 जीवन ज्योती बीमा योजना-१५

जीवन ज्योती बीमा योजना सीमीत भुक्तानी सावधिक जीवन बीमा योजना हो । पटक–पटक बीमाशूल्क भुक्तानी गर्न झन्झट मान्ने ग्राहकहरुलाई मध्यनजर राखी किस्ताबन्दीमा तथा एकल तरिका अनुरुप पनि बीमा शूल्क भुक्तानी गर्न सकिने नयाँ किसिमको बीमा योजना  हो । यस बीमा योजनामा बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमित स्वयंमलाई वा बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम इच्छाएको व्यक्तीलाई एकमुष्ट भुक्तानी दिइने व्यवस्था रहेको छ ।

 जीवन ज्योती बीमाको विशेषताहरु 

प्रवेश उमेर : ११ वर्ष देखी ६० वर्ष सम्म (नयाँ व्यवस्था)
बीमाङ्क रकम : न्यूनत्तम रु.५० हजार देखी र एकल भुक्तानीमा न्यून्त्तम  रु.१०,०००।– देखी
बीमा अवधि : न्यूनत्तम १० वर्ष देखी ३० वर्ष सम्म
बीमा समाप्ति उमेर : अधिकक्तम ७० वर्ष
शुल्क भुक्तानी तरिका : वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक
बीमा शुल्कमा छुट : वार्षिक/अर्ध–वार्षिक दुवैमा ३% छुट

 ऐच्छिक सुविधा 

नयाँ व्यवस्था अनुरुप बीमाङ्क रकम बराबर अधिक्तम रु.१००,००,०००।– लाख सम्मको दुर्घटना मृत्यु लाभ ADB र स्थायी अशक्त बीमा शूल्क छुट सुविधा समावेश गरिएकोे ।

 बीमा शुल्क छुट 

बीमाङ्क रकमको आधारमा छुट बीमा भुक्तानी तरिकाको आधारमा छुट                                                                        

बीमाङ्क रकम छुट प्रतिहजार भुक्तानी तरिका छुट प्रतिहजार
रु. २,००,००० सम्म छुट छैन एकल तिर्दा छुट छैन
रु. २,०१,००० देखि ५,००,००० सम्म रु.१।– वार्षिक तिर्दा २%
रु.५,०१,००० देखि माथि रु.२।– अर्ध–वार्षिक तिर्दा  १%
 –  – त्रैमासिक तिर्दा थप ३%

 ऋण तथा समावेश भएका सुविधाहरु

एकल बीमाशूल्क भुक्तानी गरेको अवस्थामा बीमा शुरु भएको मितिले एक वर्ष पश्चात बीमालेखको समर्पण मुल्यको ९०% सम्म कर्जा प्राप्त हुनेछ ।
एकल बीमा शूल्क बाहेक अन्य बमिाशूल्क भुक्तानी तरिकाको हकमा ३ वर्षको बीमाशूल्क भुक्तानी गरे पश्चात सर्मपण मुल्य वा समर्पण मुल्यको ९०% सम्म कर्जा प्राप्त हुनेछ ।

 बीमा शूल्क भुक्तानी

बीमा अवधि  बीमा शूल्क भुक्तानी अवधि
१० वर्षे अवधिमा ५ वर्ष
१५ वर्षे अवधिमा ५ वा १० वर्ष
२० वर्षे अवधिमा ५ वा १० वा १५ वर्ष
२५ वर्षे अवधिमा ५ वा १० वा १५ वा २० वर्ष

     

जीवन बीमा तथा परामर्शको लागि सम्पर्क व्यक्ति

वरिष्ठ एजेन्सी मेनेजर (SAM)
शंकर थापा सोमई मगर
उप.महा.न.पा. – नेपालगंज, बाँके
मो.नं. – ९८५८०२९३११
इमेल – somai.insurancegroup@gmail.com
वेवसाइट – shankarsomai.com.np

 सुरक्षित वचत लगानी तथा नियमित सर्वाधिक बोनसदरको लागी नेपाल लाइफ इन्स्योरेन्स क. लि. 