Uncategorized

किन आवश्यक छ जीवन बीमा ? बीमा जोखिम

किन आवश्यक छ जीवन बीमा ?

बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय हो । बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा बीमकमा सार्नु नै बीमा गर्नु हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनभिज्ञ हुन्छौँ । भविष्यमा जत्तिबेला, जुनसुकै समयमा पनि जोखिम हुन सक्छ । जीवन बीमाका माध्यमबाट भविष्यमा पर्न सक्ने भवितव्य जोखिम कम गर्न सकिन्छ । बीमा प्रक्रियामा बीमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई बीमकले वहन गर्छ । भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ । मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् ।  बीमा बीमित र बीमक बीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।

बीमा ऐन २०४९ अनुसार “जीवन बीमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा नीजको आयुको आधारमा किस्ताबन्दीमा बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी व्यवसाय सम्झनु पर्दछ । ”मानवीय जीवनमा जीवन बीमाको अत्यन्त जरुरी रहेको हुन्छ । वित्तीय योजना तर्जुमाका लागि, आफ्ना बालबच्चाको भविष्यको लागि, आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र जोखिम पनि कभर गर्ने गर्दछ ।भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य छ । आज तपाई हामीले गरेको बीमाले भोली तपाई हाम्रो परिवार सुखमय रहन मद्दत पुग्दछ ।

आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ, त्यो कमाइले उसको परिवारको पालन-पोषण, शिक्षा-दीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ ।

व्यक्ति स्वयंमको लागि
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।

भविष्यको योजना निर्माण गर्न
हाम्रो इच्छा र आकांक्षा आवश्यकता भन्दा धेरै माथि हुन्छ । भविष्यका योजनाहरु हामीसँग धेरै हुन्छन् । सोही अनुसार हामी दैनिकि चलाई रहेका हुन्छौँ । काम गरिरहेका हुन्छौँ । कुनै पनि व्यक्तिले देखेका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमा मार्फत भविष्यको योजना बनाउन सक्छौँ ।

दीर्घकालीन पूँजी निर्माण
हामी सबैलाई आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको कल्पना हुन्छ । जुन आजको भोलि हुन सक्दैन । त्यसमा निश्चित समयसम्म धैर्य गर्नुपर्छ, धैर्यताका साथै मिहिनेत गर्नुपर्छ । योजना निर्माण गरेर बचत पनि हुनुपर्छ । एउटा अनुशासित जीवन बाँच्नु धेरै गाह्रो कुरा हो । जीवन बीमामा अनुशासित बचत गर्ने प्रक्रिया हुन्छ । जीवन बीमाका विभिन्न योजना अनुसार निश्चित समय सम्म हामीले शुल्क तिर्दै जान्छौँ । त्यही आधारमा बचत हुँदै जान्छ । यदि नियमित तिरेन भने त्यो खारेज हुन्छ । यसले बिमाशुल्क तिर्न अनुशासित बनाउँछ । यो अनिवार्य बचतका रूपमा हामी सोच्न थाल्छौँ । त्यसले भविष्यमा पूँजी निर्माण गर्छ । जब बिमा परिपक्व हुन्छ, त्यसवेला त्यो रकमले दैनिक जीवनयापन भन्दा फरक आवश्यकता पूरा गर्छौ ।

मुलुकको विकासमा भूमिका
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबै भन्दा बढी पूँजी जीवन बीमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।

छोरा–छोरीको शिक्षा
हरेक अभिभावकले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहाना राखेका हुन्छन् । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहे अनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिन्छ भन्ने यसैले देखाउँछ ।

ऋणको भरबाट मुक्ति
कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । व्यक्तिले बैंक, वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै भएमा उसको परिवारका सदस्यलाई समस्या उत्पन्न हुन पुग्छ । यदि उसले आफुले लिएको ऋणको बीमा गर्यो भने कम्पनीले ऋणको जोखिम बहन गर्छ ।

करमा छुट
बीमा गरेको व्यक्तिले बीमा शुल्कमा कर छुट पाउँछ । यसले एकातिर कर छुट हुन्छ भने अर्कोतिर बचत पनि भइरहेको हुन्छ । यो पनि बीमा गर्दाको फाइदा नै हो ।

………………………………………………………………………………………………….

बीमा भनेको के हो ? किन गर्ने बीमा ?

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो ।मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ ।

अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् ।बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ ।

बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् । बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणबाट हुन्छ । यस्ता फारमहरु सम्बन्धित बिमा कम्पनिहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वमले बिमा अभिकर्ता मार्फत पेस गर्न सक्नेछन् । यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ । बीमा सम्वन्धि शर्त, सुविधा सहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाई बिमा स्वीकार भए पछि प्रदान गर्दछ । यसलाई बिमालेख भनिन्छ ।
बीमा दुई प्रकारका हुन्छन् ।

१.जीवन बिमा

मानिसको जीवन सँग सम्बिन्धित जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बिमा भनिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ । जीवन बिमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।
मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । त्यसैले जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।
जीवन बीमाका प्रकार ः
 आजिवन बीमा
 सावधिक बीमा
 म्यादी बीमा
 एन्युटि बीमा

२. निर्जीवन बीमा

निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौता पत्र हो । यसमा बीमा गर्ने कम्पनि र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अंगभंग भएमा बीमाकंको परिधिमा रही वास्तविक रुपमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ । निर्जिवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जिवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केही अंशलाई भने समेटेकै हुन्छ नै । जीवन बाहेक चल अचल सम्पत्ति सँग सम्बन्धित बीमा यस अन्र्तगत पर्छन् ।
निर्जीवन बीमाको प्रकार:-
 अग्नि बीमा
 सामुन्द्रिक बीमा
 हवाई बीमा
 मोटर बीमा
 विविध बीमा
वर्तमान समयमा बीमाको महत्व दिनानुदिन बढ्दै गईरहेको छ । तर पनि बीमा क्षेत्रमा जति विकास हुनुपर्ने हो त्यो भने भएको पाईदैन । समय र प्रविधि सगै बीमा क्षेत्रमा हुनु पर्ने सुधार नआउनुमा धेरै कारणहरु तेर्सिन पुग्दछन् । बीमा सम्बन्धि जनचेतना नहुनु, बीमा अभिकर्ता सक्रिय नहुनु जस्ता मुलभूत कारणहरुले गर्दा आज बीमा क्षेत्र फस्टाउन सकेको छैन । बीमा क्षेत्रमा सुधार ल्याउनका लागि केहि नयाँ कदम चालेमा पक्कै पनि यो क्षेत्रमा सुधार भने आउने छ ।

प्रस्तुती:- बिजया बास्कोटा

…………………………………………………………………………………………………………………………………

बीमा खर्च होइन, जोखिम व्यवस्थापन र भविष्यको लागि बचत हो

बैंकिंग खबर । बीमालाई जोखिम व्यवस्थापनको साधन भनिन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । यही काम बीमाले गर्ने गर्दछ । न्यूनतम खर्च (बिमाशुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो ।

बिमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बिमाशुल्क बुझाई बीमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । यही आवश्यकताले नै बीमा क्षेत्रको विकास भएको हो । जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । तर, सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने होइन । बीम गर्नका लागि जोखिमका विशेष चरित्र हुनु जरुरी छ ।

घटना अनिश्चित हुनुपर्छ
जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घट्न सक्ने घटना अनिश्चित हुनुपर्छ । घटना घटिहालेमा पनि क्षति कति परिमाणको हुन्छ सो पनि अनिश्चित हुनुपर्छ । घटना हुने निश्चित छ भने बीमा गर्न मिल्दैन । अर्थात् घटना बीमा गर्ने व्यक्ति वा संस्थाको काबुभन्दा बाहिर  हुनुपर्छ । जीवन बीमा गर्नेको कुनै एक दिन मृत्यु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । तर, जीवन सबमा गर्नेले बीमा गराउँदा तत्कालै आत्महत्याको नियत नराखेको हुनुपर्छ । जोखिम अनिश्चित हुनुपर्छ भनिँदा बीमाको विषयवस्तु अर्थात् आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु बिगार्न र क्षतिपूर्ति माग गर्नु सामाजिक मान्यताविपरीत हुन्छ । सवारी दुर्घटनाबापत चालकलाई सम्बन्धित प्रहरीले गर्ने जरिवाना रकम बीमा क्षतिपूर्ति हुँदैन । तर, तेस्रो पक्षप्रति दायित्वको भने क्षतिपूर्ति हुन्छ ।

मूल्य किटान गर्न सकिने हुनुपर्छ
कुनै पनि क्षतिमा मूल्यको निर्धारण हुनु आवश्यक हुन्छ । घर आगलागी हुँदा, सवारी साधन दुर्घटना हुँदा मर्मत खर्च कति लाग्छ ? सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा प्रचलित ऐन नियमको व्यवस्थाले कति रकम दिनुपर्ने भयो ? जीवन बीम गरिएको अवस्थामा मृतक भएको विमितले इच्छाएको व्यक्तिले पाउने रकम कति छ ? बीमालेखको रकम कति हो र पाउने क्षतिपूर्ति कति हो ? यस्ता सबै प्रकारका क्षतिहरूलाई मूल्यमा किटान गर्न सक्नुपर्छ । निर्जीवन बीमामा घटना घटेपछि मात्र क्षति मूल्य यकिन हुन्छ तर जीवन बीमामा अग्रिम रूपमा नै मूल्य किटान भइरहेको हुन्छ ।

बीमा गर्दा निश्चित बीमशुल्क बुझाउनु पर्छ । बीमाशुल्कको निर्धारण धेरै कुरामा आधारित हुन्छ । सम्पत्तिमा सुरक्षण गरिने जोखिमको प्रकृति, त्यसमा पर्न सक्ने दायित्वको सीमा, जीवन बीमाको हकमा बीमा गर्नेको उमेर, स्वास्थ्यस्थिति तथा भुक्तानी फिर्ता हुने अवधि आदि विवरणका आधारमा बीमाशुल्क निर्धारण गरिन्छ ।
बीमा कम्पनीहरूलाई बिमाशुल्क निर्धारणको निमित्त उस्तै प्रकारका धेरै जोखिमहरूको प्रस्ताव प्राप्त हुनुपर्छ । हस्तान्तरण हुने जोखिम थोरै छ वा एक दुइटा मात्र छन् भने बीमाशुल्कको निर्धारण बढी हुन्छ ।

जनहितविरुद्ध हुनुहुँदैन
बीमाको माध्यमद्वारा जोखिम हस्तारन्तरण गरिँदा आइपर्न सक्ने क्षति वा दायित्व सिर्जना हुने बीमाको विषय वस्तुमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्तिको आफ्नो बीमायोग्य हित भएको हुनुपर्छ । घटना भएमा हित कायम भएको व्यक्ति वा संस्थाले मात्रै क्षतिपूर्ति पाउनुपर्छ । अन्य व्यक्ति वा संस्थाको सम्पत्ति, आइपर्ने दायित्व तथा अरूको जीवनमा बिमा गर्न मिल्दैन (कुनै–कुनै अपवाद अवस्था बाहेक) यसलाई बीमायोग्य हितका सिद्धान्तसम्बन्धी शीर्षकमा छुट्टै व्याख्या गरिएको छ ।

……………………………………………………………………………………….

के तपाई जीवन बीमा गर्दै हुनुहुन्छ ? यस्ता छन् है जीबन बीमा बारे जान्नै पर्ने कुराहरु

सबै तह र तप्काका आममानिसहरुलाई जीवन बीमाको आवश्यकता रहेको हुन्छ । अझै भन्ने हो भने नेपाल जस्तो विकासोन्मुख मुलुकमा बस्ने हामीलाई बीमाको अति नै आवश्यक रहेको छ ।

भविष्य अनिश्चित छ । जीवनमा कुनैपनि समयमा अप्रत्याशित जोखिमहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । जीवन अमूल्य छ, त्यसैले जीवन बीमाकै माध्यमबाट जीवनको हर अवस्थामा सुनिश्चित रहन सकिन्छ । हामीले भविष्यमा आउन सक्ने जोखिमहरुलाई पूर्णरुपमा नियन्त्रण गर्न त सक्दैनौं तर पनि बीमाको माध्यमबाट हुन सक्ने सम्भावित जोखिम वा क्षतिलाई न्यूनिकरण गर्नका लागि भने बीमा गर्नु पर्ने हुन्छ । किनकि भविष्यमा पर्न गएको अनिश्चित जोखिमलाई सामना गर्न बीमाले साहस दिलाउने गर्दछ ।

बीमा ऐन २०४९ का अनुसार जीवन बीमा व्यवसाय भन्नाले बीमा शुल्क भुक्तानी गरेको बीमितलाई तोकिएको अवस्थामा जीवित रहे वा मृत्यु भएमा बीमकले निश्चित रकम क्षतिपूर्तीवापत प्रदान गर्ने गरी दुईपक्षबीच हुने करारलाई भनिन्छ ।

जीवन बीमा गरे पाईन्छ यी फाइदा

जीवन बीमाले मनमा शान्ति दिलाउँनुका साथै, आर्थिक परनिर्भरता हटाउँछ । बचतलाई प्रोत्साहित गर्छ । जीवन बीमाले परिवारको भरणपोषण गर्नुपर्ने जिम्मेवारी बोकेका व्यक्तिका लागी बहुमूल्य आर्थिक लाभ पु-याउँछ । आफ्नो अनुपस्थिति वा अप्रत्याशित निधनमा समेत आर्थिक सुरक्षा प्रदान गर्नेछ भन्ने भरोशा प्रदान गर्ने गर्दछ ।

यस्तै, बेरोजगारी, दुर्घटना, अपाङ्गता वा मृत्यु भएको अवस्थामा समेत यसले आर्थिक श्रोत जुटाएर जीवनशैलीलाई निरन्तरता दिन सहयोग पर्याउँछ । साथै वृद्धावस्थामा समेत निरन्तर आर्थिक आर्जनका लागी जीवन बीमा आवश्यक छ ।

जीवन बीमा सम्बन्धि जान्नै पर्ने अन्य यी कुराहरु

कति रकम सम्मको जीवन बीमा हाम्रा लागी उपयुक्त छ ?

मानिसको जीवन अमूल्य छ । कसैले पनि जीवनको मूल्य रुपैयाँमा आंकलन गर्न सक्दैन । जीवन बीमाको बीमाङ्क रकम तपाईको आर्थिक अवस्थामा भर पर्छ ।

जीवन बीमाका सम्बन्धमा थप जानकारी कहाँबाट प्राप्त गर्न सकिन्छ ?

जीवन बीमाका सम्बन्धमा थप जानकारी प्राप्त गर्न तपाईले निम्न स्थान वा व्यक्तिसँग सम्पर्क गर्न सकिनेछ ।
जीवन बीमा कम्पनीमा कार्यरत बीमा अभिकर्ता जसले तपाईको आवश्यक्तालाई सहजरुपमा बुझ्न र तपाईका लागी उपयुक्त बीमा योजना छनौटमा सहयोग पुयाउन सक्छन् ।

बीमा गर्दा के कति बीमाशुल्क भुक्तानी गर्नुपर्छ ?

तपाईको आफ्नो उमेर, रोजगारी, स्वास्थ्य अवस्था, बीमाङ्क, बीमाशुल्क भुक्तानी तरिका र सम्बन्धित अन्य पक्षलाई समेत विचार गरेर बीमाशुल्क निर्धारण गरिन्छ ।

त्यसपछि वार्षिक, अद्र्धवार्षिक, त्रैमासिक वा मासिकरुपमा, बीमालेखमा उल्लेख भए अनुसार, बीमाशुल्क भुक्तान गर्नुपर्ने अन्तिम मिति वा बीमा अवधी पुरा हुनु अगावै बीमितको मृत्यु भएसम्म भुक्तानी गर्नुपर्नेछ ।

बीमाशुल्क कहाँबाट बुझाउने ?

आाफुुले बीमा गरेको कम्पनीको जुनसुकै शाखा वा उपशाखाबाट बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

के इच्छ्याएको व्यक्ति परिवर्तन गर्न सकिन्छ त ?

बीमितले जीवन बीमा अवधीभित्र कुनैपनि समयमा इच्छयाइएको व्यक्ति परिवर्तन गर्न सक्नेछन् । यसका लागी तपाईले कम्पनीले तोकेको ढाँचामा आवेदन दिनुपर्ने छ । इच्छाइएको व्यक्ति परिवर्तन गरिएको सम्बन्धमा कम्पनीले तपाईलाई लिखित सूचना जारी गर्नेछ ।

बीमालेख हराएको अवस्थामा के गर्ने ?

बीमालेख हराएको अवस्थामा बीमा कम्पनीले प्रतिलिपी उपलब्ध गराउँदछ । यसका लागी बीमितले कम्पनीले तोकेको केही प्रकृयाहरु पुरा गर्नुपर्नेछ । साथै बीमितले तोकिएको शुल्क समेत तिर्नुपर्नेछ ।

के बीमाशुल्क भुक्तानीको तरिका परिवर्तन सकिन्छ ?

बीमितले चाहेको खण्डमा भुक्तानीको तरिका परिवर्तन गर्न सक्नेछन् । यसको लागि भने बीमितले कम्पनीले उपलब्ध गराएको ढाँचामा आवेदन दिनुपर्ने हुन्छ ।

बीमालेख कसरी व्यतित हुन्छ र यसको पुनर्जागरण कसरी गर्ने ?

बीमितले प्रत्येक पटक बीमा शूल्कको किस्ता बुझाउनुपर्ने मितिदेखि थप ३० दिनको मोहलतसम्ममा पनि बीमाशुल्क बुझाउन नसकेको अवस्थामा बीमालेख व्यतित भएको ठहर्छ । यस्तो अवस्थामा बीमालेखको सबै सुविधाहरुबाट बीमित बञ्चित हुनपुग्छ ।

बीमालेख व्यतित भएको खण्डमा यी निम्न प्रकृयाद्धारा पुनर्जागरण गर्न सकिन्छ

सबैभन्दा पहिले बीमितले स्वास्थ्य विवरण फारम भर्नु पर्ने हुन्छ । बाँकी रहेको बीमाशुल्क तथा ब्याज हर्जाना भुक्तानी गर्ने । अर्धवार्षिक ९ प्रतिशतका दरले ब्याज लाग्छ । व्यतित बीमालेख पुनर्जागरण गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिने अधिकार कम्पनीमा निहित रहनेछ ।

बीमा दाबी भुक्तानीका लागी के के प्रकृयाहरु अपनाउनु पर्छ ?

बीमितको मृत्यु भएको अवस्थामा बीमितको इच्छाइएको व्यक्ति वा हकवालाले दाबी विवरण फारम भर्नु पर्ने हुन्छ । यसका साथै बीमितले मृत्यु दर्ता प्रमाण पत्र, दुर्घटनाको प्रमाण ( जीवन बीमालेखमा समेटिएको जोखिम अन्तर्गत पर्नेगरी कुनै दुर्घटनामा परेर बीमित मृत्यु भएको हो भने मृत्युको कारण स्पष्ट खुलाइएको मान्यताप्राप्त स्वास्थ्य संस्थाका चिकित्सकको हस्ताक्षरमा जारी गरिएको शव परिक्षण प्रतिवेदन वा यस्तो कुनै कागज प्रमाण नभएको अवस्थामा प्रहरी प्रतिवेदन), बीमित (मृतक )सँगको नाता खुल्ने प्रमाण, बीमितको मृत्यु हुनु अघि उपचार गराइएको प्रमाण, बीमालेख जारी गर्दा बीमितको उमेर खुल्ने प्रमाण पेश नगरिएको भए बीमितको जन्म मिति खुल्ने प्रमाण, सक्कल बीमालेख लगाएतका कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।

सबै प्रकृयाहरु पुरा गरीसकेपछि भुक्तानी प्राप्त गर्न कति समय लाग्छ ?

बीमा निर्देशिका २०५९ को दफा–३१ को उपदफा (४) अनुसार दाबी भुक्तानीका लागी आवश्यक सम्पूर्ण कागज प्रमाण पेश गरिसकेको अवस्थामा कम्पनीले १५ दिनभित्र बीमितलाई भुक्तानी गर्ने दायीत्व (रकम) को निर्धारण गर्नुपर्छ ।

बीमालेखमा इच्छाइएको व्यक्ति उल्लेख नगरेको अवस्था वा इच्छाइएको व्यक्तिको मृत्यु भइसकेको अवस्थामा बीमितको मृत्युपश्चात बीमा दाबी भुक्तानीमा कस्को हक लाग्नेछ ?

