व्यक्तिगत एजेन्टहरू-INDIVIDUAL AGENTS

बीमा अभिकर्ता बन्ने फाइदाहरू-Benefits of becoming an Insurance Agent in Life Insurance

१. महत्त्वपूर्ण र अर्थपूर्ण कार्य-Important and Meaningful Work

एक बीमा एजेन्ट बनेर, तपाईं धेरै व्यक्ति र परिवारको सेवा गर्न सक्नुहुन्छ । तपाईंले तिनीहरूलाई आवश्यक नीतिहरू प्राप्त गर्न र तिनीहरूलाई आर्थिक सुरक्षा प्रदान गर्न मद्दत गर्न सक्नुहुन्छ । यति मात्र होइन, बीमा कम्पनीहरूले एजेन्टहरूले आफूलाई उत्पादनमूलक क्षेत्रमा उत्पादन गर्न र देशको विकासमा योगदान पुर्‍याउन मद्दत गर्ने रकम लगानी गर्न सक्छन् । त्यसोभए, एजेन्टहरूले गरेको काम धेरै महत्त्वपूर्ण छ ।

२. उच्च आय-High Income

एजेन्ट काम संसारमा सबै भन्दा राम्रो भुक्तान गरिएको काम मध्ये एक हो । बीमा एजेन्ट बनेपछि र कम्पनीमा प्रिमियम ल्याएपछि, तपाईंले पूर्वनिर्धारित कमिशनको निश्चित रकम प्राप्त गर्नुहुनेछ । एजेन्टहरूले कम्पनीमा ल्याउने प्रिमियमहरूले उनीहरूलाई वर्तमान आम्दानीको मात्र ग्यारेन्टी गर्दैन, तर भविष्यको आम्दानी पनि प्रदान गर्दछ । एजेन्टहरूले पनि आफ्नो लागि आय लक्ष्यहरू सेट गर्न सक्छन् र कम्पनीलाई उनीहरूको आय लक्ष्य अनुसार प्रिमियम ल्याउन प्रयास गर्न सक्छन् ।

३. क्यारियरको रूपमा एजेन्सी-Agency as a Career

व्यक्तिले आफ्नो कार्यसम्पादन र तोकिएको काम र सीप सेटको उपलब्धिको आधारमा अवधिमा आफ्नो करियर बढाउन सक्छ। कम्पनीले त्यस्ता कलाकारहरूको विकास र प्रवर्द्धन गर्नेछ र उनीहरूलाई करियर विकासको लागि थप तालिम दिनेछ ।

४. कामको स्वतन्त्रता र सुरक्षा-Job Independence and Security

तपाईं एजेन्ट बनेर एक सच्चा उद्यमी बन्न सक्नुहुन्छ । तपाइँ तपाइँको तालिका अनुसार काम गर्न सक्नुहुन्छ, तपाइँ जति चाहानुहुन्छ काम गर्न सक्नुहुन्छ, तपाइँको आफ्नै ग्राहकहरू छान्नुहोस्, तपाइँको आफ्नै लक्ष्य सेट गर्नुहोस् र तपाइँको आफ्नै मालिक बन्नुहोस्। यति मात्र होइन, नेपालको जुनसुकै भागबाट पनि काम गर्न सकिन्छ । त्यसोभए, तपाइँ स्थान द्वारा बाध्य हुनुहुने छैन । तपाईलाई सधैं कम्पनीसँग पूर्ण-समयको क्यारियर विकास गर्न प्रोत्साहित गरिन्छ, यद्यपि फुर्सदको समय भएका अन्य प्राथमिकताहरू भएका व्यक्तिहरू पनि कम्पनीसँग आबद्ध हुन सक्छन् र आफ्नो क्यारियरलाई अझ बढावा दिन सक्छन् ।

५. अन्य लाभहरू-Other Benefits

  • – (कांस्य- Bronze, चाँदी- Silver, सुन- Gold, हीरा- Diamond र प्लेटिनम-Platinum)

  • – सवारी साधन ऋण सुविधा

  • – क्यारियर विकास र पदोन्नति

  • – अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण अवसरहरू

  • – प्रतियोगिता, पुरस्कार र थप (भित्र र बाहिर भ्रमण प्याकेजहरू)……………………..

