकर्ता पेशामा आवद्ध हुन् पुगिन् ।

पर्वत, हुवास गाविस वडा न. ७ मा जन्मिएकी जैसरा जागिरबाट अवकास पाएपछि काठमाडौँ आईन् । अवकास पाएपनि उनमा काम गर्ने जोश जागिर जीवितै थियो । त्यही जोश र जागरलाई जैसराले बीमा क्षेत्रमा उपयोग गर्न चाहिन् । जागिर के गर्ने त भन्ने तनाव मनमा छँदै थियो । यसै शिलसिलामा उनी बीमा अभिकर्ता पेशामा जोडिईन् ।

बीमा अभिकर्ता पेशाको तालिममा सहभागि भएपछि यहि पेशामै लाग्ने निधो गरिन् र लाईसेन्स पनि लिईन् । लाइसेन्स लिइसकेपछि जैसराले पहिलो बीमा भाइको गरिन्, जो सिए थिए । जैसरालाई तालिममा शुरु शुरुमा बीमाको प्रस्ताव लिएर आफन्तकोमा जानुस् सजिलो हुन्छ भन्ने सिकाएका थिए । सोही बमोजिम जैसराले आफ्नै भाइबाट अभिकर्ता पेशाको थालनी गरिन् । उनले जे सिकिन् त्यहि गरिन् ।

तालिम त लिईन्, नयाँ काम कसरी सफल हुने थाहा थिएन । बीमा कसको गर्ने होला भन्ने दोधारमा थिईन् उनी । भाईले बीमाको प्रस्ताव स्वीकार गरेपछि उनलाई हौसला मिल्यो । र उनी अघि बढ्दै गईन् ।

अभिकर्ता पेशालाई सामाजिक पेशा तथा सर्वोत्कृष्ट पेशाका रुपमा लिँदै जैसराले भनिन्, “अभिकर्ता पेशा यस्तो पेशा हो, जहाँ लागे पछि सबै कुरा पाईन्छ । आर्थिक पाटो, इज्जत, पब्लिक रिलेशनलगायत समाजमा सामाजिक कार्य गर्न पाईन्छ । सबै दृष्टिकोणले हेर्दा अभिकर्ता पेशा उत्तम पेशा हो । बीमा अभिकर्ता त्यस्ता व्यक्ति हुन्, जसले समाजमा छरिएर रहेको ससाना पैसालाई टिपेर ल्याएर ठुलो ठुलो फण्ड सृजना गर्ने, जोखिममा रहेका आमजनमानिसलाई सानो रकम तिरेको आधारमा भोलि भविष्यमा हुने जोखिमलाई सामना गर्न सघाउँछन् ।”

आफु आवद्ध भएको कम्पनी कुन हो, त्यो कम्पनीमा के कस्ता खालका बीमा पोलिसिहरु छन्, कुन व्यक्तिलाई कस्तो पोलिसि आवश्यक छ भन्ने लगायतका कुरामा जो सुकै अभिकर्ता पनि जानकार हुनुपर्ने जैसराको अनुभव छ । इमान्दारिता, निरन्तरता, धैर्यता, समयमा चलायमान रहनुपर्दछ ।

जैसरा सानैदेखि पढाईमा अब्बल थिईन् । पर्वत जिल्लामै पहिलो महिला हेड टिचर बन्न सफल जैसरा अभिकर्ता पेशामा पनि उनको नाम अगाडि नै आउँछ । नेपालको बीमा अभिकर्ता इतिहासमा जैसरा एमडिआरटीमा प्रवेश गर्ने पहिलो नेपाली महिला हुन् ।

शिक्षक पेशा र अभिकर्ता पेशामा उनले धेरै अन्तर पाईन् । शिक्षक पेशामा विधालय गयो आयो । बाहिरी मान्छेसँग भेट नहुने । एकोहोरो पेशा थियो । यो पेशामा जोडिएपछि जैसराले आफैमा परिवर्तन भएको पाईन् । आर्थिक रुपमा अझ सबल हुँन पुगिन् । सबै तह र तप्काका मानिससँग भेट हुने अवसर पाईन् ।

सरकारले पनि अभिकर्तालाई आर्थिक पाटोको मेरुदण्ड हुन् भनेर बुझ्न जरुरी रहेको उनले दावी गरिन् । । जैसरा भन्छिन्, “जीवन बीमा सबै जनालाई नभई नहुने कुरा हो । तर आज पनि नेपाली समाजमा जीवन बीमालाई बुझ्ने थोरै छन् । बुझेर बीमा गर्ने मान्छे थोरै छन् । म अहिले धनी छु । मेरो आम्दानी पनि राम्रो छ । यस्तो अवश्थामा मलाई बीमा किन चाहियो र भन्ने खालका मानिसहरु पनि बजारमा पाईन्छन् । तर समय एकैनास नहोला । हामी सधै यहि अवश्थामा रहि रहदैनौँ । समयसँगै हाम्रो उमेर सकिन्छ । उमेर छँदै, कमाई छँदै बीमा गर्ने हो भने बुढेसकालको लौरो जीवन बीमा बन्न सक्छ । ”

अभिकर्ता पेशामा निरन्तर लागि परे सम्भावना रहेको उनले बताईन् । धर्यता र निरन्तर रुपमा लागि पर्ने जो कोही पनि सफल हुने उनको अनुभव छ । “यो पेशा सजिलै सफल हुने पेशा त होईन । लडेपछि उठिन्छ भन्ने आटलाई भने लिएर हिड्नु पर्छ । ” जैसराले भनिन् ।