बीमा ऐन २०४९ अनुसार, कुनैपनि बीमितको मृत्यु बीमा अवधी समाप्ती हुनुपूर्व नै भएको अवस्थामा बीमालेखमा उल्लेखित इच्छाइएको व्यक्तिले बीमा रकम भुक्तानी पाउनेछ । इच्छाइएको व्यक्तिको नाम उल्लेख नभएको अवस्था वा इच्छाइएको व्यक्तिको समेत पहिले नै मृत्यु भइसकेको अवस्थामा निम्नलिखित क्रम अनुसार प्राथमिकतामा बीमा रकम भुक्तानी दिइनेछ । एकभन्दा बढी हकवाला भएको अवस्थामा बीमा रकम सबै हकवालाहरुलाई समानुपातिकरुपमा वितरण गरिनेछ ।

(क) सगोलको पति वा पत्नी,
(ख) सगोलको छोरा, छोरी, विधवा छोरा बुहारी,
(ग) सगोलको बाबु आमा, (विवाहिता महिलाको हकमा सासू ससुरा),
(घ) आफुले  पालनपोषण गर्नु पर्ने बाजे बज्यै र छोरापट्टिको नाति, नातिनी,
(ङ) भिन्न बसेको पति पत्नी,
(च) भिन्न बसेको अविवाहिता छोरी, छोरा, विधवा छोराबुहारी,
(छ) भिन्न बसेका बाबु आमा,
(ज) सगोलको सौतेनी आमा,
(झ) सगोलको सौतेनी छोरा छोरी,
(ञ) सगोलको दाजु भाइ, दिदी बहिनी,
(ट) विवाहिता महिलाको हकमा भिन्न बसेका सासू ससुरा,
(ठ) भिन्न बसेका छोरापट्टिको नाति, अविवाहिता नातिनी,
(ड) भिन्न बसेको सौतेनी आमा,
(ढ) भिन्न बसेका सौतेनी छोरा, अविवाहिता सौतेनी छोरी,
(ण) विवाहिता महिलाको हकमा सगोलको जेठाजु, जेठानी, देवर, देवरानी,
(त) सगोलको भतिजा, भतिजी,
(थ) सगोलको काका, विधवा काकी, भाउजू, भाइ बुहारी,
(द) भिन्न बसेका दाजु भाइ, दिदी बहिनी,
(ध) भिन्न बसेका बाजे, बज्यै, नातिनी बुहारी, भतिजा, भतिजी,
(न) बीमितसँग अन्तिम अवस्थासम्म सँगै बसी निजको हेरचाह गर्ने व्यक्ति ।

………………………………………………………………………………………………………

बीमा नगरेपनि जीवन बीमाबारे जान्नै पर्ने यी तथ्य

काठमाडौं । समय एकैनाशले चल्दैन् । आज जे छ त्यो भोलि पनि रहन्छ भन्ने एकिन गर्न सकिदैन् । भविष्यमा के हुन्छ ? कसले पो देखेको हुन्छ र ? जीवनमा कत्ति बेला के–के जोखिम आईपर्ने हुन् कसलाई के थाहा ? भविष्यमा जोखिमले ‘म आए है’ भन्दै पक्कै पनि आउँदैन् । त्यसैले आजै र समय छउञ्जेल र गर्न सकुञ्जेल हामीले भोलिका लागि सोच्नैपर्ने हुन्छ । भविष्यमा हुन सक्ने जोखिमको भार आफूले नबोकी बीमा कम्पनीहरुलाई किन नबोकाउने ? जीवन बीमाले हानी होइन, जीवनलाई अघि बढाउन मद्दत गर्दछ ।

बीमा जोखिम हस्तान्तरण गर्ने मुख्य उपाय हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ ।

भविष्यको सुरक्षाका लागि जीवन बीमाको आवश्यक छ । आज तपाई हामीले गरेको बीमाले भोली तपाई हाम्रो परिवार सुखमय रहन मद्दत पुग्छ ।

बीमा नगर्दा पनि हुन्छ तर जीवन बीमा गरे यी तथ्य भने सबैले बुझ्न जरुरी छ

सर्वोत्तम बचत
साधारण बचत व्यवस्थाअन्तर्गत बचत गरेमा बचत गर्ने व्यक्तिको असामायिक र अचानक मृत्यु भएमा निजका आश्रितहरूले निजले बचत गरेको रकम र त्यसमा हुने ब्याज मात्र पाईन्छ ।

तर, जीवन बीमा छ भने बीमा गर्ने व्यक्तिको मृत्यु जहिलेसुकै भएमा पनि बीमालेख बमोजिमको बीमा रकम र आर्जन भएको बोनस एकमुस्ट पाइनेछ ।

अनिवार्य बचतः
अन्य योजनाअन्तर्गत बचत गरिने रकम निश्चित अवधिभन्दा अगाडि पनि सजिलैसित झिक्न सकिन्छ । तर, जीवन बीमा योजनाअन्तर्गतको रकम अनिवार्य रूपले बुझाउनुपर्ने हुनाले अनिवार्य बचतको रूपमा रहन्छ । त्यसैले जीवन बीमा गर्दा अनिवार्य बचत गर्ने बानि बस्छ ।

करमा छुट
बीमा गरेको व्यक्तिले बीमा शुल्कमा कर छुट पाउँछ । यसले एकातिर कर छुट हुन्छ भने अर्कोतिर बचत पनि भइरहेको हुन्छ । यो पनि बीमा गर्दाको फाइदा नै हो ।

आर्थिक सुरक्षाको साधन
बीमा आर्थिक सुरक्षाको साधन हो । बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिन्छ । जीवन बीमा गरेको निश्चित अवधिसम्म बीमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई, नभए आश्रित परिवारलाई बीमा कम्पनीले एकमुष्ट बीमा रकम फिर्ता गर्दछ । बीमा गर्ने व्यक्ति वा परिवारमा भएको घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति गरिदिने भएकोले बीमा लाभदायक छ ।

शिक्षा, दिक्षा र विवाहको व्यवस्था
आफ्ना छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रवन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहानालाई यसले ठूलो सहयोग गर्छ । अथवा विवाह– ब्रतबन्ध, कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।

ऋणको भारबाट मुक्ति
कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । व्यक्तिले बैंक, वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै उसको परिवारका सदस्यलाई समस्या उत्पन्न हुन पुग्छ । यदि उसले आफुले लिएको ऋणको बीमा गर्यो भने कम्पनीले ऋणको जोखिम बहन गर्छ ।

भविष्यको योजना निर्माण गर्न
जीवन बीमाले भविष्यको योजना तर्जुमा गर्न मद्दत गर्दछ । जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।

व्यक्ति स्वयम्को लागि
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।

बुढेसकालको साहारा
जीवन बीमाले बुढेसकालमा साहारा दिन्छ । बुढेसकालमा केही काम गर्न नसक्दा बीमाबाट आउने रकमले धेरै भर दिन्छ । कसैले साहारा नदिए पनि बीमावापत पाएको रकमले आफ्नो दैनिकि चलाउन सकिन्छ ।

