Uncategorized

तालिम सम्पन्न मंसिर २८, २०७४

तालिम सम्पन्न मंसिर २८, २०७४

बाँसगढी ।। २०७४ मंसिर २८ गते बुधवारका दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को शाखा कार्यालय नेपालगंजदकाे रहाेवरमा आधारभुत अभिकर्ता तालिम बाँसगढीको माछापुच्छे होटेलमा मिती २०७४ मंसिर २७ र २८ गते सम्म दुइ दिने कार्यक्रम स‌ंचालक तथा बिमकका कर्मचारी श्री राम कुरेश थारु ज्यू बाट मिति २०७४ मंसिर २७ गतेका दिन संचालनमा जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीले प्रस्तुत गरेका याेजनाहरु बारे जानकारी गराउनु भएकाे थियाे ।

मंसिर २८ गते बुधबारका दिन नेपालगंज कार्यालयका शाखा प्रमुख श्री विनोद कुमार खड्का ज्यू  र वरिष्ठ एजेन्सी मेनेजर–शंकर थापा सोमई मगरकाे पनि सहभागीता रहेकाे थियाे । संचालित कार्यक्रमा शाखा प्रमुखबाट मुख्यतः नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे बारेमा स्पष्ट पार्दै विभिन्न बीमक कम्पनीले मुनाफा अनुसार आ–आफ्नो बाेनसदर कायम गरेकाे छ त्यही बाेनसले बीमितलाइ ताेकिएकाे अवधी पछि भुक्तानीमा के कसरी कति सम्म रकम फरक पर्न सक्छ भन्ने कुराकाे अवगत गराउनु भएकाे थियाे भने कार्यक्रम संचालनमा नेपालगंज वरिष्ठ एजेन्सी मेनेजर–शंकर थापा सोमई मगरबाट पनि कम्पनीका विभिन्न योजनाहरु मध्ये एकै बीमा किस्ताले पनि विवाहित दम्पती दुबैकाे बीमा गर्न सकिने कम्पनीकाे जीवन सारथी बीमा याेजना र जाेखिम वहन चाहाने तर पटक पटक किस्ता तिर्न नसक्ने बीमितकाे लागि जीवन ज्याेती बीमा याेजनाकाे बारेमा बाेल्दै यिनी बीमाले बीमितलाइ कसरी कित सम्म फाइदा हुन सक्दछ भन्ने कुरा स्पष्ट पार्नु भएकाे थियाे साथै बीमा अभिकर्ताले बीमा व्यवसाय गर्दा ध्यान दिनु पर्ने कुराकाे जानकारी पनि गराउनु भएकाे थियाे ।

कार्यक्रमकाे अन्तमा तालिमकाे समिक्षा क्रममा एजेन्सी मेनेजर शिवराज थारु ज्यू, कनैयालाल थारु ज्यू, माेतीराम चाैधरी जंयू र सुशिला चाैधरी ज्यूहरु बाट आ–आफ्नो मन्तव्य राख्नु भएकाे थियाे साथै तालिममा वीगत लामो समयदेखी बीमा व्यवसायमा योगदान पु¥याउनु हुन एजेन्सी मेनेजर पार्वती पौडेल ज्यू र पुष्पा चौधरी ज्यू को पनि उपस्थित रहेको थियो र शाखा प्रमुखबाट तालिमकाे समापनकाे घाेषणा गर्नु भएकाे थियाे ।
धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *