जीवन सारथी बीमा योजना -६३
जीवन सारथी बीमा योजना यस कम्पनीबाट प्रस्तुत अन्य बीमा योजना भन्दा नौलो खालको जीवन बीमा हो । एउटा व्यक्तिले आफ्नै मात्र जीवन बीमा गर्न सकिने प्रावधान रहेकोमा यस “जीवन सारथी” बीमा योजनामा श्रीमान् श्रीमती दुबैको संयुक्त जीवन बीमा एउटै बीमालेखबाट हुन सक्नु नै यस योजनाको सुन्दर पक्ष हो । यसबाट पारिवारिक वातावरणमा एउटा सुमधुर सम्बन्ध स्थापित भइरहनेछ । शिक्षित भई आय आर्जनमा लागेका विवाहित महिला दाम्पत्य जीवनलाई ध्यानमा राखी यो जीवन सारथी बीमा योजना तर्जुमा गरिएकोे छ । यस जीवन सारथी बीमा योजनामा ग्राहकहरुलाई अन्य जीवन बीमाहरुमा जस्तै कर्जा समर्पण मूल्य (Paid Up Value) दिन सकिने व्यवस्था बीमालेखमा गरिएकोे छ ।
यस प्रावधानमा कम्पनीको अनुभवको आधारमा पछि थपघट गर्न सकिन्छ । अरु जीवन बीमा योजनाहरुमा जस्तै यस जीवन बीमा योजनामा पनि उमेरको गणना गर्दा आगामी जन्मदिनमा पुग्ने उमेरलाई लिइन्छ । यस योजनामा बीमा शुल्क निर्धारण प्रयोजनका लागि दम्पत्ति बीचका फरक उमेरलाई तालिकामा दिइएको आधारमा संयुक्त उमेर गणना गरिन्छ ।
सारथी जीवन बीमाको विशेषताहरु
एउटा पोलिसीले पति पत्नी दुबैको जोखिम वहन हुने ।
न्यूनत्तम प्रवेश उमेर : | १८ वर्ष देखी ५० वर्ष सम्म |
न्यूनत्तम बीमाङ्क रकम : | रु.५०,०००/– देखी आयश्रोतको आधारमा |
न्यूनत्तम बीमा अवधि : | १५ वर्ष देखी ३० वर्ष सम्म |
बीमा समाप्ति उमेर : | ६५ वर्ष |
शुल्क भुक्तानी तरिका : | वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक |
बीमा कर्जा सुविधा : | वार्षिक दुई किस्ता शूल्क रकम भुक्तानी गरेपछि |
दुर्घटना लाभ सुविधा : | अधिक्तम रु.१००,००,०००।– सम्म |
जीवन सारथी बीमामा भुक्तानी दिने अवस्थाहरु
— बीमाको अवधि समाप्ति मिति सम्म श्रीमान श्रीमती दुबै जिवित रहेमा बीमा गरेको रकम (बीमाङ्क) र त्यसमा पाइने बोनस समेत हिसाब गरि एकमुष्ट रकम भुक्तान गर्नेछ ।
— बीमा अवधिमा समाप्त हुनु भन्दा अगाडी कुनै पनि बेला श्रीमान् वा श्रीमती दुई मध्ये कुनै एकको मृत्यु हुन गएमा जिवित व्यक्तिलाई बीमाङ्क रकम भुक्तानी गर्नेछ ।
तर यस पछि पनि पोलिसी चालु अवस्थामा नै रहन्छ र यसमा जिवित बीमितले बीमा शुल्क तिरिरहनु पर्दैन । बीमा अवधिको समाप्तिमा निजलाई पुनः बीमाङ्क रकम र शुरु देखिको बोनस रकम एकमुष्ट भुक्तान गर्नेछ । यसरी दुई पटक बीमाङ्क रकम दिने अवस्था यस बीमा योजनामा गरिएकोे छ ।
— बीमा अवधि भित्र दुबै दम्पति बीमितको मृत्यु हुन गएको अवस्थामा प्राप्त हुने बीमाङ्क रकम र बोनस निजले इच्छाएको व्यक्तिलाई दिइन्छ । यदि कसैलाई पनि इच्छाएको छैन भने बीमा ऐन २०४९ को दफा ३८ मा उल्लेख गरे अनुसार नजिकको हकदारलाई उक्त रकम दिइने छ ।