………………………………………………………………………………………………………………………………

बीमाले जोखिम वहन कसरी गर्छ ? यस्ता छन् तीन टिप्सहरु

काठमाडौं । बीमालाई जोखिम वहन गर्ने वा व्यवस्थापन गर्ने मुख्य साधनको रुपमा लिइन्छ । बीमाले भोलिका दिनमा भइपरी आउने क्षतिबाट जोगिन मद्दत गर्दछ । भविष्यमा आइपर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्थापन गर्नु जोखिम व्यवस्थापन हो । त्यही भोलि आइपर्ने जोखिमलाई बीमाले व्यवस्थापन गर्न मद्दत गर्दछ ।

न्यूनतम खर्च (बीमा शुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवम् कामदारको यथोचित अधिकतम सुरक्षाको आर्थिक रुपमा जिम्मेवारी लिनु नै वास्तविक जोखिम व्यवस्थापन हो । बीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमा शुल्क बुझाई बीमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । सोही कारण संसारभर बीमा सबैको प्रिय बनेको छ । यद्यपि सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने होइन । निम्न जोखिमलाई बीमा योग्य जोखिम भनिन्छ ।

घटना अनिश्चित हुनुपर्छ
जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घट्न सक्ने घटना अनिश्चित हुनुपर्छ । घटना घटिहालेमा पनि क्षति कति परिमाणको हुन्छ सो पनि अनिश्चित हुनुपर्छ । घटना हुने निश्चित छ भने बीमा गर्न मिल्दैन । अर्थात् घटना बीमा गर्ने व्यक्ति वा संस्थामा पुग्ने आर्थिक र भौतिक क्षति काबुभन्दा बाहिर हुनुपर्छ ।

जीवन बीमा गर्नेको कुनै एक दिन मृत्यु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । तर, जीवन बीमा गर्नेले बीमा गराउँदा तत्कालै आत्महत्याको नियत नराखेको हुनुपर्छ ।

बीमितले क्षति पुर्याउन पाइने छैनः बीमा शुल्क तिरेर बीमा गर्ने व्यक्तिले उक्त जोखिमलाई क्षति पुर्याउन पाइने छैन । अर्थात् आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु बिगार्न र क्षतिपूर्ति माग गर्नु सामाजिक मान्यता विपरीत हुन्छ । साथै आफैले बीमा गरेर आत्महत्या गरेको अवस्थामा पनि बीमा दावी भुक्तानी हुन नसक्ने अवस्था हो । सवारी दुर्घटना बापत चालकलाई सम्बन्धित प्रहरीले गर्ने जरिवाना रकम बीमा क्षतिपूर्ति हुँदैन । तर, तेस्रो पक्षप्रति दायित्वको भने क्षतिपूर्ति हुन्छ ।

मूल्य किटान गर्न सकिने हुनुपर्छ
कुनै पनि क्षतिमा मूल्यको निर्धारण हुनु आवश्यक हुन्छ । घर आगलागी हुँदा, सवारी साधन दुर्घटना हुँदा मर्मत खर्च कति लाग्छ ? सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा प्रचलित ऐन नियमको व्यवस्थाले कति रकम दिनुपर्ने भयो ? जीवन बीमा गरिएको अवस्थामा मृतक भएको बीमितले इच्छाएको व्यक्तिले पाउने रकम कति छ ? बीमालेखको रकम कति हो र पाउने क्षतिपूर्ति कति हो ? यस्ता सबै प्रकारका क्षतिहरूलाई मूल्यमा किटान गर्न सक्नुपर्छ । निर्जीवन बीमामा घटना घटेपछि मात्र क्षति मूल्य यकिन हुन्छ तर जीवन बीमामा अग्रिम रूपमा नै मूल्य किटान भइरहेको हुन्छ ।

बीमा गर्दा निश्चित बीमशुल्क बुझाउनुपर्छ । बीमाशुल्कको निर्धारण धेरै कुरामा आधारित हुन्छ । सम्पत्तिमा सुरक्षण गरिने जोखिमको प्रकृति, त्यसमा पर्न सक्ने दायित्वको सीमा, जीवन बीमाको हकमा बीमा गर्नेको उमेर, स्वास्थ्य स्थिति तथा भुक्तानी फिर्ता हुने अवधि आदि विवरणका आधारमा बीमाशुल्क निर्धारण गरिन्छ ।

जनहितविरुद्ध हुनुहुँदैन
बीमाको माध्यमद्वारा जोखिम हस्तारन्तरण गरिँदा आइपर्न सक्ने क्षति वा दायित्व सिर्जना हुने बीमाको विषय वस्तुमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्तिको आफ्नो बीमायोग्य हित भएको हुनुपर्छ । घटना भएमा हित कायम भएको व्यक्ति वा संस्थाले मात्रै क्षतिपूर्ति पाउनुपर्छ । अन्य व्यक्ति वा संस्थाको सम्पत्ति, आइपर्ने दायित्व तथा अरूको जीवनमा बीमा गर्न मिल्दैन (कुनै–कुनै अपवाद अवस्था बाहेक) यसलाई बीमायोग्य हितका सिद्धान्त सम्बन्धी शीर्षकमा छुट्टै व्याख्या गरिएको छ ।

सम्झौता विपरितका शर्तः
बीमा गर्दा बीमक कम्पनी र बीमित व्यक्ति वा संस्थाका बीचमा भएको सम्झौताभन्दा बाहिरबाट पुगेको क्षतिको बीमा दावी भुक्तानी हुन सक्दैन । जस्तो विकास आयोजनाहरुको बीमा गर्दा निश्चित प्रतिशतसम्मको क्षति बीमित आफैले व्यहोर्ने अर्थात बीमा दावी नगर्ने भनि शर्तनामा गरिएको रहेछ भने सो सीमाभन्दा बढिको क्षति मात्रै बीमा कम्पनीले भुक्तानी गर्न मिल्दछ । सम्झौताभन्दा बढि रकम भुक्तानी गरेको अवस्थामा अण्डरराईटिङबाट त्यस्तो भुक्तानी स्वीकृति नगर्न सक्दछ र भुक्तानी दिने बीमा प्रशासक माथि पनि कारवाही हुनसक्दछ ।

……………………………………………………………………………………………………………………………………

बिमा: बचत र सुरक्षा पनि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय हेरिटेज प्लाजा कमलादीमा ३ माघमा निकै भीड देखिन्थ्यो । त्यहाँ एकातर्फ अधिकर्ता (बिमाकर्ता खोज्ने र विश्वस्त बनाउने) तालिम चलिरहेको थियो । अर्कातर्फ बिमा रकम तिर्नेहरूको लाम थियो । अर्को कोठामा नयाँ बिमाकर्ताहरू कसरी थप्ने योजना बनिरहेको थियो । एलआईसी नेपालको शाखा कार्यालय मीनभवनको दृश्य पनि यस्तै थियो । सबैजसो जीवन बिमा कम्पनीमा पछिल्ला दिनमा यस्तै दृश्य देख्न पाइन्छ । अर्थात् बैंकमा जत्तिकै भीड लाग्न थालेको छ, जीवन बिमा कम्पनीहरूमा पनि । त्यसकै परिणाम जीवन बिमा कम्पनीले सवा खर्बको लगानी गरिसकेका छन् ।