IK

अभिकर्ताले बुझ्नैपर्ने कुरा

गङ्गाराम गड्तौला
प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०७:४३
महात्मा गान्धी भारतका राष्ट्रपिता बने । धार्मिक आस्था भएका व्यक्तिले उनलाई भगवानको अवतार माने । आज पनि उनको तस्बिर देवी देवताकै लहरमा राखेर पूजा अर्चना गर्ने गरिन्छ । राष्ट्रपिता बनेपछि उनीकहाँ आउने मानिसहरूको घुइचो लाग्न थाल्यो । ठुला–ठुला व्यापारी, राजनीतिकर्मी, धार्मिक गुरुहरू, कानुनविद् अर्थात् सबै पेसा र व्यवसायका व्यक्ति उनलाई भेट्न आतुर हुन्थे । यतिसम्म कि कसैलाई पारिवारिक सङ्कट आइपर्यो  वा कोही दीर्घरोगले आक्रान्त पार्यो भने पनि महात्मा गान्धीकहाँ जाने गर्न थाले । आफूलाई परेको समस्या गान्धीलाई सुनाएपछि उनले तत्काल समाधान गरिदिन्छन् , यही विश्वास आम नागरिकमा पर्यो  ।
यहि  सिलसिलामा दूरदराजको गाउँबाट एउटी महिला गान्धीलाई भेट्न आइन् । टाढाको बाटो, रेलको यात्रा गरेर उनी महात्मा गान्धी भएको ठाउँमा पुगिन् । गान्धीलाई भेट्न सजिलो थिएन । उनी ठुला मान्छे भएकाले होइन, पालो पर्खिनुपर्ने भएकाले । दिनभरिमा ती महिलाको पालो आयो । भित्र पुगेर अभिवादन गरेपछि गान्धीले आउनुको कारण सोधे । महिलाले आफ्नो साथैमा ल्याएको ८–१० वर्षको आफ्नो छोरालाई इङ्गित गर्दै भनिन् – हेर्नुहोस् न गान्धीजी १ यो मेरो छोराले चिनी बढी खाएर हैरान पार्यो  । चिनी देख्नै हुँदैन । फाँको मारिहाल्छ । जति भने पनि टेरेन । यसलाई सम्झाइ दिनुपर्यो  । हजुरले भनेपछि मान्छ होला ।
हेर्दाखेरि समस्या सानो लाग्छ । यो स्वाभाविक हो । किनभने अर्काको समस्या सानो र आफ्नो समस्या ठुलो देख्नु मानवीय स्वभाव नै हो । तर त्यति टाढाबाट गान्धीलाई भेट्न आउनुपर्ने बाध्यता हुनु भनेको महिलाका लागि निकै ठुलो समस्या थियो । महात्मा गान्धीले केही बेर गम खाए र भने -बहिनी, तपाईं एक सातापछि आउनुहोस् । त्यसै बेला म यसलाई जे गर्नुपर्ने हो गर्नेछु ।
आफ्नो घर टाढा भएकाले आवतजावतमा कठिनाइ हुने र खर्च पनि बढी लाग्ने बताएर भरसक तत्काल समस्याको समाधान गरिदिन ती महिलाले अनुरोध गरिन् । तर गान्धीले रामवाण उपचारका लागि एक साता पर्खनैपर्ने बताएपछि महिला बाहिरिइन् ।
धर्मशालामा कतै एक साता बिताएर महिला निर्धारित दिनमा गान्धीकहाँ पुगिन् । भेटघाटपछि गान्धीले कुशल-मङ्गल सोधे । ठिकठाक थियो । अनि गान्धीले बालकलाई काखमा राखेर भने – बाबू १ बढी चिनी खानु हुदैन है । यसले शरीरलाई नोक्सानी गर्छ । अबदेखि धेरै चिनी नखानू ल ? बालकले स्वीकृतिपूर्वक टाउको हल्लायो । महिलातर्फ फर्केर गान्धीले भने – अब जानुहोस्, तपाईंको समस्या समाधान हुन्छ ।
आफूले भगवान् मानेको व्यक्तिसँग पनि ती महिलालाई झोंक चलेछ । त्यो दुइटा कारणले । एक त यति जाबो कुराले छोराले चिनी खान छोड्ने भए आफू यति धेरै दुःख गरेर किन यहाँ आउनु ? दोस्रो यति नै भन्नु थियो भने एक हप्तासम्म किन झुलाउनु ? तैपनि आवेग सम्हाल्दै महिलाले अलि जोडसित आफ्नो असन्तुष्टि व्यक्त गरिछन् — महात्माजी १ यति नै भन्नु थियो भने हजुरले गत साता नै भनिदिएको भए भइाल्थ्यो नि । मैले धेरै दुःख पाए ।