— दुर्घटना लाभ सुविधा लिएको अवस्थामा दुबै दम्पत्तिको दुर्घटनाको कारणले १८० दिनभित्र मृत्यु भएमा दुर्घटनामा लाभ सुविधाको बीमाङ्कको दोेब्बर रकम इच्छाएको व्यक्ति वा बीमा ऐन २०४९ को दफा ३८ बमोजिक नजिकको व्यक्तिलाई रकम भुक्तानी गर्नेछ । दुर्घटनाबाट बीमित दम्पतिभध्ये कुनै एकको मात्र मृत्यु भएमा दुर्घटना लाभ सुविधाको बीमाङ्क बराबर थप रकम जीवित दम्पतिलाई दिइनेछ । दुर्घटना लाभ सुविधा भुत्तानी लिएपश्चात् जीवित दम्पतिको कुनै कारणले दुर्घटना भएमा पुनः दुर्घटना लाभ सुविधा उपलब्घ हुने छैन ।
जीवन सारथी बीमा योजना
दम्पत्ति बीचको फरक उमेर | ० | १ | २ | ३ | ४ | ५ | ६ | ७ | ८ | ९ | १० | ११ | १२ | १३ | १४ | १५ | १६ | १७ | १८ | १९ | २० |
कम उमेरमा थप गर्नु पर्ने वर्ष | ० | १ | १ | २ | २ | ३ | ३ | ४ | ५ | ५ | ६ | ७ | ८ | ८ | ९ | १० | ११ | ११ | १२ | १३ | १४ |
जीवन बीमा तथा परामर्शको लागि सम्पर्क व्यक्ति
वरिष्ठ एजेन्सी मेनेजर (SAM)
शंकर थापा सोमई मगर
उप.महा.न.पा. – नेपालगंज, बाँके
मो.नं. – ९८५८०२९३११
इमेल – somai.insurancegroup@gmail.com
वेवसाइट – shankarsomai.com.np
सुरक्षित वचत लगानी तथा नियमित सर्वाधिक बोनसदरको लागी नेपाल लाइफ इन्स्योरेन्स क. लि.
विगत १८ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच रू. ५० लाखसम्मको जोखीम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको हो ।
विभिन्न समयमा समयसापेक्ष उत्कृष्ट योजनाहरू ल्याइरहेको यस कम्पनीले समयको माग र सेवाग्राहीहरूको आवश्यकतालाई दृष्टिगत गरी यो योजना सार्वजनिक गरेको जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले भन्नुभयो, ‘हामीले आमसर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्न सक्ने आर्थिक संकटलाई दृष्टिगत गरी यो योजना अघि सारेका हौं । हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले हाम्रा सेवाग्राहीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं ।’
कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बीमा अवधिमा तोकिएका घातक रोग लागेमा बीमाले जोखिम बहन गर्नेछ । साथै, साविकको योजना भने बीमा अवधिसम्म चालू रहनेछ । यस पूरक करारले थप जोखिम बहन गर्नेछ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्नेछन् ।
यस योजनामा क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको/डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ ।
यस योजनामा सहभागी हुन नियमित बीमाशुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ । जीवन बीमा बजारमा झण्डै एकतिहाइ भाग ओगटेको यस कम्पनीले विभिन्न योजनामार्फत सेवाग्राहीहरूलाई उच्चतम लाभ तथा प्रतिफल प्रदान गरिरहेको छ ।
