बीमा भनेको के हो ? किन गर्ने बीमा ?

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका   हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घटना अनिश्चित हुन्छ ।
अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् । बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ ।
बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् । बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणबाट हुन्छ । यस्ता फारमहरु सम्बन्धित बिमा कम्पनिहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वयमले बिमा अभिकर्ता मार्फत पेस गर्न सक्नेछन् । यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक -कम्पनी मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ । बीमा सम्वन्धि शर्त, सुविधा सहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाई बिमा स्वीकार भए पछि प्रदान गर्दछ । यसलाई बिमालेख भनिन्छ ।

बीमा दुई प्रकारका हुन्छन् ।

१.जीवन बीमा

मानिसको जीवन सँग सम्बिन्धित जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बिमा भनिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ । जीवन बीमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।
मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । त्यसैले जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।
जीवन बीमाका प्रकार ः
 आजिवन बीमा
 सावधिक बीमा
 म्यादी बीमा
 एन्युटि बीमा

२. निर्जीवन बीमा

निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौता पत्र हो । यसमा बीमा गर्ने कम्पनि र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अंगभंग भएमा बीमाकंको परिधिमा रही वास्तविक रुपमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ । निर्जिवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जिवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केही अंशलाई भने समेटेकै हुन्छ नै । जीवन बाहेक चल अचल सम्पत्ति सँग सम्बन्धित बीमा यस अन्र्तगत पर्छन् ।
निर्जीवन बीमाको प्रकार:-
 अग्नि बीमा
 सामुन्द्रिक बीमा
 हवाई बीमा
 मोटर बीमा
 विविध बीमा
वर्तमान समयमा बीमाको महत्व दिनानुदिन बढ्दै गईरहेको छ । तर पनि बीमा क्षेत्रमा जति विकास हुनुपर्ने हो त्यो भने भएको पाईदैन । समय र प्रविधि सगै बीमा क्षेत्रमा हुनु पर्ने सुधार नआउनुमा धेरै कारणहरु तेर्सिन पुग्दछन् । 

किन गर्ने बीमा ? यसरी बुझाैँ

सामान्य भाषामा भन्दा बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनिले नोक्सानीको क्षतिपूर्ति दिन्छ । यहाँ हामी बीमाकै बारेमा केही जानकारी दिने प्रयासमा छाैँ ।

१. जीवन बीमा

बीमा समिति (बीमा क्षेत्रको नियामक निकाय) ले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । जीवन बीमालाई तीन वर्गमा विभाजन गरिएको छ ।
क) आजीवन जीवन बीमा :
बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमा गर्दा निर्धारित अवधिसम्म बिमा गर्ने व्यक्ति (बिमित) ले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि (बिमा गर्ने व्यक्ति) बिमितले बीमा शुल्क तिर्नुपर्दैन । मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै (बिमा गर्ने व्यक्ति) बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।
ख) सावधिक जीवन बीमा :
निश्चित अवधिसम्ममा तोकेर गरिने बीमा सावधिक जीवन बीमा हो । यस अन्तरगत जीवन बीमा गर्ने व्यक्ति (बिमित) आफैले एकमुस्ट रकम प्राप्त गर्न सक्दछ । यद्यपी तोकिएको समय अवधि भित्र उसको मृत्यू भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । यदी बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवाला व्यक्तिले प्राप्त गर्छ । दोहोरो दुर्घटना लाभसमेत समेटीएको योजनामा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।
ग) म्यादी जीवन बीमा :
सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमित (बीमा गर्ने व्यक्ति) ले बीमाशुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।

२. निर्जीवन बीमा

निर्जीवन बीमा मानीसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर नीर्जिवन बीमा गरिन्छ । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषिबीमा पनि ल्याएको छ । यस अन्तरगत व्यवसायीक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ । यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आवश्यक मानिन्छ ।

बीमा गर्दा घाटा हुन्छ ?

  • बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) लाई कहिलै पनि घाटा हुँदैन ।
  • बीमा गर्ने कम्पनिले पनि पुर्नबीमा गर्ने भएका कारण उक्त कम्पनिमा क्षति हुँदा वा उक्त कम्पनि डुबेको अबस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमा कम्पनिको पनि बीमा गरिएको भन्ने हो ।
  • बीमा गर्दा भविश्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविश्यका लागि सहायता गर्दछ । विभिन्न चोरी, हुलदङ्गा आदीको जोखिमबाट बच्नका लागि पनि बीमा गर्नु उपयुक्त मान्निछ ।
  • जीवन बीमाको हकमा बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएको अबस्थामा पनि परिवारमा आर्थिक समस्या पर्दैन । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।
  • आयकर ऐनअनुसार बीमा गरेमा ४० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
  • बीमा गर्दा ३ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।
  • पुर्नजीवन बीमा सम्पत्तिको सुरक्षाका लागि गरिने भएको हुँदा सम्पत्ति हराउला कि ? चोरीएलाकी ? आगलागी होलाकि ? भन्ने जस्ता चिन्ताबाट मुक्त हुने उपाय नै बीमा हो । 

बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ

messenger sharing button

बीमा भनेको जोखिमको हस्तान्तरण हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ ।
नेपालमा अहिले पनि अधिकांश नागरिक बीमाको दायरामा आउन नसकेका छैेन् । बीमा सम्बन्धी ज्ञानको कमिले आमनागरिकहरु बीमाको पहुँचमा आउनु नसकेको बीमा कम्पनीहरु र स्वयं नियामक निकाय बीमा समितिले पनि स्वीकार गरिसकेको छ ।
बीमा कम्पनीहरुको नियामक निकाय भएकाले बीमा समितिले बीमाको पहुँच विस्तारका लागि बेलाबखतमा यससम्बन्धी प्रचारप्रसार गर्दै आएको भएपनि प्रभावकारी हुन सकेको छैन् । जसका कारण ९० प्रतिशतभन्दा बढी जनता अहिले पनि बीमाको पहुँचमा छैनन् । कुल जनसंख्याको करिब १० प्रतिशतले बीमा गरेको भएपनि त्यो पनि अन्डर इन्स्योरेन्स हुने गरेको बीमा कम्पनीहरुको बुझाई छ ।
विगतका वर्षहरुको तुलनामा बीमा सम्बन्धी केही मात्रामा जानकारी मुलक काम हुने गरेको भएपनि पर्याप्त चेतना फैलाउन नसकेकै कारण पनि आम नागरिक बीमाको दायरामा आउन सकिरहेका छैनन । बीमा भनेको जोखिमको हस्तान्तरण हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ ।
अभिकर्तामा नै निर्भर जीवन बीमा
अहिले बीमा गर्न आउनेहरु धेरैजसो अभिकर्ताको माध्यमबाट आउने गरेका छन् । त्यसमा पनि जीवन बीमाको त शत प्रतिशत नै अभिकर्ताबाट हुने युनियन लाईफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमा लाल कर्णले बताएका छन् । उनले सिधै कार्यालयमा आएर जीवन बीमा गर्ने भेटिनै मुस्किल परेको बताए ।
प्रोडक्टबारे जानकार छैनन नागरिक
यसका साथै बीमा कम्पनीहरुले आफ्ना प्रोडक्टहरुबारे समेत राम्रोसँग नागरिकलाई बुझाउन नसकेको अवस्था छ । एकातिर बीमा बीमा अभिकर्ताको योग्यतबारे पनि प्रश्न उठीरहँदा अभिकर्ताले नै बीमा पोलिसीबारे राम्ररी बुझाउन नसकेको बताईन्छ । बीमा शिक्षा बुझाउन र कम्पनीको नयाँ पोलीसी, सेवा, सुविधा बारे बुझाउन बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ ।
किन आवश्यक छ जीवन बीमा ?
वित्तीय योजना तर्जुमाका लागि जीवन बीमा अत्यन्तै आवश्यक छ । आफ्ना बालबच्चाको र आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । वर्तमानमा गरेको निर्णयले भविष्य सुरक्षित बन्छ । बचतले मात्रै फाइनानसीयल प्लानिङ गर्दैन । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र जोखिम पनि कभर गर्दछ ।
भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य नै छ । आज तपाईले गरेको बीमाले भोली तपाई र तपाईको परिवार सुखमय रहन मद्दत पुग्छ । बीमाको अथाह छन् । आज एउटा व्यक्तिले आफ्नो बीमा ग¥यो भने भोली उ कतै दुर्घटना पर्न सक्छ । हो त्यतिबेला उसलाई उपचार खर्चको अभाव हुन पाउदैन । त्यो जोखिम बीमा कम्पनीले लिएको हुन्छ । अर्को कुरा बीमा गर्नेको व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसबेला उसको परिवारले आर्थिक अभावको समस्या झेल्नु पर्दैन ।
बीमा दावी वापत आएको भुक्तानीले बीमित व्यक्तिको मृत्यु भए पनि उसको परिवारलाई धेरै राहत हुन्छ । त्यस्तै बच्चाको बीमा गर्ने हो भनेपछि त्यो बच्चालाई उच्च शिक्षा अध्ययन गराउनका लागि अविभावकलाई धेरै राहत पुग्छ । यता, केही कारण बीमा गरेको अभिभावकको कुनै कारणवश मृत्यु भएमा प्रिमियम नबझाएपनि बीमालेख जारी रहन्छ र बच्चाको जोखिम पनि कभर हुन्छ ।

बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ । त्यस्तै कम्पनीले जोखिम पनि बहन गर्दछ । बैंकले बचत गर्छ र बचतको ब्याज दिन्छ । यसका साथै बैंकले कर्जा परिचालन पनि गर्ने गर्दछ । तर, बीमा गर्दा बीमितको जोखिम पनि कभर हुन्छ । त्यसैगरी बीमा गर्दा रकम बचत हुन्छ । भने बीमालेखलाई धितो राखेर कर्जा पनि लिन सकिन्छ । यसर्थ जीवन बीमा भविष्यको सुरक्षाका लागि निकै महत्वपूर्ण छ ।

जीवन बीमा गर्दै हुनुहुन्छ भने यी कुरामा विशेष ध्यान दिऔ

facebook sharing button
सायद आफनो भविष्य प्रति सबैले चिन्तन गरिरहेको हुन्छ । चिन्तन गर्नु स्वभाविक नै हो । भविष्य अनिश्चित छ । सोही अनिश्चिताकै कारणले मानव जीवन जोखिम रहित छैन ।
आश्रितहरूको जीविकोपार्जन सुनिश्चित विभिन्न माध्यमबाट गर्न सकिन्छ । घर–जग्गा खरिद गर्न सकिन्छ, बैङ्क खातामा रकम जम्मा पनि गर्न सकिन्छ । घर–जग्गामा लगानी गर्न तथा आवश्यकता पूरा हुने गरी बैङ्कमा रकम जम्मा गर्न मोटो रकमको आवश्यकता पर्छ, जुन अधिकांशसँग हुँदैन । तर, जीवन बीमा गरियो भने पहिलो किस्ता भुक्तानी गरेको मिति र समयदेखि ठूलो रकमको जोखिम वहन हुन्छ ।
जीवन बीमाको विशेषता भनेको कम लगानीमै ठूलो रकम बराबरको रक्षावरण सुविधा प्राप्त गर्न तथा अवधि पुगेपछि प्रतिफल दिने हो ।

जीवन बीमामा कसरी सहभागी हुने त ?