प्राकृतिक, दैवी तथा मानवीय कारणले आकस्मिक रूपमा उत्पन्न हुने जोखिम, हानि–नोक्सानी तथा घटनाविरुद्ध आर्थिक संरक्षण लिने/दिने उद्देश्यले बिमा गरिन्छ । मानवीय जीवनसँग सम्बन्धित आर्थिक क्षतिको जोखिमविरुद्ध गरिने बिमा जीवन बिमा हो । यस्ता बिमा कम्पनीहरूलाई नेपाल सरकार मातहतको बिमा समितिले निगरानी गर्छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत शिवनाथ पाण्डेका भनाइमा बिमा सम्भावनाको ढोका हो । त्यसैले यसको पहिलो आधार विश्वास हो । बैंकहरूलाई राज्यले जुन मात्रामा गम्भीर रूपमा लिएको छ, बिमा कम्पनीहरूलाई त्यही रूपमा लिनुपर्ने सूर्य लाइफका कार्यकारी अधिकृत पाण्डेको सुझाव छ । भन्छन्, “बिमा भनेको बैंकजस्तै बचत पनि हो । सुरक्षा पनि हो । यसलाई सरकारले अझ राम्ररी नियमन गर्दै सुरक्षित बनाउनु पर्छ ।” बिमालाई अनिवार्य गरिने हो भने राज्यलाई पेन्सनको भार नपर्ने पाण्डे बताउँछन् । जीवन बिमा भनेको जीवन हुँदै पाउने बिमा पनि हो । तर, मृत्युपछि मात्र बिमाको रकम पाइन्छ भन्ने गलत बुझाइ रहेकाले बिमा व्यवसाय ठूलो रूपमा फस्टाउन सकेको छैन ।

बिमा तीन प्रकारका छन्– जीवन बिमा, निर्जीवन बिमा र पुनर्बिमा । जीवन बिमाले मानिसको व्यक्तिगत जीवनसँग मात्र सरोकार राख्छ । यो बिमा जीवित व्यक्तिका हकमा मात्र कार्यान्वयन हुन्छ । निर्जीवन बिमा घर, गाडी, उद्योगधन्दा, कृषि, पशु आदिका लागि गरिन्छ । पुनर्बिमा चाहिँ जोखिमको भार कम होस् भनेर बिमा कम्पनीहरूले नै आफ्नो बिमा गराउँछन् । रिलायबल लाइफ इन्स्योरेन्सका सहायक कार्यकारी अधिकृत अगम मुखियाका भनाइमा जीवन बिमा पनि तीन प्रकारले गरिन्छ । एउटा सावधिक जीवन बिमा । अर्को आजीवन जीवन बिमा र तेस्रो म्यादी जीवन बिमा हो ।

सावधिक जीवन बिमा गर्दा कति वर्षका लागि गरेको हो, त्यस अवधिमा बोनससहित रकम फिर्ता हुन्छ । यसबाहेक मृत्यु, दुर्घटना, अंगभंग भए पनि यसको सुविधा पाइन्छ । आजीवन जीवन बिमाचाहिँ स्वाभाविक होस् वा आकस्मिक, मृत्यु भएपछि बोनससहित परिवारले पाउँछन् । म्यादी बिमा गरिएको छ भने दुर्घटनामा परी मृत्यु भए रकम पाइन्छ । नत्र त्यो रकम फिर्ता हुन्न । धेरैजसो जीवन बिमा कम्पनीहरूले पछिल्लो समयमा सावधिक तथा आजीवन भनेर बिमा गर्न थालेका छन् ।

एलआईसी नेपालका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तियारका अनुसार बिमा गर्नुको खास कारण तीनवटा छन् । पहिलो मृत्युबाट उत्पन्न हुने आयस्रोतको क्षतिमा परिवारलाई आर्थिक सुरक्षा दिनु, दोस्रो बिमा लगानीको उत्कृष्ट तरिका भएकाले यसका कारण राम्रो बोनस रकम, बिमालेखमा कर्जा सुविधा र परिपक्वता लाभ पाइन्छ । तेस्रो, बचत गर्ने बानी भई पुँजी निर्माण हुन्छ, जसबाट व्यक्तिले भविष्यमा आर्थिक गर्जो टार्न र व्यवसाय सुरु गर्न सक्छ ।

वैशाख ०७२ मा आएको विनाशकारी भूकम्पमा परी नौ हजार नागरिकले ज्यान गुमाए । जसमा जीवन बिमा गर्नेको संख्या करिब तीन सय मात्र रहेछ । यही घटना काफी छ बिमाप्रति सर्वसाधारणको सचेतना कति कमजोर छ भन्ने बुझ्न । बिमा कम्पनीका सबैजसो प्रमुख कार्यकारी अधिकृतहरू जीवन बिमाप्रतिको सचेतना निकै नै कमजोर रहेको स्वीकार गर्छन् । “दुर्भाग्य नै भनौँ, नेपालमा बिमा सचेतना त्यति राम्रो छैन,” एलआईसीका कायमुकायम कार्यकारी अधिकृत दस्तियार भन्छन्, “हामीहरूले आमजनमानसमा जसरी गाँस, बास र कपास आधारभूत आवश्यकता हुन्, त्यसरी नै जीवन बिमा पनि अपरिहार्य कुरा हो भनेर बुझाउन सकेका छैनौँ । तथापि, दिनानुदिन परिस्थिति सुधार हँुदै गएको छ ।”

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवेक झाको स्वीकारोक्ति पनि दस्तियारसँग मिल्दोजुल्दो छ । झाका भनाइमा धेरैजसो बिमा आफन्त, अधिकर्ता आदिको आग्रहमा हुने गरेको छ । बिमा गर्नु आर्थिक जोखिम टार्नु हो भन्ने बुझाइका अपवाद घटनाबाहेक कोही पनि आफैँ उत्सुक भएर बिमा गर्न आउँदैनन् । यस्तो हुनुमा बिमा कम्पनीहरूको समेत कमजोरी रहेको झाको ठम्याइ छ । भन्छन्, “बिमा कम्पनीहरूले पनि यसको महत्त्व बुझाउन सकेका छैनन् । त्यसमाथि बिमा कम्पनीले ठग्छन् । दाबी भुक्तानी माग्दा दु:ख दिन्छन् । दिँदैनन् भन्ने भ्रम परेको छ । त्यसैले पनि यसप्रतिको सचेतना कम भएको हो ।”

