नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना-५५

यस कम्पनीको केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात कम्पनीले समस्त बीमितहरु माझ “नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना” सावधिक जीवन बीमा ल्याईएको हो ।
यस सावधिक जीवन बीमालेखमा १ बर्षदेखि ७ वर्षम्म उमेर भएको बीमितको वीमा प्रारम्भ मिति बाट २ वर्ष पुरा भए पश्चात वा ७ वर्षउमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८, ९ वर्षभएमा उनीहरुको उमेर १० वर्षपुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अन्र्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।

यस बीमा योजनाले निम्न लाभहरू प्रदान गर्दछ  :

क) बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस रकम एकमुष्ठ बीमितलाइ भुक्तानी गरिनेछ।

ख) बीमा जोखिम प्रारम्भ हुनु भन्दा अगाडि बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बिमितको मृत्यु हुनुभन्दा अघि सम्म भुक्तान गरिएको एकमुष्ठ बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेके) प्रस्तावकलाइ भुक्तानी गरिनेछ ।

ग) बीमा जोखिम प्रारम्भ पछि बीमित को मृत्यु भएमा तत्काल बीमाङ्क रकम को २५(पच्चिस) प्रतिशत रकम प्रस्तावकलाई भुक्तान दिने र बांकी ७५(पचहत्तर) प्रतिशत बीमाङ्क र आर्जित बोनस रकम एकमुष्ठ बीमा अवधि समाप्ती भएपछी प्रस्तावकलाइ भुक्तानी गरिनेछ ।

विशेषताहरु :

१) बीमा योजनाको नाम    ः    नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना
२) बीमा योजनाको प्रकार    ः    सावधिक जीवन बीमा [Endowment  Plan With Profit ] (मुनाफामा सरिक हुने)
३)    प्रवेश उमेर    ः     १ वर्ष देखि १७ वर्ष
४) ऐच्छिक सुविधा प्रवेश उमेर     ः    १ वर्ष देखि
५)    बीमाअवधि    ः    न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष सम्म (न्यूनतम परिपक्वता उमेरमा निर्भर पर्ने)
६)    बीमा समाप्तिमा अधिकतम उमेर    ः    ४७ वर्ष
७)    बीमा शुल्क भुक्तानि तरिका    ः    वार्षिक, अर्धवार्षिक ,त्रैमासिक र मासिक
८) न्यूनतम बीमाङ्क रकम    ः     रू १,००,०००/- (एक लाख)
९) अधिकतम बीमाङ्क रकम    ः     आयश्रोतको आधारमा गर्न सकिने

१०) यस योजनामा समावेश भएका सुविधाहरु :
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
वार्षिक   – १% छुट
अर्ध वार्षिक – छैन
त्रैमासिक -३ % थप
मासीक -६ % थप

ऋण तथा समर्पण सुविधा
क)    वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
ख)    समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
ऐच्छिक सुविधाहरु : 
बीमाशुल्क छुट सुविधा (PWB):
नौलो केटाकेटी सावधिक जीवन बीमा अन्तर्गत अतिरिक्त बीमाशुल्क तिरी बीमाशुल्क छुट सुविधा लिन सकिने छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा वा बीमालेख साथ संलग्न अनुसूचीमा उल्लेख भए बमोजिम दुर्घटनाको कारणबाट अशक्तरअपाङ्ग भएमा बाँकी बीमा अवधिको लागि बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी छुट प्रदान गरिने छ ।
मासिक आय सुबिधा (MIB):
नौलो केटाकेटी सावधिक जीवन बीमा अन्तर्गत अतिरिक्त बीमाशुल्क तिरी बीमाशुल्क छुट सुविधा लिन सकिने छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा, मृतु भएको अर्को महिना देखि मासिक आय सुबिधा बीमंकको १ प्रतिशत रकम माषिक रुपमा केटाकेटी १८ वर्ष नपुगुन्जेल वा बीमा अबधि समाप्ति सम्म जुन अगाडी घट्छ सो मिति सम्म कम्पनीले उपलब्ध गराउने छ ।
बच्चाको जोखिम कभर सुबिधा (CRC):
यो एक अतिरिक्त सुबिधा  हो जसमा  थप बीमाशुल्क तिरेर बच्चाको जोखिम बीमा गरिएको २ वर्ष पश्चात सुरु हुने गराउन सकिन्छ ।

 केटा–केटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजना-CLOSE

यस कम्पनिले आफ्नो अमुल्य ग्राहकहरुको अर्थिक हित र सामाजिक भलाईको लागी जनआकाँक्षा अनुरुप आफ्ना प्यारा संन्तानको उज्जवल भविष्यलाई दृष्टिगत गर्दै आमा बाबुको आत्मा सन्तुष्टिको लागी बच्चाको उच्च शिक्षा हासिल गर्न एंव विवाह गर्ने उद्देश्यले यो “केटाकेटीको शिक्षा र विवाह सावधिक जीवन बीमा योजना” जनसमक्ष प्रस्तुत गरिएको हो । यो केटाकेटी बीमा योजना अन्र्तगत अतिरिक्त बीमा शुल्क तिरी बीमा शुल्क छुट सुविधा (PWB) लिन सकिन्छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा वा बीमालेख साथ संलग्न अनुसुचीमा उल्लेख भए बमोजीम दुर्घटनाको कारणबाट अशक्त–अपाङ्ग भएमा बाँकी बीमा अवधिका लागि बीमालेख अन्तर्गतको बीमा शुल्क भूक्तानी छुट गरीने छ । तर बीमाको अन्तिम एक पटकको बीमाशुल्क किस्ता बीमित स्वयंमले तिर्नु पर्नेछ । यस्तो सुविधाको अधिकत्तम रकम ५० लाख वा कुल बीमाङ्क मध्ये जुन कम हुन्छ सो प्रदान गरीनेछ ।