मानिसको जीवनसँग सम्बन्धित जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ । जीवन बिमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।
मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । त्यसैले,जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।जीवन बीमामा आजिवन बीमा, सावधिक बीमा, म्यादी बीमा, एन्युटि बीमा रहेको हुन्छ ।

आर्थिक क्षमताको बारेमा बुझनु जरुरी

बीमा भविष्यमा भवितव्य आइपरेमा आर्थिक रूपमा स्थिर हुनका लागि गरिने प्रणाली हो । कम रकमको बीमा गरियो भने बीमा गर्नुको उद्देश्य पूरा हँुदैन । बढी रकमको बीमा गरियो भने आर्थिक क्षमताले नभ्याएर बीमाको किस्ता तिर्न हम्मेहम्मे पर्छ । तसर्थ बीमा छनोट गर्नुभन्दा पहिले बीमा लिन चाहने व्यक्तिले आफ्नो आर्थिक क्षमताको विश्लेषण गर्नु पर्छ । पारिवारिक दायित्वको मूल्याङ्कन गर्दा सात लाखको बीमा गर्नुपर्ने भयो ।
अवधिको लिनुपर्छ । यसका दुई फाइदा छन् । लामो अवधिको बीमाले बीमा शुल्कको किस्तालाई सानो बनाउँछ । छोटो अवधिको बीमामाभन्दा लामो अवधिको बीमामा बोनसदर बढी हुन्छ । कुनै बेला आवश्यक बीमाशुल्क बराबर बचत नहुन पनि सक्छ । त्यस्तो अवस्थामा आवश्यकता तथा क्षमतालाई बराबर भार दिई बीमा रकम निर्धारण गर्न सकिन्छ ।

बीमाको छनोट

बीमा बजारमा थरीथरीका बीमा पोलिसीहरु रहेका छन् । ती बीमाहरू आफूलाई आवश्यक परेको नगद उपलब्धताको आधारमा छनोट गर्न सकिन्छ । यदि कसैको आम्दानी निश्चित छैन भने अग्रीम भुक्तानी बीमालेख लिनु उपयुक्त हुन्छ । अग्रिम भुक्तानी बीमालेख भनेको बीमा परिपक्व हुनुभन्दा पहिले बीमा रकमको केही अंश बीमा कम्पनीले बीमितलाई फिर्ता गर्ने बीमा योजना हो ।
बजारमा बीमा रकमको केही अंश आवधिक रूपमा फिर्ता गर्नेदेखि वार्षिक फिर्ता गर्ने बीमालेखहरू छन् । २५ वर्षका व्यक्तिका लागि वार्षिक रूपमा रकम फिर्ता गर्ने २० वर्षे सात लाख बीमा अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा अग्रिम रूपमा भुक्तानी भएको रकम कट्टा नगरी पूरै बीमा रकम तथा आर्जित बोनस रकम भुक्तानी गरिन्छ । यसरीे कम लगानीमैं परिवारको आर्थिक स्थितिको बचाउ तथा उचित प्रतिफल प्राप्त गर्न सकिन्छ । कुनै व्यक्तिको आयस्रोत तथा बचत निश्चित छ, बीमाशुल्क भुक्तानी गर्न असहज हुँदैन जस्तो लाग्छ भने सावधिक बीमा गर्न सकिन्छ । २५ वर्षको व्यक्तिले ३० वर्ष सम्म उमेर समूहको मानिस यस बीमा योजनामा सरिक हुन पाउछन् ।
बीमा कम्पनीले पनि बजारमा लगानी गरी बीमितलाई प्रतिफल दिने हो । कसैसँग लगानीको राम्रो अवसर छ भने त्यस्ता व्यक्तिहरूको लागि म्यादी बीमा उपयुक्त हुन्छ । म्यादी बीमा भनेको बीमा अवधिमा बीमितको मृत्यु भएमा मात्र बीमा रकम भुक्तानी गर्ने बीमा हो । त्यसैले यो निकै सस्तो हुन्छ । २५ वर्षको व्यक्तिले २० वर्ष उमेर समूहसम्मको मानिसहरु यस बीमा योजनामा सहभागी हुन पाउछन् । त्यस्ता व्यक्तिहरूले बीमाशुल्क तिरेर बाँकी रहेको बचत रकमलाई अन्य क्षेत्रमा लगानी गर्न सक्छन् ।
आफ्नो बृद्धावस्थामा केही सुरक्षण पाउने गरी पनि बीमा गर्न सकिन्छ । बजारमा प्रचलित सावधिक आजिवन बीमाले यो आवश्यकता पूरा गर्छ । बजारमा यस्ता बीमालेखहरू छन् जसले बीमा अवधि समाप्तिमा बीमा रकम तथा बोनस रकम भुक्तानी गर्छ भने बीमित जीवित रहेको अवस्थामा बीमितको उमेर ७० वर्ष, ७५ वर्ष, ८० वर्ष, ८५ वर्ष तथा ९० वर्ष पुग्दा बीमा रकमको २० प्रतिशतका दरले रकम भुक्तानी गर्दै जान्छ ।
कसैसँग एकमुष्ट ठूलो रकम छ र वार्षिक रूपमा बीमा नवीकरण गर्ने झण्झट लिन चाहँदैन भने त्यस्तो व्यक्तिका लागि एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरू उपयुक्त हुन्छ ।यसरी कुनै पनि बीमा लिन चाहने व्यक्तिले आफ्नो परिवारिक उत्तरदायित्व आधारमा आर्थिक क्षमताको विश्लेषण गरी आवश्यक नगद उपलब्धताअनुसारको जीवन बीमा छनोट गरी जीवन बीमा लिएर जीवन बीमाको सम्पूर्ण फाइदा लिन सक्छ ।