*******************************
नेपाल लाइफ इन्स्योरेन्स घातक रोग पूरक करार योजना
आजको समयमा प्रदुषित वातावरण, विषाक्त खानेकुरा र अस्वस्थकर जीवनशैलीबाट धेरै जसो व्यक्तिहरु घातक रोगको शिकार बन्ने गरेका छन् । घातक रोग र यसको महंगो औषधि उपचारबाट जो कोहि पनि आर्थिक समस्यामा पर्ने कुरालाई मध्य नजर गर्दै भविष्यमा आइपर्ने यस प्रकारका संकटलाई रोक्न नसकेतापनि यस्ता आर्थिक जोखिम कम गर्न नेपाल लाइफले घातक रोग सुविधा योजना ल्याएको हो ।
यो योजनाले मूल बीमा योजनासँग जोडिएर बीमितलाई सुरक्षा प्रदान गर्दछ । यस योजना अन्तर्गत रक्षावरण लिन चाहने व्यक्तिले यस कम्पनीबाट प्रचलनमा ल्याएको मूल बीमा योजना (Conventional Plan) अन्तर्गत थप बीमाशुल्क तिरी मूल बीमाङ्कमा नबढ्ने गरी न्यूनतम रु.५० हजारदेखि अधिकतम रु.५० लाख बीमाङ्कसम्मको रक्षावरण लिन सक्ने र उल्लेखित रोगहरु मध्ये कुनै एक रोगको पहिचानसहित आवश्यक प्रकृया पुरा गरेको खण्डमा शर्तहरुको अधिनमा रहि अधिकतम रु.५० लाखसम्म तत्काल भुक्तान गरी Maturityमा पनि मूल बीमालेखको विशेषता अनुसारको रकम भुक्तान गर्ने विशेषता रहेको छ ।
योजनामा सामिल हुन ध्यान दिनु पर्ने कुराहरु
- कुनै एउटा मूल योजनासँग जोडेर मात्र यो योजना (पूरक करार) लिन सकिने ।
- यो करार लिन चाहने व्यक्ति पूर्ण रुपमा स्वस्थ हुनुपर्ने छ । कुनै पनि रोग लागेको व्यक्ति यो योजनामा सामेल हुन सक्ने छैन ।
- यस योजनामा सामेल हुन चाहने व्यक्ति बीमा गर्दाको समयमा १८ वर्ष भई ६५ वर्ष ननाघेको हुनु पर्ने छ र अधिकतम ७० वर्षको उमेरसम्मको लागि यो योजना अन्तर्गतको सुविधाबाट लाभान्वित हुन सकिन्छ ।
- यो योजना न्यूनतम ५ वर्षदेखि अधिकतम २० वर्ष अवधिको लागि लिन सकिन्छ ।
- न्यूनतम रु. ५०,०००/- देखि अधिकतम रु.५०,००,०००/- सम्मको रकमको बीमा गर्न सकिन्छ ।
- यो सुविधा लिन चाहने व्यक्तिले (मूल बीमाङ्क भुक्तानीको तरिका अनुसार) एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने छ ।
योजना अन्तर्गत रक्षावरण गरिने घातक रोगहरु
- Cancer-क्यान्सर,
- Kidney Failure (End Stage Renal Failure)-अन्तिम चरणको मृगौला विफलता,
- Primary Pulmonary Aterial Hypertension-प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप,
- Multiple Sclerosis-सिम्पटम्स मल्टिपल स्क्लेरोसिस,
- Major Organ Transplant-मुख्य अंग प्रत्यारोपण,
- Coronary artery by-pass graft-ओपन चेष्ट सीएबीजी,
- Surgery to Aorta-महाधमनीको शल्यक्रिया,
- Heart Valve Surgery-ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत,
- Stroke-मष्तिस्कघात,
- Myocardial Infraction-माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात,
- Coma-कोमा,
- Total Blindness-पूर्ण अन्धोपन,
- Paralysis-स्थायी रूपले भएको अंगहरूको पक्षाघात,
- End Stage Liver Failure-अन्तिम चरणको कलेजोको विफलता,
- End Stage Lung Disease-अन्तिम चरणको फोक्सोसम्बन्धी रोग,
- Alzheimer’s Disease-अल्जाइमर्स रोग,
- Parkinson’s Disease-पार्किन्सन्स रोग,
- Third Degree Burns-तेस्रो डिग्रीमा पोलेको/डढेको
योजनामा सामेल हुने अवस्था
- पहिला नै जारी गरिसकेको बीमालेखमा सुविधा थप गर्न सकिने ।
- यदि पहिला नै जारी गरिसकेको बीमालेखमा यो सुविधा थप गर्न चाहेमा बीमालेखको वार्षिकोत्सव मितिमा मात्र थप्न सकिने छ । जस्तैः बीमालेख प्रारम्भ मिति १७/०२/२०१९ मा जारी गरेको बीमालेखमा यो सुविधा थप्न चाहेमा १७/०२/२०२० मा मात्र थप्न सकिने छ । बीमालेखको वार्षिकोत्सव मितिदेखि बाहेक बीचको समयमा यो सुविधा थप्न सकिदैन ।
- यदि पहिला नै जारी गरिसकेको बीमालेखमा यो सुविधा थप गर्न चाहेमा हाल परिमार्जन गरिएको (Form No. 001, 002, अनिवार्य रुपमा स्पष्टसँग भरेर परिमार्जित Form No. 003 अनुसार Medical Check Up गर्नु पर्दछ, जसमा लाग्ने स्वास्थ्य परीक्षण शुल्क बीमित आफैले व्यहोर्नु पर्ने छ ।
- यदि पहिला नै जारी गरेको बीमालेखमा यो सुविधा थप गर्न चाहन्छ र जसको कारणले उमेर र बीमाङ्क रकमको आधारमा Medical Requirements Table अनुसार स्वास्थ्य परीक्षण गर्नु पर्दछ भने यसमा लाग्ने स्वास्थ्य परीक्षण शुल्क बीमित आफैले व्यहोर्नु पर्ने छ ।
योजना अन्तर्गत सुविधा रकम भुक्तानी दिइने अवस्थाहरु
- मूल जीवन बीमालेखसँग संलग्न गरिने घातक रोग सुविधा पूरक करारले बीमालेख जारी गरेको वा पुनर्जागरण गरिएको (जुन पछि आउँछ) ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमा अवधिभित्र बीमितलाई उल्लेखित कुनै घातक रोगको पहिचान भएको ३० दिनसम्म उक्त घातक रोग बीमितमा देखा परिरहेमा (बीमित जिवित रहेमा) शर्तहरुको अधिनमा रही घातक रोग वापतको शत प्रतिशत बीमाङ्क रकम बीमितलाई भुक्तानी गरिने छ ।
- यस योजना अन्तर्गत कुनै पनि व्यक्तिलाई घातक रोग लागेको पहिचान भई , घातक रोग सुविधाको लागि योग्य भएमा उसको रोग वापतको औषधि उपचार बराबरको रकम नभइ बीमितले घातक रोग सुविधाको लागि लिएको बीमाङ्क रकम नै बिना कुनै बिल, बिना कुनै झन्झट फिर्ता दिईन्छ ।
- यस योजना अन्तर्गतको सुविधा एक पटक मात्र उपभोग गर्न सकिने छ । सुविधा उपभोग गरिसके पश्चात पूरक करारको अन्त्य हुन्छ भने मूल बीमालेख चालू नै रहने छ र मूल बीमालेखको सुविधा उपभोगमा कुनै कटौती हुने छैन ।
बीमालेख व्यतितको अवस्था :
यो योजना अन्तर्गतको सुविधा प्राप्त गर्न बीमाशुल्क भुक्तानी भई बीमालेख चालू हुनुपर्ने वा बीमालेख व्यतित भएको भए पुनर्जागरण गर्नु पर्ने छ । बीमाशुल्क भुक्तानी नभई बीमालेख व्यतित भएको अवस्थामा यो सुविधा प्राप्त हुने छैन ।
