जीवन बीमा कम्पनीमा दाबी भुक्तानी बढ्न थाल्यो, नयाँमा सर्वाधिक बृद्धि हुँदा कसले कति गरे ?
यहि अवधिमा जीवन बीमा कम्पनीहरुले जम्मा १४ अर्ब १७ करोड रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यसरी जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन भन्दा दाबी भुक्तानीको अनुपात अत्याधिक बृद्धि भएको हो । यहि अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन भने ७१ अर्ब ६५ करोड रुपैया रहेको छ । जसमा नविकरण बीमा शुल्कको हिस्सा ५७ अर्ब ४७ करोड रुपैयाँ छ ।
तेस्रो ठुलो दाबी भुक्तानी गरेको नेशनल लाइफको यस पटक ४४ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले तीन अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । चौथो धेरै दाबी भुक्तानी गर्नेमा आइएमई लाइफ पर्छ । कम्पनीको दाबी भुक्तानीमा नियमित भन्दा पनि सरेण्डरको हिस्सा सर्वाधिक धेरै छ । कम्पनीले ६ महिनामा एक अर्ब ८६ कोरोड रुपैयाँको दाबी भुक्तानी गरेको छ ।
पुराना जीवन बीमा कम्पनीको दाबी भुक्तानीको बृद्धिदर खासै धेरै छैन तर रकम भने नयाँको भन्दा बढि नै छ । पुराना बीमा कम्पनीमा पोलिसी परिपक्व भएर, मत्यु दाबी भुक्तानी र सरेण्डर मार्फत दाबी बढि हुने गरेको छ । तर नयाँ कम्पनीहरुले परिपक्व भएर दाबी भुक्तानी दिने समय आइसकेको छैन । त्यस्तै नयाँ जीवन बीमा कम्पनीमा जति पनि दाबी भुक्तानी भएका छन् ति प्राय मृत्यु दाबी भुक्तानी छन् र बाँकी सबै सरेण्डर हुन् ।
बृद्धिदरका हिसावले सबैभन्दा धेरै सानिमा लाइफ, प्रभु लाइफ, ज्योति लाइफ र सूर्यज्योति लाइफको छ । यि कम्पनीको दाबी भुक्तानी एक सय प्रतिशत भन्दा माथि रहेको छ । गएका वर्षमा जीवन बीमा कम्पनीहरु विच कसले बढि बीमा शुल्क आर्जन गर्ने भन्ने होडबाजी थियो । यसले बीमकहरुमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको थियो । यहि अस्वस्थ प्रतिस्पर्धाले गर्दा अहिले जीवन बीमा कम्पनीहरुमा सरेण्डरमा व्यापक बृद्धि भइरहेको छ । हेर्नुहोस् कुन कम्पनीको कति