पछिल्ला दिनमा भने बिमाप्रतिको सचेतना बढ्दो छ । उदाहरणका लागि नेपाल लाइफलाई नै लिन सकिन्छ । यो बिमा कम्पनीले यस वर्ष मात्र ५० हजार व्यक्तिको नयाँ बिमा गराएको छ भने वैदेशिक रोजगारमा जाने झन्डै ५५ हजारले यस कम्पनीमा बिमा गरेका छन् । हालसम्म १५ लाख नागरिकले नेपाल लाइफमा बिमा गरिसकेको झाको दाबी छ । नयाँ बिमा र वैदेशिक रोजगारसमेत गरी नेपाल लाइफले यस वर्ष मात्र सवा दुई अर्ब रकम असुल गरेको छ । कुल गरी नेपाल लाइफले मात्र ५३ अर्ब रुपियाँको बिमा लगानी गरेको छ । आफूहरूले ३ लाख २० हजार व्यक्तिको बिमा गरिसकेको सूर्य लाइफका कार्यकारी अधिकृत पाण्डे बताउँछन् । गत असोजबाट मात्र सञ्चालनमा आएको रिलायबल लाइफ इन्स्योरेन्सले समेत १९ हजार ६ सय जनाको बिमा गराइसकेको छ । एलआईसी नेपालले ८ लाख ५० हजार व्यक्तिको बिमा गरेको कायममुकायम प्रमुख कार्यकारी अधिकृत दस्तियारको भनाइ छ । यो सचेतना बढ्दै गएको संकेत हो । रिलायबल लाइफका सहायक कार्यकारी अधिकृत अगम मुखिया भन्छन्, “पहिलेको तुलनामा बिमाप्रतिको सचेतना एकदमै बढ्दै गएको छ ।” बिमा गर्नेमध्ये वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ । सरकारले वैदेशिक रोजगारीमा जाने शतप्रतिशतलाई बिमा अनिवार्य गराएको छ । उनीहरूले वैदेशिक रोजगार अवधिभर मात्र बिमा गर्छन् । यस हिसाबले हेर्दा बिमा गर्नेको संख्या ठूलो देखिए पनि मुलुकभित्रै बस्ने थोरैले मात्र गराएको बुझ्न कठिन छैन ।

सर्वसाधारण जीवन बिमा गराउन उत्सुक नहुनुको पछाडि बिमा दाबी झन्झटिलो र सहज ढंगले भुक्तानी पाइँदैन भन्ने बुझाइ पनि प्रमुख कारण हो । जीवन बिमाभन्दा निर्जीवन बिमाका कारण यसप्रति नकारात्मक धारणा रहेको जानकारहरू बताउँछन् । हुन पनि अवस्था कस्तो छ भने घर, गाडीजस्ता निर्जीवन बिमामा ग्राहकलाई बढी नै सास्ती दिने गरेको देखिन्छ । जसका कारण जीवन बिमाप्रतिसमेत नकारात्मक प्रचार भएको हो । यद्यपि, जीवन बिमामा पनि समस्या नै नभएको चाहिँ होइन । खासमा जीवन बिमा निरोगी नागरिकले गर्ने हो । तर, प्राणघातक रोगको पहिचान भइसकेपछि बिमा गराउने, झूट्टा विवरण पेस गरेर सुविधा लिन खोज्नेजस्ता घटनाका कारण विवाद पर्ने, भुक्तानी दिन समस्या हुने बिमा कम्पनीहरूको दाबी छ । व्यवसाय आफैँ चल्ने नभई व्यक्तिले चलाउने भएकाले एकाध व्यक्तिको नियत गलत हुनेबित्तिकै समग्र क्षेत्र बदनाम भएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत झा बताउँछन् । “पीडितले गरेको दाबी भुक्तानी नगर्ने हो भने बिमा कम्पनी खोल्नुको अर्थ छैन,” उनी भन्छन् ।

दाबी भुक्तानी छिटो दिए बिमा गर्नेहरूको संख्या स्वत: बढ्ने झाको अनुभव छ । एलआईसीका कायममुकायम सीईओ दस्तियारका अनुसार उनको कम्पनीले बिमा दाबी गर्न आएकामध्ये ९९.७५ प्रतिशत घटनामा रकम रोकेको छैन । गम्भीर घटनाहरूमा आफूहरूले ‘फिल्ड’मै पुगेर भुक्तानी दिइरहेको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत झा बताउँछन् । थप्छन्, “झूट्टो विवरण पेस गर्ने अपवादबाहेक शतप्रतिशतले बिमा भुक्तानी पाएका छन् । अपवाद घटनालाई लिएर बिमाप्रति नकारात्मक धारणा बनाउनु भएन ।” त्यसो त जीवन बिमा कम्पनीका समस्याहरू पनि उत्तिकै छन् । बिमा कम्पनीहरूले विमितप्रति लामो अवधिको दायित्व बहन गर्नुपर्छ । तर, लगानीको क्षेत्र तथा अवसर संकुचित तथा अल्पकालीन छन् । त्यसैले राज्यले प्रभावकारी ढंगले यस क्षेत्रका समस्याहरू पहिचान गरी बिमा कम्पनीहरूलाई थप जिम्मेवार र सुरक्षित बनाउने हो भने जीवन बिमा गर्नेहरूको संख्या अझ बढ्ने देखिन्छ ।

प्रकाशित: माघ ९, २०७४

…………………………………………………………………………………………………………………………………………

‘बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ’

११ बैशाख २०७५, मंगलवार ०७:३९

बीमा भनेको जोखिमको हस्तान्तरण हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ ।

नेपालमा अहिले पनि अधिकांश नागरिक बीमाको दायरामा आउन नसकेका छैेन् । बीमा सम्बन्धी ज्ञानको कमिले आमनागरिकहरु बीमाको पहुँचमा आउनु नसकेको बीमा कम्पनीहरु र स्वयं नियामक निकाय बीमा समितिले पनि स्वीकार गरिसकेको छ ।

बीमा कम्पनीहरुको नियामक निकाय भएकाले बीमा समितिले बीमाको पहुँच विस्तारका लागि बेलाबखतमा यससम्बन्धी प्रचारप्रसार गर्दै आएको भएपनि प्रभावकारी हुन सकेको छैन् । जसका कारण ९० प्रतिशतभन्दा बढी जनता अहिले पनि बीमाको पहुँचमा छैनन् । कुल जनसंख्याको करिब १० प्रतिशतले बीमा गरेको भएपनि त्यो पनि अन्डर इन्स्योरेन्स हुने गरेको बीमा कम्पनीहरुको बुझाई छ ।

विगतका वर्षहरुको तुलनामा बीमा सम्बन्धी केही मात्रामा जानकारी मुलक काम हुने गरेको भएपनि पर्याप्त चेतना फैलाउन नसकेकै कारण पनि आम नागरिक बीमाको दायरामा आउन सकिरहेका छैनन ।

अभिकर्तामा नै निर्भर जीवन बीमा

अहिले बीमा गर्न आउनेहरु धेरैजसो अभिकर्ताको माध्यमबाट आउने गरेका छन् । त्यसमा पनि जीवन बीमाको त शत प्रतिशत नै अभिकर्ताबाट हुने युनियन लाईफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमा लाल कर्णले बताएका छन् । उनले सिधै कार्यालयमा आएर जीवन बीमा गर्ने भेटिनै मुस्किल परेको बताए ।

प्रोडक्टबारे जानकार छैनन नागरिक

यसका साथै बीमा कम्पनीहरुले आफ्ना प्रोडक्टहरुबारे समेत राम्रोसँग नागरिकलाई बुझाउन नसकेको अवस्था छ । एकातिर बीमा बीमा अभिकर्ताको योग्यतबारे पनि प्रश्न उठीरहँदा अभिकर्ताले नै बीमा पोलिसीबारे राम्ररी बुझाउन नसकेको बताईन्छ । बीमा शिक्षा बुझाउन र कम्पनीको नयाँ पोलीसी, सेवा, सुविधा बारे बुझाउन बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ ।

किन आवश्यक छ जीवन बीमा ?

