Uncategorized

तालिम सम्पन्न पुष ०८, २०७४

तालिम सम्पन्न पुष ०८, २०७४

नेपालगंज ।। २०७४ पुष, ०८ गते शनिवारका दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय नेपालगंजका बरिष्ठ एजेन्सी मेनेजर तथा सोमई इन्स्योरेन्स ग्रुपका अपरेटर श‌ंकर थापा सोमई मगर को रहोवरमा नेपालगंजको ROYAL HOTEL BANKE  मा एक दिने आधारभुत अभिकर्ता तालिम स‌ंचालन भएको थियो ।
सो तालिममा अतिथीको रुपमा नेपालगंज शाखा कार्यालयका शाखा प्रमुख श्री विनोद कुमार खड्का ज्यूको सहभागीता रहेको थियो । संचालित कार्यक्रममा शाखा प्रमुखबाट मुख्यतः कम्पनीको बारे तथा यस बीमकले प्रस्तुत गरेको बोनस दर जुन अवधी अनुसार रु.६५ देखि ८२ सम्म अर्थात वार्षिक बीमाङ्क १,००,००० बराबरको बीमामा न्यून्त्तम रु.६,५०० देखि अधिक्तम रु.८,२०० सम्म प्रत्येक वर्ष बीमितको नाँउमा जम्मा गरिदिन्छ र जुन बीमितको अवधि अनुसार एकमुष्ट भुत्तानी हुनेछ । र कार्यक्रम संचालनको दौरानमा बालबालिकाहरुको लागि शिक्षा तथा विवाह बीमा योजनाबारे समेत अवगत गर्नु भएकोे थियो । कार्यक्रम संचालक वरिष्ठ एजेन्सी मेनेजर बाट कम्पनीका विभिन्न योजनाहरु मध्ये सावधिक जीवन बीमाको सुरक्षित जीवन बीमा, आजिवन बीमाको जीवन सहारा बीमा, वचतमा सस्तो पर्ने जीवन ज्योती बीमा जसलाई सावधिक अवधिलाई घटाएर बीमितले इच्छाएको अनुसार एकल (एकै पटक), वार्षिक ५ पटक वा वार्षिक १० पटकमा रकम तिर्दा बीमितलाई अन्य बीमा योजनाको किस्ता भन्दा यसको किस्ता थोरै पर्ने र अग्रिम फिर्ता बीमाहरु मध्यको बजारमा चलेको नौलो जीवन सम्बृद्धि बीमा अभिकर्ताहरु माँझ प्रस्तुत गर्नु भएको थियो । यो नौलो जीवन सम्वृद्धि बीमालाई १०, १५, २० र २५ वर्ष अवधि छनौट गर्न सकिने, जुन बीमा अवधि समाप्त हुनु अगावै प्रत्येक ४/४ वर्षको अन्तरालमा सम्पूर्ण बीमाङ्क रकम फिर्ता भई सक्ने र बीमा अवधि समाप्तिमा एकमुष्ट बोनस रकम भुत्तानी कम्पनीले गर्नेछ भनी बताउनु भएको थियो ।

कार्यक्रमको अन्ततिर यस कार्यक्रमका संचालकलाई प्रत्येक्ष र अप्रत्येक्ष रुपमा विशेष योगदान तथा बीमा व्यवसायको रुपमा सहयोग पु¥याउनु हुने एजेन्सीहरु क्रमशः नेपालगंज–१, बाँकेमा स्थाई बसोबाँस गर्नुहुने व्यवसाय संयोजक श्रीमती नानीमाया पुरी ज्यू, गुलरिया–७, बर्दियामा बसोबाँस गर्नुहुने अभिकर्ता श्रीमती विमला पौडेल ज्यू, कोटमौरा–२, सल्यानमा बसोबाँस गर्नुहुने अभिकर्ता श्री तुल्सीराम बस्नेत ज्यू र कोहलपुर–७, बाँकेमा बसोबाँस गर्नुहुने अभिकर्ता युवराज कुमार चौधरी ज्यू हरुलाई व्यवसायको आधारमा मायाको चिनो प्रदान गरिएको थियो । साथै तालिमको समिक्षा क्रममा क्रमशः बी.सी. श्रीमती नानीमाया पुरी ज्यू, श्रीमती विमला कुमारी पौडेल ज्यू, श्री तुल्सीराम बस्तेत, श्री युवराज कुमार चौधरी ज्यू र बार बर्दिया–७, बर्दिया स्थाई बसोबाँस गर्नुहुने श्री ऋषीराम अर्याल ज्यु हरुबाट आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । तालिममा वीगत लामो समयदेखी बीमा व्यवसायमा योगदान पु¥याउनु हुन एजेन्सी मेनेजर श्री आदित्य रावल ज्यू को पनि उपस्थित रहेको थियो ।
अन्तमा शाखा प्रमुखबाट तालिमको समापनको घोषणा गर्नु भएको थियो ।
धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *