आयकरमा ४० हजार रुपैयाँ छुट पाउन बीमा गर्नु भयो ? यसरी लिन सकिन्छ आयकर छुटको सुविधा
प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १६:१८
काठमाडौं ।
आगामी आर्थिक वर्षको बजेटमा जीवन तथा निर्जीवन बीमा गर्दा आयरमा हुने छुटको सिमालाई यथावत राखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले बीमा गर्दा २५ हजार रुपैयाँ दिदै आएको कर छुटको सुविधालाई बढाएर ४० हजार रुपैयाँ पुर्याएको थियो । यस वर्षदेखि बीमितले आफ्नो आयकरमा ४० हजार रुपैयाँ छुट पाएका हुन् । आर्थिक वर्ष सकिनै लाग्दै आयकर ऐन अनुसार न्युनतम तलब भन्दा माथि तलब सुविधा लिने कर्मचारीका लागि यो व्यवस्था सबैभन्दा बढि प्रभावकारी हुनेछ ।
कर लाग्ने कारोबार गर्ने व्यक्तिलाई आयकरको दायरामा ल्याउन एवंम नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा स्रोतमा कर कट्टी सम्बन्धी प्रावधान रहेका छन् । यसरी भुक्तानी कै समयमा अर्थात स्रोतमा नै कर कट्टी हुने प्रावधानलाई भुक्तानी (स्रोत)मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलाई Withholding Tax समेत भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालाई Pay As You Earn (PAYE) भनिन्छ । कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले ऐनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था रहेको छ ।
बजेटले जीवन बीमा गर्दा कर योग्य आयमा ४० हजार रुपैयाँ घटाउनका लागि बीमितले कम्तिमा पनि वार्षिक ४० हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ । गएका वर्षमा कर योग्य आयमा २५ हजार रुपैयाँ छुटको व्यवस्था भएकाले २५ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गरे पुग्थ्यो । यस वर्षदेखि बीमितले कम्तिमा पनि ४० हजार वा सो भन्दा बढी बीमा शुल्क भुक्तानी गरेको हुनु पर्छ ।
रोजगारदाताले पारिश्रमिक भुक्तानीमा कर कट्टी गर्ने तरिकाः
रोजगारदाताले पारिश्रमिक भुक्तानीमा कर कट्टी गर्ने तरिकाका सम्बन्धमा आयकर नियमावलीको नियम (३१) मा निम्नानुसारको व्यवस्था रहेको छः
नियम (३१) : कुनै रोजगारदाताले ऐनको दफा ८७ को उपदफा (१) बमोजिम रोजगारीबाट अग्रिम कर कट्टी गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
(क) ऐनको दफा ५१ बमोजिम औषधि उपचार बापत कर मिलान गर्न पाउने भए त्यसलाई मिलान गर्न सक्ने, र
(ख) कर्मचारी वा कामदारको वार्षिक पारिश्रमिकमा लाग्ने करको दामासाहीको हिसाबले मासिक रूपमा अग्रिम कर कट्टी गर्नुपर्ने ।
माथि उल्लेख गरिए अनुसार कुनै पनि रोजगारदाताले कर कट्टी गर्दा निम्नानुसार गर्नु पर्दछः
१. रोजगारदाताले कामदार वा कर्मचारीलाई आय वर्षको पहिलो भुक्तानी गर्नु अगावै सो कर्मचारी वा कामदारले प्राप्त गर्न सक्ने रकम गणना गरी रोजगारीको आयको निर्धारणयोग्य आय (अर्थात आयमा समावेश गर्नुपर्ने कुल रकम) यकिन गर्नुपर्दछ । सुरु अनुमान बमोजिम आय तथा कर निर्धारण गरी मासिक रूपले समानुपातिक आधारमा कट्टा गरिएको रकममा कुनै परिवर्तन भएमा त्यसरी फेरबदल भएको महिनाको पारिश्रमिक भुक्तानी गर्नु अगावै सो आयमा संशोधन गरी रोजगारीको आय यकिन गर्नु पर्दछ ।
२. ऐनको दफा ६३ को उपदफा (२) र नियम २१ अनुसार रोजगारदाताले भुक्तान गरी दिएको स्वीकृत अवकाश कोषमा गरेको योगदान भए सो रकम घटाउनु पर्दछ ।
३. दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी भए ऐनको अनुसूची–१ को दफा १ को उपदफा (५) बमोजिम दुर्गम भत्ता बापत तोकिएको रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ ।
४. ऐनको अनुसूची–१ को दफा १ को उपदफा (६) बमोजिम नेपालका विदेशस्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारी भए निजले प्राप्त गरेको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ ।
५. कुनै बासिन्दा कर्मचारी अपाङ्ग रहेछ भने ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१०) बमोजिमको रकम (आ.व.२०७९।८० मा एकल व्यक्ति भए रु.२,००,०००।– एवम् दम्पती भएमा रु.२,२५,०००।–) करयोग्य आयबाट घटाउनुपर्दछ ।
६. बासिन्दा कर्मचारीले लगानी बीमा (जस्तै, जीवन बीमा) गरेको भए ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१२) बमोजिम रु.४०,०००।– वा भुक्तान गरिएको बीमा प्रिमियममध्ये जुन घटी हुन्छ सो रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ । त्यस्तै स्वास्थ्य बीमा गरेको भए ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१६) बमोजिम रु.२० हजार वा भुक्तानी गरिएको प्रिमियममध्ये जुन घटी हुन्छ सो रकम निजको करयोग्य आयबाट घटाउन पाइन्छ ।
७. बासिन्दा कर्मचारी एकल व्यक्ति भए ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१) एवम्एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी छनौट गर्ने दम्पती भए उपदफा (२) अनुसार लाग्ने करको गणना गरी कर दायित्व यकिन गर्नु पर्दछ ।
८. गैर बासिन्दा कर्मचारी भए समदरमा २५ प्रतिशतको दरले करको गणना गर्नुपर्छ ।
९. ऐनको अनुसूची–१ को दफा १ को उपदफा (११) बमोजिम कुनै बासिन्दा प्राकृतिक व्यक्ति रोजगारीको आय मात्र आर्जन गर्ने महिला रहिछिन्भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट दिई कर रकम यकिन गर्नुपर्दछ ।
१०. कर दायित्व यकिन भइसकेपछि बासिन्दा कर्मचारी वा कामदारको हकमा रोजगारदाताले भुक्तान गरेकोदफा ५१ अनुसारको औषधोपचार कर मिलान गर्नुपर्दछ ।
११. कर मिलान पश्चात हुन आउने खुद कर दायित्वलाई १२ महिनाले वा नोकरी अवधि सोभन्दा कम भए सोही बमोजिम दामासाहीले भाग गर्दा हुन आउने कर दायित्व पारिश्रमिक भुक्तानीबाट कट्टा गरी सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ ।
यसरी हुन्छ करयोग्य आयको गणना
उदाहरण : मानौ राम बहादुर श्रेष्ठले लाइफ इन्स्योरेन्स कम्पनीमा प्रबन्धकको रुपमा काम गर्दै आएका छन् । कम्पनीको नियम अनुसार उनले आर्थिक वर्ष २०७९/८० मा निम्नानुसारको आय रोजगारदाता बीमा कम्पनीबाट प्राप्त गर्नेछन् ।
१ |
तलब मासिक |
तलब मासिक |
२ |
दशै खर्च |
रु.१,६०,०००।– |
३ |
शैक्षिक भत्ता |
रु.५,०००।– प्रति महिना |
४ |
महँगी भत्ता |
रु.५,०००।– प्रति महिना |
५ |
बोनस |
रु.२,००,०००।– |