वित्तीय योजना तर्जुमाका लागि जीवन बीमा अत्यन्तै आवश्यक छ । आफ्ना बालबच्चाको र आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । वर्तमानमा गरेको निर्णयले भविष्य सुरक्षित बन्छ । बचतले मात्रै फाइनानसीयल प्लानिङ गर्दैन । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र जोखिम पनि कभर गर्दछ ।

भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य नै छ । आज तपाईले गरेको बीमाले भोली तपाई र तपाईको परिवार सुखमय रहन मद्दत पुग्छ । बीमाको अथाह छन् । आज एउटा व्यक्तिले आफ्नो बीमा ग¥यो भने भोली उ कतै दुर्घटना पर्न सक्छ । हो त्यतिबेला उसलाई उपचार खर्चको अभाव हुन पाउदैन । त्यो जोखिम बीमा कम्पनीले लिएको हुन्छ । अर्को कुरा बीमा गर्नेको व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसबेला उसको परिवारले आर्थिक अभावको समस्या झेल्नु पर्दैन ।

बीमा दावी वापत आएको भुक्तानीले बीमित व्यक्तिको मृत्यु भए पनि उसको परिवारलाई धेरै राहत हुन्छ । त्यस्तै बच्चाको बीमा गर्ने हो भनेपछि त्यो बच्चालाई उच्च शिक्षा अध्ययन गराउनका लागि अविभावकलाई धेरै राहत पुग्छ । यता, केही कारण बीमा गरेको अभिभावकको कुनै कारणवश मृत्यु भएमा प्रिमियम नबझाएपनि बीमालेख जारी रहन्छ र बच्चाको जोखिम पनि कभर हुन्छ ।

बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ

बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ । त्यस्तै कम्पनीले जोखिम पनि बहन गर्दछ । बैंकले बचत गर्छ र बचतको ब्याज दिन्छ । यसका साथै बैंकले कर्जा परिचालन पनि गर्ने गर्दछ । तर, बीमा गर्दा बीमितको जोखिम पनि कभर हुन्छ । त्यसैगरी बीमा गर्दा रकम बचत हुन्छ । भने बीमालेखलाई धितो राखेर कर्जा पनि लिन सकिन्छ । यसर्थ जीवन बीमा भविष्यको सुरक्षाका लागि निकै महत्वपूर्ण छ ।

……………………………………………………………………………………………………………………………………………………

इन्स्योरेन्स शिक्षा:बीमालेख हराएमा के गर्ने ? थाहा पाउँनुहोस।

इन्स्योरेन्स शिक्षा: बीमा बीमित र बिमकका बीच गरिने एक करार पत्र हो । जीवनमा आई पर्ने सम्भावित जोखिमहरुका कारण आर्थिक क्षति भएमा त्यस्तो क्षति बीमा कम्पनिले वहन गर्छ । भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बीमा गरिन्छ ।

बीमा गर्ने तपाई हामि सबैले बीमालेख सुरक्षित साथ राख्नु पर्ने हुन्छ । बीमालेख बीमा अवधि भरि मात्र काम लाग्दैन् । दाबीको लागि पनि यो महत्पूर्ण हुन्छ । त्यसैले यसलाई जतनका साथ राख्नु पर्ने हुन्छ । केही गरि बीमालेख हराएमा बीमा कम्पनीबाट प्रतिलिपि प्राप्त गर्न सकिन्छ ।

हराएको बीमालेखको प्रतिलिपि प्राप्त गर्नको लागि आफुले बीमा गरेको बीमा कम्पनीमा निवेदन दिनु पर्ने हुन्छ । बीमालेख हराएको जानकारी पाए पछि कम्पनी वा बिमित आफैले विमितको खर्चमा राष्ट्रिय दैनिक पत्रिकामा बीमालेख हराएको सूचना प्रकाशन गर्नु पर्दछ । सूचना जारी गरेकोे मितिले ३५ दिन भित्र कसैले प्राप्त गरेको जानकारी नआएमा कम्पनीले बिमितलाई बीमालेखको प्रतिलिपि उपलब्ध गराउँदछ । यसरी कम्पनीले प्रतिलिपि दिँदा निश्चित शुल्क लिन सक्छ ।

समयमा बीमा शुल्क नबुझाएमा के हुन्छ ?
बीमितले तोकिएको समयमा बीमा शुल्क नबुझाएमा वा बुझाउन ढिलो गरेमा बीमालेख निष्क्रिय भएर पनि जान सक्छ । त्यसैले विमितले यो कुरा लाई ध्यान दिनु पर्ने हुन्छ ।

बीमितले बीमालेखमा उल्लेख भए बमोजिमको समयमा नियमित रुपमा बीमा शुल्क बुझाउनु पर्छ । यदि तोकिएको समयमा बिमितले बीमा शुल्क नबुझाएमा वा ढिला गरेमा बीमा कम्पनीले एक महिनाको समय थप गराएको हुन्छ । यसरी थप गरिएको समयमा विमितले बिना कुनै जरिवाना वा नियमित रुपमा बीमा शुल्क बुझाउन सक्छ । यस्तो थप गरिएको समयमा पनि यदि विमितले बीमा शुल्क नबुझाएमा विमितको जोखिम बीमा कम्पनीले गर्दैन । यस पछि बीमालेख निष्क्रिय भएर जान्छ । तर बीमा कम्पनीले तोकेको समयावधि भित्र बीमा शुल्क वा जरिवाना भुक्तान गरेर बीमालेख सक्रिय बनाउन सकिन्छ ।

 

12 thoughts on “किन आवश्यक छ जीवन बीमा ? बीमा जोखिम”

  1. Murielt says:

    I offer mutually beneficial cooperation http://fertus.shop/info/

  2. Juliat says:

    I really liked your site. Do you mind http://fertus.shop/info/

  3. Emilyt says:

    How to contact the administrator on this issue http://fertus.shop/info/

  4. Murielt says:

    I offer mutually beneficial cooperation http://fertus.shop/info/

  5. Make Real Money with Gaming Apps in Kenya
    best online casino games kenya casino games online for real money .

  6. Great article! I appreciate the clear and insightful perspective you’ve shared. It’s fascinating to see how this topic is developing. For those interested in diving deeper, I found an excellent resource that expands on these ideas: check it out here. Looking forward to hearing others thoughts and continuing the discussion!

  7. Melissat says:

    Great read with a touch of humor! For further details, check out: READ MORE. What are your thoughts?

Leave a Reply