अनि महात्मा गान्धीले भनेछन् – हेर्नुहोस् बहिनी, मैले एक साता अघि नै पनि यही कुरा भन्न सक्ने थिए । तर त्यो औपचारिकता मात्रै हुन्थ्यो । यो नानीले चिनी खान छोड्ने थिएन । किनकि एक साता अघि म पनि चिनी खान्थे। अब मैले चिनी छोडेको एक साता भएको छ । अब म यसलाई अन्तर मनदेखि नै चिनी नखान भन्न सक्छु । अन्तर मनदेखि भनेको हुनाले यसले मेरो कुरा मान्छ । यसमा तपाईं कुनै शङ्का नगर्नुहोस् ।
गान्धीको यो प्रसङ्ग धेरै क्षेत्रमा सान्दर्भिक हुन्छ । तर यहाँ अभिकर्तासित जोडिएको छ । अभिकर्ता आफैं कत्तिको स्पष्ट छ । के उद्देश्य राखेर बीमितकहाँ धाइरहेको छ । आफू के कुराबाट अभिप्रेरित छ ? आफूले बीमा  गरेको छ कि छैन ? आफ्ना परिवारलाई बीमा  गराएको छ कि छैन ? समग्रमा, आफूले व्यवहारतः बुझेको छ या छैन ?
आफूले बुझेको कुरा अरूलाई बुझाउन गारो हुदैन । सरल तरिकाले, सहज ढङ्गमा आफ्नो कुरा व्यक्त गर्न सकिन्छ । ठुला-ठुला मोटिभेटर चाहिन्न । दर्शनका ठेली पढ्नु पर्दैन । आफूलाई चाहिने कुरा चाहि प्रस्ट जानेको हुनुपर्छ । हामीमध्ये धेरैले शिक्षण पेसा गरेका छौं । सिकाइका सिलसिलामा कहिलेकाही  शिक्षकले धेरै पटक बुझाउँदा नबुझेको विद्यार्थीलाई आफ्नै साथीको सहयोगमा सिकाउनुपर्ने अवस्था आउँछ । त्यस बेला विद्यार्थीले आफ्नै तरिकाले अर्थात् विद्यार्थीकै लेभलबाट सिकाउँछ र ऊ सफल हुन्छ । बस्, हामीले बीमितकै तहमा झरेर कुरा गर्नुपर्छ । तिनका कुरा सुन्नुपर्छ । तर आफैं अस्पष्ट भए हामीले भन्ने खोजेको कुरा अरूले बुझ्दैनन् । हाम्रो निहित स्वार्थ थाहा पाइहाल्छन् । बीमा बीमितको सुरक्षाका लागि हो भनी बुझाउन अभिकर्ताले बुझेको हुनुपर्दछ । जोखिमलाई हो भन्नका लागि आफूलाई थाहा हुनुपर्दछ । व्यावहारिक ज्ञान आवश्यक छ । गान्धीले बच्चाका लागि आफैं चिनी त्याग्न तयार भए । यो महानता हो । हामीमा पनि बीमित केन्द्रीत स्वार्थ हुनु जरुरी छ । बीमितको स्वार्थलाई केन्द्रीय बनाएपछि हाम्रो स्वार्थ आफैं पुरा हुन्छ ।
—————————————————————————-
अभिकर्ताले प्रयोग गर्नै नहुने शब्दहरू, गङ्गाराम गड्तौलाको लेख
गङ्गाराम गड्तौला
प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १०:३६
यतिखेर नेपालमा जीवन बीमा व्यवसाय फस्टाएको छ । साधारण ज्याला मजदुरी गर्नेदेखि लिएर ठुला ठुला व्यापार व्यवसाय गर्ने समेतले यसको महत्व  र आवश्यकता बुझ्न थालेका छन् । बीमाप्रति धेरैको चासो बढ्दै गएको पाइन्छ । ९ वटा कम्पनी मात्र सञ्चालन भइरहदा सीमित अभिकर्ता र सीमित बीमित रहेको अवस्था थियो । आज १० वटा नयाँ  कम्पनी थपिएपछि  अहिले नेपालमा १९ जीवन बीमा कम्पनी संचालित छन्। यस व्यवसायमा अभिकर्ताको बाढी नै आएको छ । कतिपय कम्पनीको रणनीति हेर्दा ‘एक घर एक अभिकर्ता’ बनाउन खोजेको हो कि भन्ने भान पर्दछ । कम्पनीले आफूलाई स्थापित गर्ने नाउ“मा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेकाले पनि यसो भएको हो ।

परिणामतः अदक्ष, सामाजिक सम्बन्ध कम भएका तथा नेटवर्किङ व्यवसायमा लागेका व्यक्तिहरू समेत अभिकर्ता बनेका छन् । नैतिकता, आदर्श तथा सामाजिक सेवाको भावना नभएका र आफ्नो आर्थिक हैसियतलाई मात्र लक्ष्य बनाएर बीमामा होमिएका अभिकर्ताहरूले अन्ततः यस व्यवसायलाई नै दाग लगाउने निश्चित छ । कम्पनीहरूले आवश्यक प्रक्रिया पुरा नगरी अभिकर्ता थप्ने गरेका छन् ।

बीमा ऐन, नियम, आचार संहिता तथा नियमावलीको ज्ञान नभएका अभिकर्ताले बीमा त गराउछन् तर त्यसले भविष्यमा कम्पनी र बीमितलाई बेफाइदा गर्न पुग्छ ।

अभिकर्ताले ‘जसरी भए पनि’ प्रिमियम सङ्कलन गर्ने उद्देश्य राखेका छन् । यसो भएपछि बीमितको आर्थिक सुरक्षा, कम्पनीको स्थायित्व तथा बीमा व्यवसायको दिगोपना भन्दा पनि अभिकर्ताको छिटै धनी हुने चाहना हाबी हुन्छ । भोलि यसको परिणाम कस्तो रहला भन्नेतर्फ अभिकर्ताको ध्यान जादैन । बीमकले पनि अभिकर्ताले ल्याएको प्रिमियममा कुनै किसिमको अध्ययन विश्लेषण नगरी बीमा काटिदिन्छ । यसो हुनाले राष्ट्रिय विकासमा अहं भूमिका निर्वाह गर्नसक्ने बीमा क्षेत्र कलङ्कित बन्न पुग्छ ।

आज पनि नेपालीको बीमाप्रतिको धारणा गलत छ । यसो हुनुको प्रमुख कारण अभिकर्ता नै हुन् । अभिकर्ताले आफ्नो मात्र फाइदा हेर्ने गरेकाले यसो हुन गएको हो । बीमा कम्पनीका खम्बाका रूपमा रहेका अभिकर्ताहरू स्वयं दक्ष हुनु जरुरी छ । सामाजिक भावनाको विकास हुनु आवश्यक छ । यसै सन्दर्भमा बीमा क्षेत्रमा प्रयोग गर्नै नहुने तर अभिकर्ताले निरन्तर प्रयोग गरिरहने केही शब्दको यहाँ  चर्चा गरिने छ।

‘मरेपछि’
धेरैजसो अभिकर्ताले बीमितकहाँ  गएर प्रयोग गर्ने शब्द हो मरेपछि । अर्थात् तपाईं मरेपछि यति पाउनु हुनेछ । साधारण मृत्यु भयो भने बीमाङ्क रकम र दुर्घटनामा मृत्यु भएमा बीमाङ्कको दोब्बर । मानवीय संवेदनालाई छुने यस्तो शब्दले मानिसलाई अभिप्रेरित होइन, निरुत्साहित गर्दछ । भलै तिनले बीमा गर्लान् तर बीमाप्रतिको धारणा गलत बस्छ । संसारमा कुनै पनि त्यस्तो व्यक्ति नहोला जो आफ्नो मृत्युको कुरा सुनोस् । यसैले भन्नुपर्ने कुरा त्यही भए पनि यसलाई घुमाउरो पाराले प्रस्तुत गर्न सक्नुपर्दछ । दोस्रो कुरा बीमा मरेपछि मात्रै फाइदा हुने व्यवसाय होइन । यो त आफू जीवित रहदै प्रयोग गर्न पाइने बचतको प्रतिफल हो ।