बोनसदर बारे बुझनु कतीको जरुरी

जीवन बीमा कम्पनीहरूले विमितहरूलाई दिने प्रतिफल बोनसदर हो । कम्पनीहरूले वार्षिक प्रतिहजारका दरले बोनस वितरण गर्दछन् । कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् ।कम्पनीले आम्दानी गरेको बार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बिमीतहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गरिन्छ । यस्तो बोनसदर कम्पनीहरूले आर्थिक बर्ष सकिएपछि वार्षिक रुपमा घोषणा गर्दछन् ।
कम्पनीहरूले बोनसदर प्रतिहजारका दरले वितरण गर्छन् । यसरी घोषणा गरिएको बोनस विमितको बीमा अवधि सकिएपछि एकमुष्ट रुपमा प्रदान गरिन्छ । कम्पनीको वित्तीय अवस्था र व्यवस्थापकीय अवस्थाका आधारमा बोनसदर निर्धारण हुन्छ ।बोनसदरका आधारमा नै विमितले आफनो बिमा योजना समाप्त भएपछि पाउने रकम निर्धारण हुन्छ । धेरै बोनसदर भएका कम्पनीले विमितहरूलाई धेरै रकम फिर्ता गर्दछन् भने थोरै बोनसदर भएका कम्पनीले विमितलाई थोरै रकम फिर्ता गर्दछन् ।
त्यसैले बीमा गर्दा कम्पनीहरूको बोनसदर हेरेर बिमा गर्नु उपयुक्त हुन्छ । यद्यपी हाल कम्पनीहरूले वितरण गर्दै आएको बोनसदर बैंकहरूले दिदै आएको ब्याजदरको तुलनामा अधिक छ । त्यसैले बैंकमा निक्षेप राखिरहनु भन्दा बीमा गर्नु उत्तम लगानीको विकल्प हुन्छ ।

बीमा गर्दा आफैले पनि बीमा योजनाको बारेमा जानकारी राख्नु जरुरी

बीमा भावी जीवनमा हुने अनिश्चित जोखिमको एक साथी हो । त्यसैले बीमा गर्दा बीमा योजनाको बारेमा हामी आफैले नि बिशेष ध्यान दिनु जरुरी रहेको हुन्छ । आफूले लिन लागेका बीमा योजनामा कस्तो सुविधा समेटिएको छ । यसको बारेमा बीमीतले पनि राम्ररी बुझनु जरुरी हुन्छ ।
कस्तो बीमा योजना खरीद गर्दा आफूलाई उपयुक्त हुन्छ र यसमा कस्तो खालका सुविधाहरु उक्त बीमा योजनामा सरिक रहेको छ भन्ने बारेमा बीमीत स्वंयमले बुझनु निकै जरुरी रहेको हुन्छ ।
+ बीमा भनेको के हो ?

+ किन गर्ने बीमा ?

+ बीमा गर्दा बचत हुन्छ

+ जीवन बीमा गर्दै हुनुहुन्छ