 केटा–केटी जीवन बीमाको विशेषताहरु                              

न्युनत्तम प्रवेश उमेर : जन्मने बितिकै देखि ११ वर्ष मुनि
बीमाङ्क न्यूनत्तम रकम : ५०,००० हजारदेखि ५०,००,००० लाख सम्म
न्यूनत्तम बीमा अवधि : ८ वर्ष देखि १८ वर्ष सम्म
अधिकत्तम बीमा समाप्ति : उमेर १९ वर्ष
शुल्क भुक्तानी तरिका : वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक
जोखिम प्रारम्भ : ACRCB सुविधा लिएको हकमा २ वर्षपछि

 केटाकेटी बीमा योजनामा भुक्तानी प्राप्त हुने अवस्थाहरु

बीमा अवधि समाप्ति पछि बीमाङ्क रकम र बोनस भुक्तानी गरीने ।
जोखिम पछि अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जीत बोनस भुक्तान गरिने ।
 ऐच्छिक सुविधा (Premium Waiver Benefit) (बीमा शुल्क तिर्न छुट) सुविधा) उपभोग गरेको खण्डमा कुनै पनि कारणले प्रस्तावकको मृत्यु भएमा बिचको किस्ता मिनाहा हुने तर अन्तिम बर्षको वार्षिक १८ औं बीमा शुल्क किस्ता मात्र तिरी अवधि समाप्ति पश्चात बीमितलाई बीमाङ्क रकम र सोको बोनस रकम एकमुष्ट भुक्तान गरिने ।

 अतिरिक्त जोखिम वहन सुविधा (Additional Child Risk Cover Benefit-ACRCB) नलिई बीमा गरेको खण्डमा 

बच्चाको उमेर ७ वर्ष पुरा भएमा अर्थात ८ वर्ष देखि स्वतः जोखिम शुरु हुनेछ ।
बच्चाको उमेर ८ वर्ष वा ९ वर्षको भएमा ११ वर्ष देखि स्वतः जोखिम शुरु हुनेछ ।
बच्चाको उमेर १० वर्षको भएमा १३ वर्ष देखि स्वतः जोखिम शुरु हुनेछ ।

 अतिरिक्त जोखिम वहन सुविधा (Additional Child Risk Cover Benefit-ACRCB) लिई बीमा गरेको खण्डमा 

बीमककाे नयाँ निति अनुसार याे ACRCB सुविधा लिएकाे अवस्थामा उमेर १ देखि ५ वर्ष सम्म रहेका बीमित बच्चाको बीमालेख प्रारम्भ भएको पुरा २४ महिना अर्थात २ वर्ष पुरा भईसकेको खण्डमा मात्र जोखिम वहन लागु   हुनेछ ।

 मासिक आय सुविधा (Monthly Income Benefit-MIB)

कथंकदाचित बीमा फाराममा उल्लेखित बीमा प्रस्तावकको बीमा अवधिमा मृत्यु भएमा बालबच्चाको सुरक्षित शिक्षा तथा पालन पोषणका लागि बीमाङ्कको १% रकम मासिक रुपमा केटाकेटी १८ वर्ष नपुगुन्जेल वा अवधि समाप्तिसम्म (जुन अगाडी घट्छ सो मिति सम्म) कम्पनीले उपलब्ध गराउने छ । मासिक आय सुविधाको बीमाङ्क केटाकेटी बीमाङ्कको ५०% अर्थात आधा रकम बराबर लिन सकिनेछ । यस सुविधाको लागि प्रस्तावकको केटाकेटी बीमाको बीमाङ्क बराबर जीवन बीमा कम्पनीमा अनिवार्य रुपमा हुनु वा नभएमा गराउनु पर्नेछ ।

 पेशा परिवर्तन

यदि प्रस्तावकले प्रस्ताव फाराम उल्लेख गरेको पेशा परिवर्तन गरेमा वा प्रस्ताव फाराम उल्लेख गरेको भन्दा अन्य जोखिमपूर्ण पेशा वा कार्य शुरु गरेमा सो कुराको लिखित जानकारी कम्पनीलाई अविलम्ब दिनु पर्ने छ र सो को आधारमा यस पुरक करारनामा अन्तर्गत लाग्ने बीमाशुल्कको पुनः निर्धारण गर्न सकिने छ ।

जीवन बीमा तथा परामर्शको लागि सम्पर्क व्यक्ति

वरिष्ठ एजेन्सी मेनेजर (SAM)
शंकर थापा सोमई मगर
उप.महा.न.पा. – नेपालगंज, बाँके
मो.नं. – ९८५८०२९३११
इमेल – somai.insurancegroup@gmail.com
वेवसाइट – shankarsomai.com.np

 सुरक्षित वचत लगानी तथा नियमित सर्वाधिक बोनसदरको लागी नेपाल लाइफ इन्स्योरेन्स क. लि. 