‘मेरा लागि’
अभिकर्ताहरू आफ्ना आफन्त, नातेदार वा छिमेकमा गएर बीमा प्रस्ताव राख्छन् । बीमाबारे बुझाउनु भन्दा पनि उनीहरू ‘कृपया मेरा लागि यति गरिदिनुहोला’ भन्ने गर्छन् । अभिकर्ताज्यूहरू, तपाईंको यो सूत्रले काम गर्दैन । किनकि तपाईं आफैं विचार गर्नुहोस् त, आफ्ना बाबु–आमा, दाजुभाइ, दिदी बहिनीसित त तपाईं सय रूपैयाको हिसाब गनी गनी लिनुहुन्छ । अनि बीमितले तपाईंका लागि हजारौं रुपैया  लगानी गर्लान् ? आफूलाई पनि फर्केर हेरौं । तपाईंले अरूका लागि के गर्नुभएको छ ? कृपा गरेर ‘गरिदिएको’ बीमाले तपाईंलाई जीवनभरि काम लाग्ने छैन । यो तत्कालका लागि मात्रै हुनेछ । भोलि तपाईंले केही समय बीमा गरेर आफ्नो जीवनशैली माथि उकास्नुभयो । घर बनाउनुभयो वा कार किन्नुभयो भने तिनले भन्नेछन् — उः हामीले बीमा गरिदिएकाले आज ऊ कार चढ्ने भयो ।

‘डबल’
अभिकर्ताले बढी प्रयोग गर्ने अर्को शब्द हो डबल । अर्थात् तपाईंले आज १० लाखको बीमा गर्नुभयो भने १५ वा २० वर्षपछि डबल हुनेछ । यस विषयमा एउटा प्रसङ्ग जोड्न मन लाग्यो । कुनै व्यक्तिले एउटा कम्पनीमा १५ वर्षअघि १ लाखको बीमा गरेका रहेछन् । बीमा गराउने व्यक्ति सामुदायिक विद्यालयका प्रअ थिए । तिनले बीमितलाई १५ वर्षपछि दोब्बर आउने कुरा गरेका रहेछन् । गत साउनमा उनको बीमा अवधि सकियो । आफूले जम्मा गरेको रकम हिसाब गरेछन् । १ लाख ३३ हजार जम्मा गरेका रहेछन् । उनलाई बीमा कम्पनीले १ लाख ६९ हजार रुपिया“ मात्रै भुक्तानी ग¥यो ।
हेडसरलाई थाहा थियो थिएन । तर आज आम अभिकर्ताको सोच तिनै हेडसरको जस्तो छ । आः १५ वर्षपछि जे त होला । आखिर १५ वर्ष पुग्न धेरै समय लागेन । दोब्बर भयो त ?
डबल मात्र होइन । बीमितले ३ देखि ४ गुना रकम पाउ“छन् । तर बीमा योजनाको किसिम, समयको अवधि तथा बीमितको उमेर आदिको विश्लेषण गर्नुपर्दछ ।

‘तिर्नुपर्छ’
तपाईंले बीमालाई यति तिर्नुपर्छ । यति तिरेपछि यति आउ“छ । बीमितले सुरुमै ऋण खाएको हो र तिर्नलाई ? उसले बीमालाई तिरेको होइन । जम्मा गरेको हो । आफ्नो बचत हो । लामो समय बचत गरेबापत बीमा कम्पनीले बीमितको जोखिम बहन गरेको हुन्छ । हामीले बारम्बार तिर्नुपर्छ भनिरह“दा बीमितलाई नकारात्मक असर पर्छ । यसरी बीमितले जम्मा गरेको रकमलाई तिर्ने भन्नु पनि बीमा अभिकर्ताको कमजोरी हो ।

‘बोनस’
कतिपय अभिकर्ताले कम्पनीको हालको बोनस दरलाई आफ्नो व्यापार बढाउने सू त्रका रूपमा प्रयोग गर्छन् । हाम्रो कम्पनीको यति बोनस छ । बिस वर्षपछि यति हुनेछ । यसबाट तपाईंको रकम यति बढ्नेछ भनेर आकर्षण दिन्छन् । तर त्यसको प्रिमियम कति छ, जोखिम बहन कति छ भन्ने विषयमा तिनले कुरा गर्दैनन् । बोनस दर उच्च देखाएर प्रिमियम सस्तो बनाउन जोखिम घटाउनुपर्ने हुन्छ । यसो गर्दा बीमित अन्यायमा परेको हुन्छ । भोलि बीमितले यस कुराको सुइको पाउछ । त्यस बेला हामी अभिकर्तालाई नै अप्ठेरो पर्दछ ।

सामान्यतया बीमाका अभिकर्ताहरूले यी माथिका शब्द प्रयोग गर्नै हुदैन । शब्द ब्रह्म हो । शब्दमा व्यक्तिको जीवन परिवर्तन गर्ने शक्ति हुन्छ । कसैको एक शब्दले कसैलाई मृत्युको मुखमा पुर्याइदिन्छ । कुनै मर्न लागेको मानिसलाई कसैको एक शब्दले बचाइदिन्छ । बीमितमा पनि हामीले प्रयोग गर्ने शब्दले प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्दछ । अतः शब्द प्रयोगमा ध्यान दिऔं । सकारात्मक शब्द प्रयोग गर्ने बानी बसालौं ।

—————————————————————————-

*********************************************************

जीवन बीमा कम्पनी छनोट गर्नु अगाडी यस्ता कुराहरुमा ध्यान दिनुहोस्

इन्स्योरेन्स खबर

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ०६:३६

काठमाडौं । बीमितले जीवन बीमा गर्नु अगाडी आफुले बीमा गर्नु अगाडी कम्पनी छनोटमा ध्यान दिन पर्छ । बीमा समितिले सञ्चालन अनुमति दिने भएका कुनै पनि कम्पनी बीमा गर्नका लागि अयोग्य छन् भन्न भने मिल्दैन । बीमा गर्नका लागि सबै कम्पनी योग्य हुन्छन् तर बीमितले बीमा गर्न अगाडी बीमा कम्पनीको छनोट गर्दा केहि कुराहरुलाई भने अवस्य हेर्नु पर्छ ।

बीमा योजना
जीवन बीमा कम्पनीहरूले आ-आफ्नै किसिमका बीमालेख र सुविधाहरूको विकल्पहरु प्रस्ताव गर्छन् । त्यसैले सबैभन्दा पहिला आफ्नो आवश्यकताहरू पूरा गर्ने बीमा पोलिसी तथा सुविधाहरू प्रदान गर्ने कम्पनीलाई छनौट गर्नुपर्दछ । आफुले चाहेको जोखिम बहन गर्न सक्ने र बीमा शुल्क भुक्तानी गर्न सकिने पोलिसी खरिद गर्नका लागि सम्पुर्ण बीमा कम्पनीहरुको पोलिसीलाई अध्ययन गर्नु पर्छ ।

पहिचान
बीमितले बीमा गर्नु अगाडी बीमा कम्पनीको पहिचान गर्नु पर्छ । कतिपय कम्पनीहरुको नाम उस्तै सुनिन्छ । त्यसैले कम्पनीको पहिचान गर्न सक्नु पर्छ । आफुले बीमा गर्न खोजिरहेको कम्पनीको नाम, लोगो, कार्यालय ठेगानाको राम्रो जानकारी लिनु पर्छ । कतिपय बीमितले बीमा गरिसके पछि पनि आफुले कुन कम्पनीमा बीमा गरेको छु भन्ने पनि थाहा नपाइरहेका हुन्छन् । त्यसैले कम्पनीको पहिचान गर्नु पर्छ र सो कम्पनीका सूचनाहरु लिइरहनु पर्छ ।