बीमा दावि भुक्तानीको प्रकृया
- बीमितलाई बीमा अवधि भित्र रक्षावरण गरिएको घातक रोग लागेको पहिचान भएमा पहिचान भएको मितिबाट ३० दिनभित्र दाबीको लिखित सूचना नजिकैको नेपाल लाइफको शाखा कार्यालयमा दिनुपर्नेछ ।
- कम्पनीले माग गरे अनुसारको चिकित्सकीय प्रमाणसहित घातक रोग वा शल्यक्रियाको लिखित प्रमाण, त्यस्तो घातक रोग पहिचान वा शल्यक्रिया सम्पन्न भएको ३० दिन भित्र पेश गर्नु पर्ने छ ।
- प्रकृया पुर्यार्इ आवश्यक सम्पूर्ण कागजातहरु प्राप्त भइसकेको अवस्थामा जीवित अवधि (Survival Period) को समय समाप्ति पश्चात दाबी प्रकृया अगाडि बढाइन्छ ।
प्रतिक्षा अवधि (Waiting Period) र जिवित अवधि (Survival Period)
बीमालेख जारी गरेको वा पुनर्जागरण गरिएको ९० दिनसम्मको अवधिलाई प्रतिक्षा अवधि बुझाउछ भने चालु बीमालेखमा रोग पहिचान भएको ३० दिनसम्मको अवधिलाई जीवित अवधि (Survival Period) बुझाउछ ।
समावेश नहुने जोखिमहरु –Exclusions)
- रक्षावरण गरिएको घातक रोगको दावी गर्दा यदि बीमित पहिले नै एड्स (AIDS- Aquired Immune Deficiency Syndrom) संक्रमित भनि पहिचान (Diagnosed) भएको पाइएमा, एच आइ भि (HIV- Human Immune Virus) संक्रमण भएको भनी पहिचान (Diagnosed) भएको पाइएमा ।
- बीमा जारी गर्नु अथवा पुनर्जागरण गर्नु भन्दा पहिला (पूर्व विद्यमान) कुनै पनि रोग भएमा र प्रत्यक्ष अप्रत्यक्ष रुपमा उक्त रोगको कारणबाट दाबी परेमा उल्लेखित घातक रोग अन्तर्गत कुनै पनि रकम भुक्तानी गरिने छैन ।
- पहिला नै भएको रोग अर्थात् पुर्व विद्यमान (Pre Existing Illness) भन्नाले बीमा गर्ने व्यक्तिलाई आफुलाई भएको रोगबारे निम्न प्रकारको जानकारी भएको ः
- बीमितले बीमा जारी गर्नु पूर्व कुनै रोगको उपचार गरेको वा उपचार गराइरहेको भए ।
- औषधी सेवन, उपचार सम्बन्धी सुझाव, कुनै रोगको पहिचान अथवा उपचारको लागि चिकित्सकीय सल्लाह सुझाव लिएको ।
- कुनै अस्वस्थता वा फरक प्रकारको लक्षण देखा पर्ने वा रोगको लक्षण देखिएमा ।
- रोगको लक्षण विद्यमान रहेको र बीमितलाई सो कुराको विवेकसंगत ज्ञान भएको शारीरिक अवस्थालाई बुझाउनेछ ।
- जानीबुझी वा अन्जानमा लागू पदार्थ अथवा मादक पदार्थ सेवनको कारण भएको हानि ।
- बीमितद्वारा कुनै पनि मानव अङ्ग अरुलाई दान गरेमा ।
- आत्महत्याको कारण भएको क्षति ।
- मूल बीमालेखले रक्षावरण नगरेका जोखिमहरु भएमा ।
- यस पूरक करारनामा अन्तर्गतको बीमाङ्क रकमको सुविधा पहिला नै उपभोग गरिसकेमा ।
- बीमालेख चालु नरही चुक्ता अवस्थामा बदलिएमा वा अन्य कारणबाट खारेज भएमा ।
************************************************************************