वित्तीय दृढता
जीवन बीमा एक दीर्घकालीन व्यवस्था हो । निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक खाताहरूमा जम्मा भएको निक्षेपको लागि प्रदान गरिएको जस्तै जीवन बीमाका बीमितहरुको लागी सुरक्षाको कुनै प्रत्याभूती गरिएको छैन । तर प्रत्येक वर्ष नाफामा रहेको नियमितरुपमा बोनश वितरण गरेको सन्चालन खर्च नियन्त्रित रहेको सुरक्षित लगानी रहेको कम्पनी चयन गर्नु पर्छ ।

बजार नैतिकता
जीवन बीमा योजनाको विशेषताबारे सही जानकारी दिने अभिकर्ताहरुले काम गर्ने कम्पनी रोज्नु पर्छ । आफूलाई प्राप्त जानकारी सही वा गलत हो भन्ने यकीन गर्न सम्बन्धित कम्पनीको प्रधान कार्यालयमा टेलिफोन सम्पर्क गरेर वा जीवन बीमा कम्पनीको फेसबुक पेजमार्फत् आफ्ना जिज्ञासाहरु राखेर सम्पूर्ण जानकारी लिन सकिन्छ ।

सल्लाह र सेवा
धेरै व्यक्तिहरूको लागि, जीवन बीमा एक नौलो, जटिल विषय हो । तपाइँले पहिले देखि नै चिनेका तपाइकै समाजमा बस्ने  तपाइँका आवश्यकता बुझ्ने अभिकर्तासँग परामर्श लिन सहज हुन्छ । यो जीवन बीमा कम्पनीको छनोटसँग जोडिएको हुन सक्छ किनभने केही अभिकर्ताहरु लामो समयदेखि एउटै जीवन बीमा कम्पनीमा काम गरिरहेका हुन्छन् ।

बीमा दाबी भुक्तानीको अवस्था
जीवन बिमा कम्पनीले समयमै दाबी भुक्तानी गरिरहेको छ की छैन । वा आफुले रोज्न लागेको कम्पनीले दाबी वापतको ठूलो रकम लामो समयदेखि भुक्तानी गर्न बाँकी छ कि केछ भन्ने विषयमा जानकारी लिनुपर्छ । जीवन बीमा कम्पनीको त्रैमासिक वित्तीय विवरणमा भुक्तानी हुन दाबी रकम र दाबी वापतको व्यवस्था शिर्षकमा रकम उल्लेख गरेको हुन्छ । साथै, तपाईंले बीमा समितिमा समेत टेलिफोन मार्फत् वा इमेल गरेर वा पत्राचार गरेर बीमा दाबी सम्बन्धमा कुन कुन कम्पनी विरुद्ध कति रकम र कतिवटा उजुरी परेको छ भन्ने जानकारी माग्न पर्छ ।

बीमाशुल्क र लागत
बीमाशुल्क भनेको बीमितले बीमा कम्पनीलाई जीवन बीमा सम्झौताको लागि यसका फाइदाहरू वापत एकमुष्ठ वा किस्ताबन्दीमा तिरेको रकम हो । मृत्यु लाभ तथा बीमाको प्रकृतिका अनुसार बीमा शुल्क फरक फरक पर्छ । यसरी उस्तै पोलिसी अन्य कम्पनीमा खरिद गर्दा कति लाग्छ साथै उक्त पोलिसीले हिजोका दिनमा के कस्तो बोनस दिइरहेको छ भन्ने कुरालाई अध्ययन गर्नु पर्छ । समान पोलिसी एउटा कम्पनीमा खरिद गर्दा प्रिमियम पनि कम पर्न जान्छ साथै प्रतिफल पनि धेरै पाइन्छ । तुलनात्मक रुपमा मूल्याङ्कन गरेर पोलिसी खरिद गर्दा भविष्यमा उचित प्रतिफल पाउन सकिन्छ । अर्को तर्फ पोलिसीको लागत बीमितको उमेर, बीमालेख र बीमा लेखमा रहेको सुविधा अनुसार फरक फरक पर्न जान्छ । यसलाई नजर अन्दाज लगाउनु पर्छ ।